धरान/बिषादी परीक्षणमा खान अयोग्य ठहर भएपछि धरानस्थित कृषि उपज बजारमा १९ किलो रायोको साग गाडेर नष्ट गरिएको छ। कृषि उपज बजारस्थित बिषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले विभिन्न १० प्रकारका तरकारी परीक्षण गर्दा डाँडाबजारबाट आएको रायोको सागमा अर्गानोफस्फेट समूहको बिषादी अत्यधिक मात्रा पाइएको हो। एकाइका प्रमुख रुपेश रिजालका अनुसार उक्त सागमा ६१.९१४१ प्रतिशत अर्गानोफस्फेट भेटिएको छ, जुन सुरक्षित सीमा (३५% भन्दा कम) भन्दा धेरै हो। उनले ३५–४५ प्रतिशतको बीचमा देखिए ‘क्वारेन्टाइन’ राखी केही दिनपछि मात्र उपभोग गर्न मिल्ने जानकारी दिए। परीक्षण कृषि बजारमा मात्र केन्द्रीत भएको भन्दै
धरान/ कोशी प्रदेशका दुईवटा मात्र उप-महानगरपालिका — धरान र इटहरी — अहिले ‘बजेट होलिडे’मा छन्। साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु भइसके पनि यी दुवै सहर अझै बजेटविहीन छन्, जसले दैनिक सेवा प्रवाहदेखि विकासका योजना र कर्मचारी भुक्तानीसम्ममा गम्भीर असर पारेको छ। धरानमा नगरप्रमुख हर्कराज राई साम्पाङ र उपप्रमुख इन्द्रविक्रम बेघाबीच लामो समयदेखि चलिरहेको विवाद नै बजेट प्रक्रिया अवरुद्ध हुनुको प्रमुख कारण बनेको जनस्तरको धारणा छ। श्रमदान कार्यक्रमदेखि प्रशासनिक निर्णयसम्ममा मतभेद हुँदा नगरसभामा बजेट पेस नै हुन सकेको छैन। स्थानीय सरकार सञ्चालन ऐनअनुसार असार १० गतेभित्र बजेट पे
धरान/ मजदुर नेता लक्ष्मी बानियाँले आफ्नौ जन्मदिनको अवसरमा प्रेस चौतारी नेपाल सुनसरीले स्थापना गरेको अक्षय कोषमा दश हजार १ सय रुपैया प्रदान गरेको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सदस्य बानियाँले आफ्नो ५० औँ जन्मदिनको अवसरमा सोमबार रकम हस्तान्तरण गरेको हो । संगठन धरान नगर कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई मार्फत प्रेस चौतारी नेपाल सुनसरी अध्यक्ष विकास चाम्लिङ राईलाई रकम हस्तान्तरण गरिएको हो । संगठनका केन्द्रीय अध्यक्ष राईले आफुहरु ३० वर्षदेखि मजदुर आन्दोलनका सहयात्री भएको बताउनुभयो । बानियाँ असहाय र
धरान/ धरान उपमहानगरपालिकामा पछिल्ला दिनहरूमा विकासभन्दा बढी विवाद हावी भएको देखिएको छ। कार्यपालिका भित्रको समन्वयहीनता, बजेट निर्माणमा अड्चन, र कोशी खानेपानी आयोजना जस्ता दीर्घकालीन योजनामा अन्योलको अवस्था देखिएपछि नगरवासी निराश बनेका छन्। धरानका प्रमुख राजनीतिक दलहरूमध्ये नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष उद्धव लिम्बुका अनुसार नगर प्रमुख, उपप्रमुख र कार्यपालिका सदस्यबीच विश्वासको संकट चुलिएको छ। यही असहमतिले गर्दा चालू आर्थिक वर्षको बजेटसमेत समयमा पारित हुन सकेन। “कार्यपालिकाको बैठकमै स्पष्ट मतभेद देखियो। समन्वयको अभाव र नेतृत्वबीचको असहज सम्बन्धले बजेट प्रक्रिया नै थलिएको छ,&
धरान/ सुनसरीको कोशी गाउँपालिका–०८, भिमनगर नाकाबाट जाली नोटसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा २०८२ साउन १९ गते राति ९:३० बजेतिर इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको लु.९२ प.२३८० नम्बरको मोटरसाइकल जाँच गर्दा उनीहरूको साथबाट नक्कली नोट बरामद भएको हो। पक्राउ परेका व्यक्तिहरूमा सप्तरीको हनुमान कंकालिनी नगरपालिका–०२ निवासी २६ वर्षीय राजेश कुमार रजक र सोही नगरपालिकाको वडा नं.–०१ निवासी २५ वर्षीय राजेश चमार रजक रहेका छन्। पछाडि सवार राजेश चमार रजकको साथबाट नेपाली एक हजार दरका ३८ थान नक्कली नोट फेला परेको प
धरान/ उद्योग वाणिज्य संघ सुनसरीका नवनिर्वाचित अध्यक्ष गोपाल श्रेष्ठसहित सम्पूर्ण पदाधिकारीहरूलाई सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेड परिवारको तर्फबाट बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ। धरान–९ स्थित कलेज रोडमा अवस्थित सर्कल क्याफेमा आयोजित उक्त कार्यक्रममा सानिमा जिआइसी इन्स्योरेन्स धरान शाखाका प्रमुख प्रतिक श्रेष्ठले स्वागत मन्तव्य राख्दै नवनिर्वाचित पदाधिकारीहरूको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरे। उनले सानिमाले विगत तीन वर्षदेखि व्यापार मेला ‘धरान एक्स्पो’ मा इन्स्योरेन्स पार्टनरको भूमिका निर्वाह गर्दै आएको र प्राकृतिक प्रकोपबाट हुन सक्ने क्ष
झापा/ “सपना हो कि हकीकतरु” लाग्न सक्छ, जब सुन्नुहुन्छ – विर्तामोड–७ का एक युवकले एक कट्ठा खेतबाट सुरु गरेको तरकारीखेतीले अहिले करोडौं आम्दानी दिइरहेको छ। यही हो, प्रदीप खनालको सफल कृषियात्रा। सात वर्षअघि ठेक्कापट्टाको काम छाडेर हातमा कोदालो समातेका खनाल अहिले ‘हाम्रो कृषि फार्म’मार्फत व्यावसायिक रूपमा उभिएका छन्। अहिले उनी भाडामा लिएको ४५ बिगाहा जमिनमध्ये १६ कट्ठामा मात्र बोडीखेती गरेर दैनिक ५०० केजी बोडी उत्पादन गरिरहेका छन्। “फार्मको बोडी नगरपालिकाका सात वटा सुपथ मूल्य पसलमा बिक्री हुन्छ,” खनाल भन्छन्, “बजार मूल्य घटे पनि नगर
विराटनगर/ राजविराज स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रभित्र उद्योग स्थापना गर्न ईच्छुक उद्योगीहरुका लागि उपलब्ध हुने सेवा, सुविधाका लगायतका विषयमा उद्योग संगठन मोरङ र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको आयोजनामा अन्तरक्रिया भएको छ । अन्तरक्रियामा संगठनका अध्यक्ष्ँ नन्दकिशोर राठीले वर्तमान समयमा नीजि क्ष्ँेत्रले उद्योग स्थापना गर्नका लागि आवश्यक पूर्वाधार विकासमा ठूलो रकम खर्च गर्नुपरिरहेकाले अन्य कुराको व्यवस्थापनमा कठिनाई सिर्जना हुदै आएको वताए । औद्योगिक क्ष्ँेत्रको आवश्यकतालाई मध्यनजर गरी संगठनले लामो समय देखि यस क्ष्ँेत्रमा औद्योगिक क्षेत्र स्थापनाका लागि सरकार समक्ष्ँ पहल ग
धरान/ धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको सिरानमा रहेको लेदुवा खोलामा निर्माणाधीन पुल दुई वर्षअघि नै सकिनुपर्ने भए पनि अझै अपूरो अवस्थामा छ। झण्डै १६ मिटर लम्बाइको उक्त पुल निर्माणका लागि प्रदेश सरकारले रु १,२१,५८,१३२.४४ (एक करोड एकाइस लाख अठ्ठावन्न हजार एकसय बत्तीस रुपैयाँ चौवालीस पैसा) को सम्झौता गरी २०७७ सालमा ठेक्का दिएको थियो। पुल २०८० सालभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको थियो। तर हालसम्म निर्माण पूरा नहुनुमा ठेकेदारको लापरबाही मुख्य कारण भएको वडाध्यक्ष मान कुमार लिम्बूले जानकारी दिनुभयो। ठेकेदार सम्पर्कविहीन, मन्त्रीसमक्ष बारम्
सुनसरी/ बङ्गुरमा फैलिएको अफ्रिकन स्वाइन फिवरको प्रकोपबाट यसबर्ष सुनसरीका किसानले दुई करोडको क्षति ब्योहोरेका छन् । गत भदौ महिना देखी फैलिएको अफ्रिकन स्वाइन फिबर अहिलेसम्म नियन्त्रण हुन नसक्दा थप क्षति हुनसक्ने भन्दै किसान चिन्तित छन् ।गत भदौमा रामधुनी नगरपालिकाका किसानले पालेको बङ्गुरमा देखिएको अफ्रिकन स्वाइन फिबरको प्रकोप क्रमशः अन्य स्थानीय तहका फर्महरूमा फैलिएको थियो । रामधुनी सहित बङ्गुर पालनको लागि प्रसिद्ध मानिएको धरान, दुहबी र वराहक्षेत्रमा फैलिएको प्रकोपले यो वर्ष मात्र १ करोड ९७ लाख ८ हजार बराबरको क्षति भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख डा.