बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिकाको वार्ड नम्बर ३ मा जनताद्वारा निर्मित वडा कार्यालय भवनमा आइतबार सुभ साइत गरि कार्यालय प्रवेश गरेको छ ।
गत वैशाख २७ गतेबाट नडाहामा निर्माण सुरु गरिएको सो भवनमा आजबाट पुजा आरधना सहित गृह प्रवेश गरेको छ । पछिल्लो पल्ट कोभिड १९ कोरोना संक्रमणका कारण औपचारिक उद्घाटन भने समय सहज भए पछि गरिने निर्माण समितिले जनाएको छ ।
पटक पटक वडा कार्यालय निर्माण सम्बन्धी खिचातानी भएपछी स्वयं जनताको प्रत्यक्ष संलग्नतामा नडाहामा भवन निर्माण सम्पन्न भएको थियो स्थानीय युवा समाजसेवी एवम शिक्षासेवी केशव पुरीको अध्यक्षतामा भवन निर्माण समिति गठन गरेर सुरु गरिएको सो भवन आज बाट सन्चालनमा आएको हो ।
करिब २८ लाखको लागतमा निर्माण गरिएको सो भवन ५ कोठे रहेको छ । प्रविधी सम्पन्न वडा कार्यालयमा फ्री वाइफाइको व्यवस्था गरिएको छ । भवन अपांग मैत्री रहेको समितिले जनाएको छ । कोरोना कहरको अवस्थालाई मध्यनजर गर्दै स्थानीय वासिन्दा, र सन्चारकर्मीको सामान्य उपस्थितिमा हालसम्म भाडामा रहेको वडाकार्यालय घरबाट आफ्नो भवनमा सारिएको हो ।
जनताको सङ्लग्नतामा बनेको कार्यालयमा प्रवेश गर्न पाउँदा आफुहरु खुशी रहेको वडाअध्यक्ष रुद्र दाहालले बताए । उनले भने “जनता आफ्नो विकासको निम्ति कति आतुर रहेछ भन्ने एउटा उदाहरण हो । अब यसलाई थप सुन्दर र व्यवस्थित गर्दै अघि बढ्नेछौँ ।“
यता निर्माण समितिका अध्यक्ष केशव पुरी भन्छन् “लगभग आजबाट जनताले दिएको जिम्मेवारी पूरा गरेका छौं भन्ने लाग्छ । औपचारिक रुपमा अझै पनि उद्घाटन हुन बाकी रहेकोले यसलाई अझै थपथाप गर्ने छौँ । यसको औपचारिक उद्घाटनको दिन हामी पनि औपचारिक रुपमै हस्तान्तरण गर्ने छौं ।’
निर्माण समितिको कोषाध्यक्ष भिमदल राईले अझै पनि आर्थिक सहयोग आउने क्रम जारी रहेकोेले औपचारिक उद्घाटन पश्चात सम्पुर्ण हर हिसाब सार्वजनिक गर्ने बताए । हामीले यो कोरोना भाइरसको समयमा केही नभनि आफ्नो ज्यानको बाजि लगाएर एक दिन नविराई भोक भोकै यो निर्माण कार्यमा लागेको समितिले बताए ।
यता वडा सचिव निलम कार्कीले वडा निर्माण कार्यको लगाव आर्थिक सहयोग जुटेको देख्दा संकटको घडीमा आर्थिक सहयोग जुटेको देख्दा छक्क परेको बताउँछन । उनले भने, यति वर्ष भयो जागिर खाको यो नै जन्ताको विकास राम्रो र छिटो काम भएको देखे र म आफैलाई भाग्यमानी ठान्दछु ।’
पहिला पहिला नडहा चौक आउन मान्छे डराउथे । यो दुव्र्यसनीहरुको भेला हुने, लुटपात हुने र बढि त यहा झैझगडा नभएको दिनै हुदैन थियो । पछिल्लो समय यहाँ धेरै विकास क्रमले गति लिएको छ । शुन्दर शान्त अनि शिक्षाको ठाउँ भनेर चिनिन्छ नडहा चौक ।
आज यहाँको जन्ताले आफ्नो एकछाक नखाई वडा निमार्णमा घर घर बाट आर्थिक सहयोग गरेको छ , यो अति नै सह्रानिय रहेको स्थानीय बुद्धिजीवी राणाहाँग लिम्बूले खुशि व्यक्त गरे । उनले भने, ‘हाम्रो सिहं दरवार घरमै आएको भान भएको छ र आउदा दिनमा यहा बाट काम काज गर्न सजिलो हुने विश्वास लिएको छु ।’