अर्थ

    Showing 221-230 of 1,054 items.
  • काठमाण्डौमा कोसी प्रोजेक्ट शो,पर्यटनमा कोसी अब्बल

    काठमाडौं । कोसी प्रदेश समग्र पर्यटकीय क्षेत्रका रुपमा अन्य प्रदेश भन्दा सम्पन्न रहेको सांसद योगेश भट्टराईले बताउनु भएको छ । प्राकृतिक, सांस्कृतिक, धार्मिक, भौगोलिक, ऐतिहासिक तथा साहसिक पर्यटनमा कोसी प्रदेश अन्य प्रदेशहरु भन्दा सम्पन्न रहेको बताउँदै अन्य प्रदेशहरु यत्तिको सम्पन्न नभएको जिकीर गर्नुभयो ।काठमाडौंमा शुक्रबारदेखि सुरु भएको कोसी प्रोजेक्ट शो केसको फाइनल चरणको उद्घाटन गर्दै पूर्वसंस्कृति, पर्यटन तथा नागरिक मन्त्री समेत रहनु भएका सांसद भट्टराईले कोसी प्रदेशको विकास, विस्तार र संभावनाहरु पहिल्याउँदै पर्यटनबाटै आर्थिक संमृद्धि खोज्न सकिने बताउनु भयो । ‘कुनै प्रदेश प्राकृतिक सु

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • 707 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार र कनेक्टिभिटीमा जोड दिनु पर्ने: अध्यक्ष ढकाल

    काठमाडौं/नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा पर्यटन प्रवर्द्धनका लागि पूर्वाधारको विकास र अन्तर्राष्ट्रिय तथा आन्तरिक कनेक्टिभिटी विस्तारमा जोड दिनुपर्ने आवश्यकता औंल्याएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोग तथा नेपाल पर्यटन बोर्ड र नाट्टा (नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स) को आयोजनामा काठमाडौंमा सुरु भएको तेस्रो बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट (बिआईटीएम) को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले यस्तो धारणा व्यक्त गरेका हुन्। ढकालले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई थप प्रभावकारी बनाउँदै नेपाललाई बौद्ध पर्यटन केन्द्र

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • 570 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भारतबाट ४ करोड ६१ लाख रुपैयाँभन्दा बढीको खरबुजा आयात, स्वदेशी किसान निराश

    झापा/१० महिना — चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा मात्र झापाको पूर्वी नाका काँकडभिट्टाबाट ४ करोड ६१ लाख ३४ हजार रुपैयाँ बराबरको १७ लाख ६५ हजार ९० केजी खरबुजा नेपाल आयात गरिएको छ। मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार चैत महिनामा मात्रै १ करोड ३३ लाख ७ हजार रुपैयाँ मूल्य बराबरको ५ लाख १० हजार २३० केजी खरबुजा नेपाल भित्रिएको छ, जुन यो अवधिमा सबैभन्दा बढी हो। साउनदेखि वैशाखसम्म औसत लाखौँ केजी खरबुजा आयात भैरहँदा स्वदेशी उत्पादन भने बजारमा प्रभावहीन बन्दै गएको व्यवसायीहरूको गुनासो छ। झापामा व्यावसायिक रूपमा खरबुजा खेती हुँदै आए पनि मूल्य प्रतिस्पर्धा

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • 669 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपालमा १० महिनामा साढे तीन करोडको दाँत कोट्याउने सिन्का आयात

    काठमाडौं/ चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालले साढे तीन करोड रुपैयाँभन्दा बढीको दाँत कोट्याउने सिन्का (टुथपिक) आयात गरेको छ। भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा कुल ३ करोड ४५ लाख ८१ हजार रुपैयाँ बराबरको दाँत कोट्याउने सिन्का विदेशबाट आयात भएको हो। आयात भएको कुल रकममध्ये १ करोड ८६ लाख ५२ हजार रुपैयाँ बराबरका सिन्का काठबाट बनेका थिए। बाँकी सिन्का प्लास्टिक, बायोडिग्रेडेबल वा अन्य सामग्रीबाट बनेका हुन सक्ने अनुमान गरिएको छ। यस आयात आँकडाले दैनिक उपभोग्य वस्तुको रूपमा देखिने सानो वस्तुमा समेत नेपाल कति परनिर्भर छ भन्ने तथ्य उजागर गरेको छ।  

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • 706 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खुला आकाशमुनि मकै बेच्दै: धरानकी ५९ वर्षीया महिलाको संघर्षशील यात्रा

    धरान/धरानकी ५९ वर्षीया शान्ति श्रेष्ठका लागि बिहान सहर नबिउँझँदै सुरु हुन्छ। तीन दशकभन्दा लामो समयदेखि उहाँको दिनचर्या मोरङको भावन्नेसम्म पुगेर मकै किनेर फर्किने र त्यसलाई पोली बेच्ने काममै बित्दै आएको छ। बिहान सबेरै मकै ल्याएर करिब १०–११ बजेसम्म धरान फर्कने उहाँ, त्यसपछि लक्ष्मीचोक नजिकैको गल्लीमा खुलेको आकाशमुनि आगोसँगै दिन बिताउनुहुन्छ। दैनिक करिब १६० घोगा मकै पोलेर बेच्नु उहाँको दैनिकी बनेको छ। श्रेष्ठले मोरङका विभिन्न स्थानमा मकैबारी ठेक्कामा लिएर व्यवसाय गर्दै आउनुभएको छ। उहाँका अनुसार ठेक्काको लागत ६० हजारदेखि डेढ लाख रुपैयाँसम्म पर्ने गर्छ। कहिलेकाहीँ दुई–तीन जना मिलेर पन

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • 1,438 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दिव्य रोशनी साप्ताहिकको स्थापना दिवसमा पत्रकारलाई सम्मान सहित महिलालाई अभिनन्दन

    धरान । धरानबाट प्रकाशित दिव्य रोशनी साप्ताहिक २१ औं वर्षमा प्रवेश गरेको छ । आज बुधबार स्थापना दिवसको अवसरमा धरानका ३ पत्रकार सम्मानित भए भने एक १ जना महिला उद्यमीलाई अभिनन्दन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले उत्कृष्ट सामाजिक सम्मानबाट ब्लाष्ट टाईम्सका भोजराज श्रेष्ठ र उमा चाम्लिङ अनलाईन टिभीका पत्रकार उमा चाम्लिङ र युवा पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष  तथा हिमालयन टिभीका प्रतिनिधि सन्तोष काफ्ले सम्मानित भए । सम्मानितहरुलाई जनही नगद ५ हजार १ सय ५ रुपैया सहित सम्मानपत्रले सम्मान गरिएको थियो । यसैगरी महिला उद्

    • प्रकाशित मितिः जेठ ७, २०८२
    • 568 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नवनियुक्त गभर्नर डा. विश्व पौडेलद्वारा अर्थमन्त्री पौडेलसँग भेट

    काठमाडौं/ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले आज बिहान भेट गरेका छन्। गभर्नर नियुक्तिपछि पहिलो पटक अर्थ मन्त्रालय पुगेका डा। पौडेलले अर्थमन्त्रीसँग शिष्टाचार भेट गरेका हुन्। भेटका अवसरमा अर्थमन्त्री पौडेलले गभर्नर डा। पौडेललाई बधाइ दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले वित्तीय नीति र मौद्रिक नीतिबीच समन्वय गरी अघि बढ्नुपर्नेमा जोड दिँदै वर्तमान आर्थिक तथा मौद्रिक चुनौती समाधानमा डा. पौडेलले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे। गभर्नर पौडेलले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको माध्यमबाट सरकारको वि

    • प्रकाशित मितिः जेठ ७, २०८२
    • 470 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलाममा बुधबारदेखि सिनेमा पर्यटन महोत्सव

    धरान । चलचित्र पत्रकार संघले जेष्ठ ७ गते अर्थात बुधबारदेखि जेष्ठ ९ गते सम्म ’सिनेमा पर्यटन महोत्सव २०८२’ हुने आयोजना गर्ने भएको छ।इलामको श्री अन्तु, सुर्योदय नगरपालिका, इलाम बजारमा विविध कार्यक्रमको साथ महोत्सव आयोजना हुने भएको हो। चलचित्र पत्रकार संघ कोशी प्रदेशको संयोजन, संघको जिल्ला शाखाहरु इलाम, झापा, सुनसरी र मोरङको व्यवस्थापनमा हुने चलचित्र पत्रकारहरुको दोस्रो राष्ट्रिय भेला सहितको उक्त महोत्सव हुने भएको हो।महोत्सव अन्तरगत संघको २६औं वार्षिक उत्सव कार्यक्रम, राष्ट्रिय चलचित्र पत्रकारिता दिवस, सम्मान–पुरस्कार, सिनेमा र पर्यटन संवाद, अन्तरक्रिया, कार्याशाला लगायतको विविध

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • 569 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा सुविधा सम्पन्न सभा हल सञ्चालनमा, उद्योगी, पत्रकार र व्यवसायी सम्मानित

    धरान/  सुनसरी उद्योग वाणिज्य सङ्घले सुविधा सम्पन्न पार्टी प्यालेससहितको सभा हल सञ्चालनमा ल्याएको छ। एसीसहितको नयाँ हलको सोमबार उद्घाटन गरिएको हो। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सङ्घको ४१औँ साधारण सभाको अवसरमा पुनःनिर्मित भवन उद्घाटन गरेका हुन्। वाणिज्य सचिव किसन मास्केले पुनःनिर्माणमा झण्डै ३० लाख रुपैयाँ खर्च भएको जानकारी दिए। पहिला २०० जनाको क्षमतामा सीमित हल अब ४ सय जनालाई अटाउने गरी निर्माण गरिएको छ। स्टार होटलस्तरको फर्निसिङसहितको हल सभा, समारोह तथा विवाह भोजका लागि प्रयोग गर्न सकिनेछ। साधारण सभामा पत्रकार तथा व्यवसायीलाई सम्मान गरिएको छ।

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • 640 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी सरकारको नीति तथा कार्यक्रम यस्तो छ

    विराटनगर । कोशीको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । सोमबारको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन । सरकारले नीति तथा कार्यक्रममा राष्ट्रध्यक्ष र प्रधानमन्त्री जन्थस्थल र घरको संरक्षण गर्ने योजना समेटेको छ । नीति तथा कार्यक्रममा भनिएको छ,‘ कोशी प्रदेशसँग सम्बद्ध राष्ट्रिय विभूती, राष्ट्राध्यक्ष तथा प्रधानमन्त्री हुनु भएका व्यक्तित्वको सम्मानार्थ परिवारसँगको सहकार्यमा उहाँहरूको जन्मस्थल र घर संरक्षणको व्यवस्था मिलाइनेछ ।’चालु आर्थिक वर्षमा पहिलो पटक लगानी सम्मेलन र पर्यटन वर्ष घोषणा गरेको सरकारले २०८२ मा कोशी प्रदेश जलवायु सम्मेल

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 679 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved