धरान/धरानको उद्यमशिल बचत तथा ॠण सहकारीले १२ औं वार्षिक उत्सव बृहत कार्यक्रम सहित नियमित साधारण सभा धरानमा मनाएको छ ।
शनिबार, धरान-१५ स्थित किराँत याक्थुङ चुम्लुङ भवनमा बार्षिक कार्यक्रम सहिर्त सााधरण सभा कार्यक्रम कोशी प्रदेश सभा सांसद रमेश कुमार वस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको हो । सहकारीले ब्लाष्ट राष्ट्रिय दैनिक पत्रिकाका कार्यकारी सम्पादक भोजराज श्रेष्ठलाई रु १० हजार ५ रुपैया नगद सहित सम्मान गरेको छ ।
केन्द्रिय कार्यलय तथा देउराली सेवाकेन्द्रबाट ११ जनालाई, ईटहरी सेवाकेन्द्रबाट ८ जनालाई सम्मान गरेको छ । त्यसैगरी केन्द्रिय कार्यलयकी कर्मचारी ज्योती राई, देउराली सेवा केन्द्रकी विनिता तामाङ, र ईटहरी सेवाकेन्दका सुनिल चौधरीलाई सम्मान गरेको छ ।
सहकारीको विषेश सहयोग सम्मान ईटहरी कि रञ्जु कटुवाललाई पनि सम्मान गरेको छ । उद्यमशिल बचत तथा ॠण सहकारीको १२ औं साधारण सभाले आर्थिक बर्ष २०८०-८१ मा रु-२९ लाख ६५ हजार ४ सय १ दशमलब ३६ पैसा खुद मुनाफा गरेको बताएको छ ।
आर्थिक वर्ष २०८०-८१ मा यस सहकारी संस्थाको कुल अनुमानित आम्दानी रु. ५ करोड ७९ लाख ९२ हजार १८ रुपैयाँ ७ पैसा तथा कुल खर्च रु .५ करोड ४५ लाख ३२ हजार ४ सय ५७ पैतिस पैसा खर्च भई ३४ लाख ५९ हजार ५ सय ६० दशमलब ७२ पैसा शुद्ध नाफा गरेको उल्लेख गरेको छ ।
सहकारीले विभिन्न आयकर कट्टा गरी सो रकमबाट खुद बचत २९ लाख ६५ हजार ४ सय १ दशमलब ३६ पैसा खुद मुनाफा गरेको हो ।
प्रदेश स्तरिय रहेको उद्यमशील सहकारीले हालसम्म २७४३ जना महिला र २५१८ जना पुरुष सदस्य गरी जम्मा ५२६१ जना सदस्य संख्या वृद्धि गरेको प्रमुख कार्यकारी अधिकृत जीत बहादुर राउतले बताए । उनका अनुसार सहकारीको विस्वासनियता दिनानु दिन बढ्दै गएको छ ।