धरान । लकडाउनको समयमा विपन्न परिवारलाई राहत उपलब्ध गराउन धरान उपमहानगरपालिकाको फुड बैंकमा श्री सुच्चा राई कल्याणकारी समाज सुनसरीले खाद्यान्न प्रदान गरेको छ । धरान ८ स्थित सभागृहमा रहेको फुडबैंकमा समाजले १ हजार केजी चामल र १ सय केजी दाल प्रदान गरेको हो । धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई र उपप्रमुख मञ्जु भण्डारी सुवेदी समाजका तर्फबाट केन्द्रिय अध्यक्ष बिनोद सुच्चा राई सहित केन्द्रिय उपाध्यक्ष बिनोश राई,जिल्ला अध्यक्ष श्री कुमार राई र जिल्ला उपाध्यक्ष चण्डी प्रसाद राई लगायतले संयुक्तरुपमा खाद्यान्न प्रदान गरेका हुन् । समाजका पदाधिकारीहरु सहित सुच्चा राई दाजुभाईहरुबाट संकलन
विराटनगर । प्रदेश १ को उदयपुर, झापा र भोजपुर जिल्लामा ३१ जनामा कोरोना संक्रमण (कोभिड १९) देखियो । अहिले सबैको कोशी कोभिड अस्पताल विराटनगरमा उपचार भईहेको छ । यतिबेला सर्वसधारणको ध्यान संक्रमितको संख्यामा नै केन्द्रीत भएको पाइन्छ । तर, प्रदेशहरुमा खतराको सूचीमा रहेका मानिसको संख्या पनि उत्तिकै छ । १ नम्बर प्रदेशमा खतराको सूचीमा रहेका संभावित संक्रमितको संख्या दिनानु दिन बढ्दो क्रममा रहेको सरकारको तथ्यांकले नेै देखाएको छ । चिकित्सकीय निगरानीमा आईसोलेसनमा बस्ने र निश्चित नियम पालना गरेर सार्वजनिक क्वारेन्टाइनमा राखिएकाहरुको तथ्यांकको ग्राफ ओर्लनुको साटो उक्लदों अवस्थामा देखिन्छ । यो अवस्था प्रद
कोरोनाको संक्रमणलाई कम गर्न जारी लकडाउनले सर्वसाधारणको जनजिवनमा पारेको प्रभावलाई विश्लेषण गर्दै सरकारले बहिर्गमन रणनिति तयार पारेको छ । गत चैत्र ११ गते देखि शुरु भएको लकडाउन तिन पटक सम्म थप गर्दै वैशाख २५ गते सम्म लकडाउन घोषणा गरिएको छ । लकडाउनका कारण जनजिवन अस्तव्यस्त बनेको छ । लकडाउनले पारेको प्रभावलाई कम गर्दै खुकुलो र खुला गर्ने उद्देश्य सहित सरकारले कोरोना भाइरस कोभिड–१९ बहिर्गमन रणनीति तयार पारेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार पारेको रणनीति कार्ययोजनामा सिंगो देशलाई तीन क्षेत्रमा विभाजन गरी सोही अनुसार लकडाउनलाई खुकुलो बनाइने तयारी गरिएको हो । जसअनुसार अब स्
कानेपोखरी। मोरङको कानेपोखरी गाउँपालिकामा र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) बाट ३१ जनाको नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । वडा नं १,२,३ बाट २० जना र ४, ५, ६ र ७ बाट ११ जना गरि जम्मा ३१ ज्नाको आरडिटी नमूना परीक्षण गरिएको २ का वडाध्यक्ष एवम कानेपोखरी गाँउपालिकाका प्रवक्ता शुसिल बुढाथोकिले बताए । वैदेशिक रोजगारबाट फर्किएका, भारतबाट र काठमाडौंबाट २५० जना गाउँपालिका भित्रिसकेका छन् । उनीहरूको निगरानी गाउँपलिकाले गरिरहेको पालिकाका उपाध्यक्ष राजमती इङ्नामले बताइन् । वैदेशिक रोजगार र संक्रमित स्थानबाट घर आएकामध्येबाट भाइरस संक्रमणको शंका लागेका व्यक्तिहरूलाई आरडिटी नमूना पर
धरान /ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा शुक्रबार राती भएको भिषण आगलागीबाट प्रारम्भिक विवरण अनुसार ७ करोड ६५ लाख बढी क्षति पुगेको छ । ताप्लेजुङगका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार क्षतिको विवरण संकलन गर्न बनेको समिततिले ७ करोड ६५ लाख ७२ हजार ७ सय रुपैया क्षति भएको प्रारम्भिक विवरण संकलन गरेको बताए । विवरण अनुसार संस्थागततर्फ २२ लाख क्षति भएको छ भने व्यक्तिगततर्फ ७ करोड ४३ लाख २५ हजार क्षति पुगेको छ आगलागीबाट ८ वटा घरमा क्षति पुगेको थियो । ती मध्ये २ वटा पक्की घर थियो भने ६ वटा कच्ची घर हो । आगलागीबाट कुल २९ घर परिवार प्रभावित भएको प्रजिअ निरौलाले बताए । आगलागीबाट प्रभावित
कुमार कार्कीविश्व महामारी कोभिड १९ कोरोना भाइरसका कारण लकडाउन ३ पटक सम्म थप भैसकेको छ । अझै पनि यसका संक्रमितहरु थपिदै गएकाले लकडाउन पनि थपिने सम्भावना पनि बढ्दै गएको छ । अझै एक महिना लक डाउन थपिने हो भने देशमा मध्यम बर्गिय परिवार लगभग ३० प्रतिशत जनसंख्या निम्न गरिबिको रेखामुनी झर्ने छन । झट्ट हेर्दा यो अनुमानमा अलमल परे पनि यसको नतिजा ६ महिना देखि एक बर्ष भित्रमा बाहिर आउने छन् । आफ्नो जीवन उकास्दै गरेका मध्यम बर्गियहरुको ब्यापार ब्याबासायमा ब्यापक गिरावट हुँदा सुकुम्बासी बन्न पुग्नेछन । यो हिसाबले हेर्दा लकडाउनका कारण झन्डै अबको एक देखि दुई बर्षको दौडानमा १० लाख मानिस नचाहादा नचाहादै पनि सुक
ताप्लेजुङ। शुक्रबार राती देखि आगलागीबाट ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा ७ घर र ५ वटा घुम्ति पसल जलेर नष्ट भएको छ । शुक्रबार रातिदेखि लागेको आगो शनिबार बिहान ५ बजे मात्र आगो पुर्णरुपमा नियन्त्रणमा आएको थियो । आगलागीबाट फुङलिङ नगरपालिका ५ स्थित ट्याक्सी स्टेण्ड छेउमा रहेका ७ घर र ५वटा घुम्ती पसल जलेका थिए । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, कर्मचारी र बासिन्दाले दमकलको सहायतामा आगो पूर्ण रूपमा निभाउन सफल भएका हुन् । आगलागीबाट स्थानीय नेत्र कार्की, खेम केसी, खड्ग थापा, चन्द्रमाया लोछार, राम साह, प्रेम निरौला र देवी भट्टराईको घर जलेर ध्वस्त भएका छन् भने बिनिता बिस्टको घुम्ती चिया
विराटनगर, १९ बैसाख प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) बाट ५ हजार २ सय ८२ जनाको नमूना परीक्षण भएको छ । यसरी परीक्षण गरिएकामध्ये ५ हजार २ सय ६७ जनाको रिर्पोट नेगेटिभ आएको छ । आरडीटी र पीआर दुबै विधिबाट शुक्रबारसम्म जम्मा ६ हजार ६ सय २४ जनाको नमूना संकलन भई परीक्षणमा पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार ल्याबमा स्वाब लगेर गरिने परीक्षण( पिसिआर) बाट १ हजार ३ सय ४२ जनामा कोरोना भए नभएको परीक्षण भएको छ । तीमध्ये एक हजार २ सय ९९ जनाको रिर्पो नेगेटिभ आएको छ । यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या शुक्
नेपालमा थप २ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार रुपेन्देहीका २५ वर्षीय युवक र बाँके नेपालगञ्जका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । रुपन्देही १ र बाँकेका १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार रुपेन्देहीका २५ वर्षीय युवक र बाँके नेपालगञ्जका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ ।
रोल्पाको त्रिवेणी गाँउपालिकामा हिजो साझ करिब ६ बजे भएको दर्दनाक घटनाप्रति प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले दुःख व्यक्त गरेका छन् । उक्त घटनामा दिवंगतप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकूल परिवारजनप्रति समवेदना पनि व्यक्त गर्दै विस्फोटनमा परेका बालबालिकाका परिवारलाई राहत दिन प्रदेश सरकारले संघीय सरकारलाई सिफारिश गर्ने पनि बताएका छन् । मुख्यमन्त्री पोखरेलले सशस्त्र द्वन्द्वका कारण बेलाबखत यस्ता दुर्घटना हुने गरेको जनाउँदै कुनै शंकास्पद वस्तु देखिएमा नचलाउन र शंकास्पद ठाउँका बारेमा सुरक्षा निकायलाई जानकारी दिन आग्रह पनि गरेका छन् । ५ वर्षीय विजय खत्री, ११ वर्षीया विमला खत्री, १३