सर्वोच्च अदालतमा के के जल्यो

  • भदौ २५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

मंगलबार विहान शुरुमा सर्वोच्चको फाँटमा प्रदर्शनकारी छिरे । 

• कागजातहरु एक ठाउँमा जम्मा गरे अनि आगो लगाए 

• पहिलो तल्लामा रहेको श्रीयन्त्र अनि आँखी झ्याल जलाए 

• सर्वोच्च परिसरमा रहेका सवारी साधनहरुमा आगजनी शुरु भयो । 

• तेस्रो तल्लामा रहेको आइटी कक्षमा प्रवेश गरे । त्यसमा आगजनी गरे

• दोस्रो तलमा रहेको प्रधानन्यायाधीश र मुख्य रजिष्ट्रारको चेम्बर जलाए 

• सीमित सुरक्षाकर्मीहरुले ठूलो संख्यामा आएका प्रदर्शनकारीहरुलाई थेग्न सकेनन् ।

• प्रदर्शनकारीहरुको अर्को टोलीले सर्वोच्च अदालतको एनेक्स भवनको भुईंतलामा रहेको अभिलेख शाखामा आगजनी गरे र सर्वोच्च अदालतको कानुन पत्रिका प्रकाशन हुने प्रकाशन विभागमा आगलागी गर्यो । 

• करिब २५ हजार मुद्दामा मिसिलहरु जलेर खरानी भएका छन् । 

• सर्वोच्च भित्र र बाहिर खरानी मात्रै छ 

• हेटौंडास्थित डाटा सेन्टरमा पनि तोडफोड भएको छ । 

• डाटाको ब्याकअप राखेको थियो, त्यहाँ पनि तोडफोड र आगजनी भएकाले सर्वोच्च अदालतको वेवसाईट ‘डाउन’ छ । 

• सर्वोच्चले आज एक सूचना जारी गर्दै अब मुद्दा सुनुवाइ अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ । 

• न्यायाधीशहरुले तयार पारेका कैयौं फैसलाको अभिलेख कम्प्यूटरसँगै जलेर नष्ट भएका छन् । 

• डिजिटल रुपान्तरणमा उदाहरणिय काम गरिरहेको विशेष अदालत पनि आगजनीबाट क्षति पुगेको छ ।

सरकारी वकिल कार्यालयमा के भयो 

• महान्यायाधिवक्ता कार्यालयमा पनि प्रदर्शनकारीहरुले एउटै शैलीमा आक्रमण गरेका थिए ।

• भएभरका कागजातहरु संकलन गरे, एक ठाउँमा ल्याएर आगो लगाएका थिए । 

• प्रदर्शनकारीहरुले जिल्ला अदालतका साथै माइतीघर मण्डलामा रहेको जिल्ला सरकारी वकिलको कार्यालय र विशेष सरकारी वकिलको कार्यालयमा पनि क्षति पुर्याएका छन् ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved