ईलाममा एक करोड ९० लाखमा तरकारी बजार निर्माण

  • मंसिर ११, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम । दुई वर्ष अघि सम्म इलामको तरकारी बजार अस्त व्यस्त थियो । तिर्पालको छहारी भित्र तरकारी बजार लाग्ने गर्दथ्यो।

हिउँदमा धुलो र वर्खाको समयमा हिलोको कारण हैरान हुने गर्दथ्यो । नगरपालिकाले व्यवस्थापन गरे सँगै तरकारी बजार अव हिलो र धूलोबाट मूक्त भएको छ ।

इलाम नगरपालिकाले नयाँ बजार बनाउन इलाम अस्पताल छेउको खोल्सीलाई बाँध बाँधेर तरकारी बजार र पशुबजार निर्माण गरेको छ ।

निर्माण भएको ठाउँमा पशु र तरकारी बजार सञ्चालन भएका छन भने बजार व्यवस्थापनका लागि अस्पतालमा आउने र बजार आउने सवारीका लागि पार्क र कृर्षि थोक बजार पनि व्यवस्थित बनाउने इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए । उनले भने ‘बजारलाई व्यवस्थित बनाउनकै लागि शुरु गरिएको सिटिमार्टको काम पनि अन्तिम चरणमा पुगेको छ ।’

नगरपालिकाले पटक–पटक गरेर एक करोड ९० लाख २६ हजार आठसय ५३ रुपैयाँ लागतमा तरकारी बजार निर्माण गरेको हो ।

एक हजार नौ सय ७३ घन मिटर ग्याविन पर्खाल, एकसय ७४ मिटर नाली निर्माण, चार वटा टहरा, एउटा ढुङ्गाको सिढी र रेलिङ्ग, पुरानो शौचालय अगाडि भुई ढलान, सिढीमा टायल, तरकारी बजार र हस्पिटल बिच कम्पाउण्ड वाल, आठ वटा टहरा निर्माण, साडे ३२ मिटर लामो रिटेनिङ्ग वाल, १८ दशमलव चार सय मिटर सेल्फी पुन माथि एउटा कल्भर्ट निर्माण, १८ दशमलव ४ चार सय मिटरको सेल्फी पुल छेउ ढुंगाको नाली, निर्माण भएको इलाम नगरपालिकाका इन्जिनियर दिपक गुँरागाँईले जानकारी दिए । 

त्यस्तै सात दशमलव १० मिटरको पोष्ट मार्टममा कम्पाउण्ड वाल, एउटा पोष्ट मार्टम छेउमा र पूर्व पट्टि गरि दुईवटा सिडी निर्माण, चारसय १५ दशमलव ५० घन मिटरको ग्याविन वाल, २९ दशमलव ७० मिटरको फलामे रेलिङ्ग, एकसय १५ दशमलव ४२ वर्ग मिटर इन्टरलगिङ्ग टाइल, २९ दशमलव चारसय मिटर आर.सि.सि. नाली निर्माण, २ वटा चेम्बर, एउटा गेट, टहरा, सात दशमलव १० मिटर वाल, ५२ दशमलव ७२ घनमिटर ग्रावेल, २८ घन मिटर ग्याविन, ग्याविनको जगमा आरसिसि ढलान, एक सय ५७ दशमलव ४६ घन मिटर माटो कटिङ्ग,११ दशमलव २५ घनमिटर सोलिङ्ग, २३ दशमलव ८ सय मिटर नाली निर्माणको काम भएको गुरागाँईको भनाई छ ।

निर्माणको अन्तिम चरणमा सिटी मार्ट

इलाम बजारमा सुविधा सम्पन्न ‘सिटी मार्ट’ सपिङ कम्प्लेक्स निर्माणको काम अन्तिम चरणमा पुगेको छ । इलाम नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ बाट निर्माण शुरु गरेको कम्प्लेक्सको काम अन्तिम चरणमा पुगेको नगर प्रमुख बस्नेतले बताए । 

९ करोड ३८ लाख रुपैयाँ लागत अनुमान गरिएपनि निर्माणको अन्तिम चरणमा १३ करोड लागत पुगेको इलाम नगरपालिकाका इन्जिनियर गुरागाईंले बताए ।

उनले भने ‘कोरोनाको कारण केही ढिला भए पनि भवनको भित्रिकाम सबै सकियो अव फिनिसिङ र बाहिर इन्टर लकिङको काम मात्रै बाँकि रहेको छ ।’

भवनमा ९२ सटर र २ वटा लिफ्टसहितको ‘व्यापारिक प्रयोजनका लागि भवन निर्माण गरिएको हो । सिटी मार्टका लागि पार्किङस्थलको पनि निर्माण गरेको छ ।

२०७६ चैत ३० सम्ममा भवन निर्माण सम्पन्न गर्ने योजनासहित विकोई भगवती जेभीले निर्माणको जिम्मा लिएको थियो ।

कोशी नदीको पानी ल्या ...

धरान/ धरान उपमहानगरपालिकामा कोशी नदीको पानी ल्याउन ...

वराहक्षेत्रमा एकीकृत ...

चक्रघट्टि/ वराहक्षेत्र नगरपालिकामा आधारभूत तह (कक् ...

धरानमा प्रधानमन्त्री ...

धरान/ प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत धरान उप ...

कोरियाबाट फर्केर लाख ...

भोजपुर/  वैदेशिक रोजगारी छाडेर भोजपुरका रेवती ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved