दशैंमा मासु खाँदा कसरी खाने,के गरेर खाने र कति खाने ? "धेरै मासु खाँदा पोइजनिङ, कोलेस्ट्रोल बढ्ने सम्भावना हुन्छ्"

  • असोज २५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

गगनमान श्रेष्ठ (१०० बेस्ट चिफ इन द वल्र्ड,२०२३)
(युएन कलेज धरान,एचएम चिफ_
दशै , तिहार , नेपाल सम्बत ११४५ र छ्ठ पुजा २०८१ को सुखद उपलक्ष्यमा देश बिदेश मा रहनु हुने सम्पुर्ण नेपाली दाजु भाइ , दिदी बहिनी हरु लाइ सुख, समृध्दि , दिर्घायु र उत्तरोत्तर प्रगति को शुभकामना ब्यक्त गर्दछु।
दशै भन्ने बित्तिकै पारिवरिक भेट्घाट, खान,पान र रमाइलो भन्ने हामी सबैको मनमा आउँछ्। पहिले पहिले टाढा टाढाबाट परिवारका सदस्य र आफन्त मुल घर मा जम्मा हुने हुँदा घरमा खशि बोका , राँगा काट्ने र मिलेर खाने चलन थियो , यो चलन यद्यपी छदैछ ।

तर परिवार आफन्त पहिले जस्तो भेला हुदैन र मासु लामो समय सम्म स्टोर गरेर राख्नु पर्ने हुन्छ र सहि तापक्रम र उचित तरिकाले स्टोर नगरे मासुमा फुड्पोइजनिङ ब्याक्टेरिया बढ्ने सम्भावना हुन्छ र त्यस्तै घरमा धेरै मासु हुनाले प्राय ः प्रत्येक छाक मासु खाइन्छ् ।

मासुसँगै बोसो र तेल पनि खाइन्छ र दशैमा हाम्रो खानपानमा मासु र भातलाई नै बढि जोड गर्ने चलन छ जसले गर्दा अपच हुने,फुड पोइजनिङ हुने,कोलेस्ट्रोल बढ्ने सम्भावना हुन्छ्।
यसबाट बच्न के गर्ने त ?
मासु सके सम्म ताजा मात्र खाने,स्टोर गर्न परे काँचो मासु डिप फ्रीजरमा –१८ डिग्रीमा राख्ने र चाहिने जति निकाल्ने । सके सम्म फ्रीज बाहिर निकाल्दै फेरि राख्दै नगर्ने त्यसो गर्दा ब्याक्टेरिया बढ्ने सम्भावना हुन्छ र मासुको गुणस्तर पनि घट्छ्। सके सम्म बोसो रहित मासु खाने र कम तेल को प्रयोग गर्ने।
सबै भन्दा महत्वपुर्ण कुरा मासु कति मात्रामा खाने र सँग सँगै के खाने भन्ने कुरा हो। दशै प्रायः नियमित मासु खान्छौ,त्यहिँ भएर सानो टुक्रा २ देखि ३ अर्थात १०० देखि १२५ ग्राम भन्दा धेरै नखानु नै उतम हुन्छ, र मासु सँगसँगै हरियो साग सब्जि र काचो सलाद प्रसस्त मात्रामा खाने ।

प्राय हाम्रो नेपालि खानामा सलाद हुदैन या कम मात्र मा हुन्छ।मैले के भन्ने गरेको छु भने हामिले सलाद नभनी अचार भनेर खाने काँक्रा,गाँजर,मुला बन्दा आदि मासिनो काटेर छोप हालि मुसेर खाने अचार एकदम हाइ फाइवर,स्वास्थ्यकर र कम क्यालोरिको छ,तेल र पिरो मसला अलि कम गर्यौ भन्ने खानासँग प्रशस्त मात्रामा खान सकिन्छ्।
हामी नेपालीले दशंै खाने मासुको परिकार भने कवाफ नै हो र पकाउँदा बोसो रहित र कम तेल हालेर पकाऔ र हाम्रो परम्परागत तरिकाले मसलाले मुछेर कसौडिमा पकाउँदा आफ्नै बाफले पाक्ने हुँदा स्वादिलो र स्वस्थकर पनि हुन्छ ।

खाँदा याद गर्नु पर्ने कुरा भनेको मासुको मात्रा र सँग सँगै प्रसस्त मात्रामा काँचो सलाद या अचार ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved