बराहक्षेत्रमा बजार अनुगमन तीब्र ,व्यापारी धमाधम कार्वहीमा पर्न थाले "ठाउँको ठाउँ जरीवना तिराउँदै,कार्वाही गर्दै जनप्रतिनिधी "

  • असोज १८, २०८१
  • कोशीपत्र/संवाददाता
alt -संगम बिष्ट

वराहक्षेत्र/वराहक्षेत्र नगरपालिका वडा नं ३ र ७ स्थित वाङ्गेबजारमा बजार अनुगमन गरिएको छ ।

शुक्रवार वराहक्षेत्र नगरपालिकाको अनुगमन टोलिले बजार अनुगमन गरेको हो । उपभोक्ताहरूको अधिकार सुनिश्चितताको लागि बजार अनुगमनलाई प्रभावकारी बनाउने योजना अनुसार बजार अनुगमन सुरु गरिएको हो । 

दशैं , तिहार लगायतका चाड पर्वहरु नजिकिँदै गर्दा अत्यावश्यक खाद्यवस्तुको मूल्य बढि, एकरूपता नभएको म्याद नाघेका बस्तु बिक्री गर्न राखेको गुनासो उपभोक्ताबाट आएसँगै नगर उप-प्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीले बजार अनुगमनलाई प्रभावकारी बनाउन सक्रिय भएको हो ।

बजारबाट उपभोक्ताहरूले पाउनु पर्ने गुणस्तरीय बस्तु, मूल्यको एकरूपता, कानुनी प्रमाणहरू, ४० माइक्रोन भन्दा कम प्लास्टिकका झोलाको लगायतका बिषयहरुमा सोमवार मधुवनका बजारमा रहेला पसलहरु अनुगमन गरिएको नगरपालिकाका आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीले बताए । 

अनुगमन टोलीले बजारमा रहेका खाद्यान्न किराना पसल, फलफुल पसल , चिसो पदार्थको डिलर , मासु पसलहरूको अनुगमन गरिएको नगरपालिकाका आर्थिक विकास शाखाका प्रमुख तिवारीले जानकारी दिए ।

अनुगमनको क्रममा ४० माइक्रोन भन्दा कम प्लास्टिकका झोला प्रयोग भएका पसल , म्याद नाघेका सामग्री नष्ट र म्याद नाघेका सामाग्री बिक्री गर्न राखेका पसललाई जरिवानासंगै सामाग्री नष्ट गरिएको नगरपालिकाका आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीले बताए ।

अनुगमनको क्रममा उपभोक्ताको हित विपरीत सञ्चालन भएका पसलहरूलाई नियमको पालना, म्याद नाघेका सामाग्री राख्ने व्यापारीहरूलाई जरिवाना, ४० माइक्रोन भन्दा कम प्लास्टिकका झोलालाई नियन्त्रणमा लिएर जरिवानमा समेत गरिएको नगर उप-प्रमुख नन्दकुमारी सुनुवारले बताइन ।

नगर उपप्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीमा आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारी, उद्योग वाणिज्य सङ्घ वराहक्षेत्रका कोषाध्यक्ष तुलसी श्रेष्ठ , नगर प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो।

मोटरसाइकलको ठक्करबाट ...

मोरङ/ मोरङको ग्रामथान गाउँपालिकामा मोटरसाइकलको ठक् ...

२८ किलो गाँजा र बियर ...

सुनसरी/ मोरङको जहदा गाउँपालिकामा सफारीभित्र लुकाएर ल्या ...

मलद्वारमा लुकाएर ल्य ...

सुनसरी/लागूऔषध लुकाएर ओसारपसार गरेको आशंकामा सुनसरीको इ ...

घरको भान्सा कोठाको स ...

सुनसरी/सुनसरीको बराहक्षेत्रमा घरभित्र लुकाएर राखिएको एक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved