बेलका २ को वडा कार्यालय शिलान्यास

  • मंसिर ११, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

रामपुर (उदयपुर) । बेलका नगरपालिका २ स्थित बानडाँडामा वडा कार्यालय निर्माण हुने भएको छ ।

बुधबार नगर प्रमुख दुर्गाकुमार थापाले वडा कार्यालय भवनको शिलान्यास गरे । वडा नं. २ को वडा कार्यालय निर्माण पश्चात् बेलका नगरपालिकाका सबै ९ वटै वडाले आफ्नै भवन प्राप्त गर्नेछन् ।

भ्याटसहित ४७ लाखको कुल लागतमा चैत्र मसान्तसम्ममा निर्माण कार्य सक्ने गरी निर्माण कम्पनी पन्चकन्या कन्स्ट्रक्शन प्रालिलाई ठेक्का दिइएको छ ।

भवन निर्माणका लागि १२ जना स्थानीय जग्गादाताबाट ११ कट्ठा जग्गा सहयोग लिएको छ ।स्थानीय खड्ग नारायण श्रेष्ठ, तेजबहादुर कार्की, मानबहादुर तामाङ, गीता खड्का, कृष्ण प्रधान, शुक्रबहादुर बिक, ज्ञानबहादुर तामाङ, नारायण श्रेष्ठ, डम्बरबहादुर गिरी, कमला थापा, वीरबहादुर परियार र नवसिर्जना युवा क्लबले समेत भवन निर्माणका लागि ५ धुरदेखि साडे ३ कट्ठा जग्गा सहयोग गरेका छन् ।

२ नं. वडा कार्यालय शिलान्याससँगै सबै ९ वटै वडाको कार्यालय भवन निर्माण हुने निश्चित भएको छ ।

शिलान्यासका क्रममा नगर प्रमुख थापाले सबै स्थानीय राजनीतिक दललाई विकासका कार्यक्रममा सहभागी बन्न आह्वान गरेको थापाका प्रेस संयोजक ललित राईले जानकारी दिए ।

वडा नं २ का वडाध्यक्ष मिश्रीलाल चौधरीले लामो रस्साकसी पछि वडावासीले वडाकार्यालयको आफ्नै भवनबाट सेवा लिन पाउने बताए ।

कोशी नदीको पानी ल्या ...

धरान/ धरान उपमहानगरपालिकामा कोशी नदीको पानी ल्याउन ...

वराहक्षेत्रमा एकीकृत ...

चक्रघट्टि/ वराहक्षेत्र नगरपालिकामा आधारभूत तह (कक् ...

धरानमा प्रधानमन्त्री ...

धरान/ प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत धरान उप ...

कोरियाबाट फर्केर लाख ...

भोजपुर/  वैदेशिक रोजगारी छाडेर भोजपुरका रेवती ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved