समाज

    Showing 6,551-6,560 of 6,734 items.
  • धरान- १५ स्विमिङ पुल नजिक आगलागी, दुई जनाको मृत्यु

    धरान : धरान-१५ को स्विमिङ पुल नजिकै रहेको नरबहादुर श्रेष्ठको घरमा आज बिहान आगलागी भएको छ । आगलागिमा परेर २ जनाको जलेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार दुई जना आमा र छोरीको जलेर मृत्यु भएको छ । आगलागीको कारण खुल्न नसके पनि प्रारम्भिक अनुमान अनुसार विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । आगो नियन्त्रणकालागि धरान उपमहानगरको दुई वटा दमकल, प्रहरी र स्थानीयवासी आगो नियन्त्रणमा खटिरहेको छन् ।

    • प्रकाशित मितिः जेठ २२, २०७७
    • 1,306 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विभेद उन्मुलन दिवशमा रुकुम पश्चिम नरसंहारका दोषिलाई कारवाहीको माग

    धरान । १४ औं जातिय छुवाछुत तथा विभेद उन्मुलन दिवश जेठ २१ को अवसरमा रुकुम पश्चिमका नरसंहारका दोषिलाई कारवाहीको माग गर्दै धरानमा श्रद्धान्जली सभा तथा खबरदारी सभाको आयोजना गरिएको छ । संयुक्त राष्ट्रिय दलित संघर्ष समिती सुनसरीको आयोजनामा धरानको भानुचौकमा श्रद्धान्जली सभा तथा खबरदारी सभामा प्रदेश नम्बर १ प्रदेश सभा सदस्य उमिता बराइलीले सरकार सहित राजनितिक दलहरुलाई खबरदारी गर्नुपर्ने आवश्यक्ता रहेको बताईन् । दलित समुदायमाथि हुने विभेदको अन्तयका लागि संघ, प्रदेश र स्थानीय तहमा छुट्टै संयन्त्र खडा गर्नुपर्ने उनले बताईन् । उनले रुकुम पश्चिमको घटनाका दोषिलाई कडा कारवाही गर्न माग गर्दै घटनालाई अन्यत्रै

    • प्रकाशित मितिः जेठ २१, २०७७
    • 1,082 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बन्दाबन्दीको मोडल परिवर्तन आवश्यक ( सम्पादकीय )

    संसारलाई नै आतङ्कित बनाएको कोरोना–कहरका कारण हाम्रो देशमा बन्दाबन्दी लागू गरिएको आज ७२ दिन भएको छ । औषधि पत्ता नलागिसकेको कारण बन्दाबन्दी (लकडाउन) र भौतिक दुरीलाई नै कोराना भाइरस (कोभिड–१९) बाट जोगिने प्रभावकारी उपाय मानिएको छ । संसारभरिका देशहरू यसै उपायलाई अपनाएर कोराना भाइरससँग जुधिरहेका छौँ । त्यसैले हामीले पनि यही गर्यौं । अझैं पनि यसको खोप र औषधि बनाइसकिएको छैन । विभिन्न देशका वैज्ञानिकहरू खोप र औषधि बनाउने कार्यमा जुटिरहेका छन् तर सफलता प्राप्त भइसकेको छैन । खोप र औषधि बनाउने कार्यमा सफलता प्राप्त नभइसके पनि कतिपय देशहरूले बन्दाबन्दीलाई बिस्तारै खुकुलो बनाउन थालेका छन् । ला

    • प्रकाशित मितिः जेठ २१, २०७७
    • 1,021 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सर्दु कोरिडोरको मापदण्डले सुकुम्बासी बस्ती विस्थापित हुने

    धरान । धरानको महत्वपुर्ण आयोजनाको रुपमा रहेको सर्दु कोरिडोरले तोकेको मापदण्ड अनुसार निर्माण गरिदा सर्दु किनारमा बसेको हजारौ सुकुम्बासी परिवार विस्थापित हुने गुनासो गरेका छन् । सर्दु किनारमा रहेका बस्तीहरुलाई उचित व्यवस्थापन गरेर मात्रै निर्माण कार्य अघि बढाउन समेत उनीहरुले माग गरेका छन् । प्रदेश सरकारको जलस्रोत तथा सिचाई डिभिजन कार्यालय मार्फत २० करोड रुपैया बजेटमा धरान १७ स्थित सर्दु खोलामा पुललाई जिरो पोइन्ट बनाएर धरान १३ को देवीमार्गको पुल सम्म करिब ७ किलोमिटर कोरिडोर निर्माण हुने भएको छ । आयोजनाको डिपिआरमा खोलाको भाग ८२ मिटर हुनेछ भने कोरिडोरको भाग ३० मिटर तोकेको छ । जस अनुसार ७ मिटरमा सड

    • प्रकाशित मितिः जेठ २१, २०७७
    • 1,807 पटक पढिएको
    • "दिनेश गजमेर"
  • विराटनगर बजार दिउँसो १२ सम्म खुल्ने

    विराटनगर । भोलिदेखि विराटनगरमा बजार मध्यान्न १२ बजेसम्म खुल्ने भएको छ । विराटनगर महानगरपालिकाभित्रका ब्युटिपार्लर,सैलुन र होटलबाहेकका अन्य सबै पसल तथा ब्यवसाय खोल्न दिने निर्णय भएको छ । व्यवसायीले स्वास्थ्य सुरक्षा अपनाएर बजार तथा पसल खोल्न दिनुपर्ने माग गर्दै आएका थिए । विराटनगर महानगर क्षेत्रमा बिहानदेखि दिउँसो १२ बजेसम्म पसल खोल्न पाइने बुधबार निर्णय भएको हो । जिल्ला प्रशासन कार्यालय मोरङमा कोभिड क्राइसिस मेनेजमेन्ट कमिटीको बैठकले सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सतर्कता अपनाएर बजार खोलाउने निर्णय गरेका विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिएका छन् । बजार क्षेत्रमा सामाजि

    • प्रकाशित मितिः जेठ २१, २०७७
    • 1,588 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटा सहिदभुमि गाउँपालिकाका २४ वर्षीय एक युवामा कोरोना संक्रमण

    धनकुटा, २१ जेठ ÷धनकुटाको सहिदभूमि गाउँपालिकामा एक जना युवामा कोरोना भाइरसको संक्रमण देखिएको छ । मजदुरीको गर्ने क्रममा भारतको उत्तर प्रदेशबाट घर फर्किएका २४ वर्षीय पुरुषलाई कोरोना भाइरसको संक्रमण देखिएको हो । गएको जेठ १३ गते उनीसँगै सहिदभूमि घर फर्किएका चार जना मध्ये स्वाब परिक्षणको क्रममा २४ वर्षीय पुरुषको रिर्पोट पोजेटिभ आएको सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले बताए । कोरोना पोजेटिभको स्वास्थ्य मन्त्रालयद्धारा पुष्टि हुन भने बाँकी रहेको छ । उनीसँगै क्वारेन्टाइनमा रहेका अन्य तीन जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ । सहिदभूमि गाउँपालिकाका ती युवामा कोरोना पोजेटिभ देखिएसँगै धनकुटा

    • प्रकाशित मितिः जेठ २१, २०७७
    • 1,205 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • धरानमा लागूऔषधका कारण आपराधिक घटना हुन्छन् : डिएसपी न्यौपाने

     धरान । धरानमा लागू औषध दुव्र्यसनीको कारणले आपराधिक घट्नाहरु हुने गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले वताएका छन् । वुधबार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगरले आयोजना गरेको डिएसपी विदाई कार्यक्रममा उनले सो कुरा वताएका हुन् । डिएसपी न्यौपाने धरानबाट विदाई भएर काठमाण्डौ जाँदैछन् भने डिएसपी ज्ञानेन्द्र वस्नेत आउँदैछन् । विदाई कार्यक्रममा बोल्दै उनले भने,‘मुख्य चुनौती भनेको नै लागू औषध दुव्र्यसनी नै हो,जसका कारणले धरानमा आपराधिक गतिविधी हुने गरेको हो।’डिएपी न्यौपानेले आफ्रनो कार्यकाल अवधि भरी पेस्तोल सहित लागू औषधको कारोवारीलाई पक्राउ गरिए

    • प्रकाशित मितिः जेठ २१, २०७७
    • 1,561 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लकडाउन व्यवस्थित गर्दै बजार खुलाउन निजी क्षेत्रको माग, कर तिर्ने म्याद असोज मशान्त बनाउन ध्यानाकर्षण

    विराटनगर । लामो समयको लकडाउनका कारण उद्योगधन्दा र व्यापार व्यवसाय नै चौपट भई आर्थिक रुपमा टाट पल्टने अवस्था भएको भन्दै प्रदेश १ को राजधानी विराटनगरको बजार खुलाउन माग भएको छ । विराटनगरका उद्योगी तथा व्यवसायीले निश्चित नियम बनाएर स्वास्थ्य जोखिम नहुने गरी बजार खोल्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गरेका हुन । उद्योगी र व्यवसायीका संस्थाले पनि कोरोनाका कारण विषम परिस्थिति उत्पन्न भएपनि लामो लकडाउनले आर्थिक क्षेत्र नै तहस नहस हुने अवस्था आएकोले बजार, व्यवसाय र व्यापार सहज गराउने विषयमा सरकराले निर्णय लिनुपर्ने माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष नरेन्द्रकुमार खड्क

    • प्रकाशित मितिः जेठ २१, २०७७
    • 1,039 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • विराटनगरबाट ९६० भारतीयलाई बिहारतर्फ पठाईयो

    विराटनगर । पछिल्लो छ दिनमा भारतको जोगबनी नाकाबाट ९६० जना भारतीय नागरिक भारतको बिहारतर्फ गएका छन् । भारतबाट नेपाल आउने क्रम नेपालका सानाठूला विभिन्न नाकाबाट बढिरहेको सन्दर्भमा प्रदेश १ को राजधानी विराटनगरको यो नाकाबाट भने दैनिक भारतीय नागरिक बिहारतर्फ गईहेका छन् । नेपाल र भारतीय प्रशासन तथा सुरक्षाकर्मीको समन्वयमा मानिसहरुलाई भारत पठाउने गरिएको छ । उताबाट पनि दुबै देशका सुरक्षाकर्मीको निगरानीमा नेपालीलाई स्वदेश फर्काउने क्रम चलिरहेको छ । गत बुधबारदेखि भारतको जोगबीन नाकाबाट नेपालीलाई भित्र्याउने र भारतीयलाई पठाउने क्रम शुरु भएको छ । पहिलो दिन नेपालीहरु मात्र आए । भारत जानेहरु थिएनन् ।जिल्ला प्

    • प्रकाशित मितिः जेठ १९, २०७७
    • 1,183 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • झापामा दुई सय बेडको कोरोना अस्पताल

    विराटनगर । झापाको भद्रपुरमा अस्थायी कोभिड १९ अस्पताल निर्माण गर्न स्थानीय सहमत भएका छन् । प्रदेश १ मा अहिले सबैभन्दा धेरै संक्रमित भएको जिल्ला झापा हो । त्यहाँ कचनकवल गाउँपालिकामा मात्र एक सय संक्रमित फेला परेका छन् । अस्थायी कोरोना उपचार अस्पताल बनाउने विषयमा जनस्तरबाट विरोध भएको थियो । तर, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तोकेको मापदण्डअनुसार अस्पताल निर्माण हुने भए आपत्ती नहुने भन्दै स्थानीयले सहमति जनाएका छन् । भद्रपुरस्थित मेची अञ्चल अस्पतालको निर्माणाधीन भवनमा अस्पताल संचालन गर्न भनिएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभालाई सम्बोधन गर्दै झापामा आइसोलेसन बेड थपेर कोरोन

    • प्रकाशित मितिः जेठ १९, २०७७
    • 1,063 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved