दृष्टि बिहीन गंगाको समुधुर स्वर, सडकमा गीत गाउँदै छोरा पढाउछिन (भिडियो सहित) "दशै र्खच जुटाउँदै संगम,सहयोग गरि दिन अपील "

  • असोज १९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

रणध्वज लोहार 

धरान/ धरान ६ पानबारीका संगम पौडेल सडकमा गन्तव्य तर्फ हिँडिँरहेको थिए । सडकमा सुमधुर आवाजको गीत उनको कानमा पनि गञ्जिन पुग्यो । टक्क रोकिए । नजर लगाए । यसो हेर्दा सडकमा गीत गाउनेलाई कतै देखे जस्तो लाग्यो । नजिकै गएर हेरे । ठयाक्कै १५ बर्ष अघि कक्षा ११ र १२मा पढ्दाखेरी सँगै पढेको कक्षासाथी पो थिइन् । हेर्ने वित्तिकै चिने र बोलाए ।

WhatsApp Image 2024-10-05 at 17.09.24

 

उनी थिइन गंगा भुजेल ,जो सँगै पढेका साथी । झाँगाबाट खसे अनि खुशी पनि भए । १५ बर्ष अघिको साथीलाई सडकमा गीत गाइरेको त्यो अवस्थामा देख्दा र भेट्दा दुख लाग्यो अनि खुशी यस अर्थमा भए कि साथीलाई भेटे ।मनमा अनेकन सोँचाईहरु आए ।

अनि कुरा गर्दै जाँदा उनको मन रोयो । गंगाको पीडादायी जीवन भोगाईले उनको आँखामा आसँु बग्यो ।तर मन थामे र अव साथीको लागि केही गर्नु कर्तव्य भएको ठाँने र उनीसँग नम्बर मागे । नम्बर लिएर घर तर्फ गए र अहिलेको प्रविधी सामाजिक सन्जालमा गंगाले गाएको गीत सहित पोष्ट गरे । संगमले पोष्ट गरेको स्टाटस जस्ताको तस्तै ः
“कृपया यो भिडियो सक्दो सेयर गरेर गङ्गालाई सहयोग गरिदिनु हुन आग्रह गर्दछु।घरबाट बिहिन र श्रीमानले छोरा ३ बर्षको हुँदा छोडेर अर्कै बिबाह गरेकाले र पूर्ण रुपमा आखा नदेख्ने हुनाले सडकमा गीत गाउँदै जीवन निर्वाह गर्दै आएकी गङ्गा भुजेल अहिले देशमा आएको बाढी पहिरो पानीले कोठाबाट बाहिर निस्किन नसकेर खाना,सब्जी र ओढ्ने ओछ्याउने सम्म नभएको अवस्थामा रहिछन्।

मलाई फोन गरिन .खाना छैन चामल सब्जी किन्ने पैसा नहुदा अत्यन्तै कष्टकर जीवन बिताउन बाध्य भएको कुरा जानकारी गराइन र हिजो भेट्न गएको थिए।पैसा थिएन।५०० छोडेर आए।आज मेरो ब्यक्तिगत तर्फबाट ३००० हजार जति लगेर दिदै छु।

कृपया दशै आएको छ सानो छोरा छ गङ्गाको।उनी ११र१२ म संगै बिर्तामोडको कन्काई क्याम्पसमा पढेकी हुन।बाबा बैशाखमा बित्नु भएछ।बाबा बिरामी हुँदा बिर्तामोडको अनारमुनी ३ देबीबस्ती खानेपानी ट्याङ्की पछाडि रहेको टिन र बासको भाटाले बेरेको ऐलानी जग्गाको सानो झुपडी पनि उपचारमा भएको खर्चले गर्दा बेच्नु परेको जानकारी गराइन।छोरालाई अरुकै घरमा राखेर पढाउदै रहिछन्।

कृपया यो पोस्ट हेर्ने सम्पूर्णले जे सक्नु हुन्छ त्यहीँ सहयोग गर्नुहोला।कसैले चामल कसैले तेल कसैले लुगाफाटो कसैले थोरै थोरै पैसा सहयोग गरेर गङ्गालाई यो चाडपर्वमा सहयोग गरौं।थोरै खर्च कटौती गरेर गङ्गालाई सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछु।मानवता र परोपकारी भाव हामी सबैमा रहिरहोस्।

नोटःगङ्गा पूर्ण रुपमा आँखा नदेख्ने हुनाले कुनै बैंक अकाउन्ट् नभएको कारण म मार्फत सहयोग गरिदिनुहुन अपिल गर्दछु।हजुरहरुको सानो सहयोगले कसैको जीवनमा खुसी ल्याउछ भने किन नगर्नेरुधेरै सहयोग गर्नु पर्दैन।१ सय,२ सय,३ सय जति हुन्छ सहयोग गरिदिनु होला ।

थोपा थोपा मिलेर सागर बन्छ।सानो सानो सहयोग नै ठुलो हुने हो।मैले बचन दिएर आएको छु।मेरा फेसबुकका ५ हजार भन्दा बढी साथी र तष्प तयप मा २५ हजार भन्दा बढी साथीहरू हुनुहुन्छ ।

उहाँहरुले थोरै थोरै सहयोग गर्नुहुनेछ म सहयोग लिएर आउछु ।तिमी चिन्ता नलेउ भनेर मैले गङ्गालाई आश्वासन दिएर आएको छु।कृपया उनले गरेको आसलाई हजुरहरुले निराश नबनाइदिनु होला।

जानकारीको लागि सहयोग गर्न चाहनुहुनेले मेरो सम्पर्क नम्बर 9842301042 मा कल गर्नु हुन अनुरोध गर्दछु।साथै गङ्गा भुजेलको यो नम्बरमा 9763239685 सिधै फोन गरेर पनि सहयोग गर्न सक्नुहुनेछ। मलाई inbox df sms मा  पनि गर्न सक्नु हुन्छ। ”
दशै खर्च १३ हजार ५ सय रुपैयाँ प्रदान
उनले शुक्रबार गंगालाई सहयोगको अपील सहित लेखेको स्टाटसबाट प्रभावित भएर २४ घण्टा वित्न नपाउँदै दशैं खर्च १३ हजार ३ सय १५ रुपैयाँ जुटाउन सफल भए । मनका धनी ह्रदय भएकाहरुले उनको एकाउण्टमा पैसा जम्मा गरिदिए ।

शनिबार कोशीपत्र दैनिकको कार्यालयमा आएर सन्चारकर्मीलाई साँची राखी संकलित रकमलाई आफुले थप गरि १३ हजार ५ सय रुपैँया गंगाकै हातमा प्रदान गरे ।

रकम दिदैं गंगा यतिले अहिले दर्श खर्च गर्दै गर्नु अरु पनि सहयोग रकम जुटाउने प्रयासरत छु, केही गर्न सके भने म खबर गर्छु । गंगाले रकम हात लिँदै धन्यवाद दिइन र भनिन,मलाई यसरी सहयोग गर्ने संगम र मनकारी मनहरुलाई आभार अनि धन्यवाद छ ।

गीत अत्यन्तै राम्रो गाउने गंगालाई प्रतिभा भएर पनि उनले त्यस्तो अवसर नपाएको कोशी पत्रको कुराकानीमा गुनासो गरिन । उनलाई गीत गाउन कहाँ जाने कसरी फर्म भर्ने केही गर्न सक्दिनन् । कसैले सहायता पनि गरेको छैनन् ।

संगमले उनलाई थप उनको प्रतिभाको लागि गीत रेकर्डिगं गरि दिने र त्यस्तो अवसरहरुमा सहभागि गराउने समेत प्रतिबद्धता गरेका छन् ।
वास्तवमै गंगा भुजेल आँखा देख्दिनन् । उनी दृष्टिविहीन छिन् ।

उनको एक छोरा ९ वर्षको रहेको छ । तीन बर्षअघि उनको श्रीमानले अर्को विहे गरे । झापा घर भएकी उनी अहिले धरान १५ स्थित श्यामचौक पुर्व तर्फको फुलबारी टोलमा कोठा भाडा लिए बस्छिन् । उनको कोठा मात्रै छ ।

त्यहाँ नै उनी दिनभरी गीत गाउँछिन र झापामा अर्काको घरमा का मगर्न राखेको ९ वर्षीय छोरालाई पढाई खर्च र आफुलाई खाने खर्च जुटाउँछिन् ।

फोटो सहित भिडियो सम्पादन फडिन्द्र तिम्सिना 

एसईई स्पिकर दोेश्रो ...

धरान ।२०८१ सालको माध्यमिक शिक्षा परीक्षा ९एस।ई।ई।० दिएर ...

इनरुवा–५ मा एमालेको ...

इनरुवा।नेकपा एमाले इनरुवा नगरपालिका–५ वडा कमिटीले ...

रोकिएन शिक्षक आन्दोल ...

काठमाण्डौं ।शुक्रबार राति प्रधानमन्त्री केपी ओली सँग र ...

वराहक्षेत्र नगरपालिक ...

चतरा/वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाले नगर भित्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved