पानवारीमा धान उत्पादनमा ह्रास "धानबाली पकेट क्षेत्र कागजमै सिमित"

  • मंसिर ११, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोनाको महामारीमा घोषित लकडाउनका कारण समयमै कृषकले मल विउँ नपाउँदा सुनसरीमा यस वर्ष धान उत्पादनमा ह्रास आएको छ ।

पानवारी मंसुली चालम उत्पादनका लागि प्रख्यात रहेको सुनसरीको धरान उपमहानगरपालिका स्थित पानबारीमा सोचे जस्तो धान उत्पादन गर्न नसक्दा कृषकहरु निरास बनेका छन् । 

देशमै पानवारी मंसुलि चामल उत्पादन हुने क्षेत्रको रुपमा प्रख्यात सुनसरीको धरान उपमहानगरपालिका स्थित पानवारीमा गत वर्ष फौजी किराका प्रकोपले गर्दा धान उत्पादनमा कमी आएको थियो । यस वर्ष कोरोनाको महामारीले गर्दा आवश्यक मल बिउँ उपलब्ध नहुँदा धान उत्पादनमा ह्रास आए पछि पानबारीका कृषक चिन्तित बनेका छन् ।

दुई वर्ष अघि नै सरकारले पानवारीलाई कृषि पकेट क्षेत्र घोषणा गरेको छ । तर तिनै तहका सरकारले कृषकको समस्यालाई चासो दिएको पाईन्दैन् । पकेट क्षेत्र घोषणा गरिए पनि पानवारी क्षेत्रमा प्लटिङ बढ्दै गएको छ ।

शहरीकरणसंगै पछिल्लो समय पूर्वका धेरै स्थानमा जग्गा प्लटिङ्गका नाममा खेतीयोग्य जमिन मासिदै गएका छन् । शहरीकरणको नाममा बर्षौदेखि खेति गर्दै आएका जग्गा प्लटिङ्ग गर्दै महङ्गोमा जग्गा खरिद विक्री हुन थालेपछि खेतियोग्य जमिन घडेरीमा परिणत हुन थालेका छन् ।

सरकारले कृषि पकेट क्षेत्र घोषणा गरे पनि प्लटिङलाई अझै रोक्न सकेको छैन् । आवश्यक निती कार्यान्यवन नहुँदा पानवारीका कृषि योग्य जमिनहरु घडेरीमा परिवर्तन हुँदै गएको स्थानीय लक्ष्मण राई बताउँछन् ।

कृषि पकेट क्षेत्र कागजमा मात्रै सिमित रहेको उनको भनाई छ । उनले भने, सरकारले पकेट क्षेत्र घोषणा गर्यो तर न त पर्याप्त बजेट छ, न त संरक्षणका लागि कुनै निती नै छ ।’

जिल्लाभर ८७ हजार ५ सय ५० टन धान उत्पादन हुने गरेको थियो भने पाचकन्यामा मात्र ८ देखि ९ हजार क्विन्टल धान उत्पादन हुने गरेको कृषि कार्यालयको तथ्यांकमा उल्लेख छ ।

पाचबर्ष अगाडिसम्म लहलह धान खेती, तरकारी खेती उब्जाउने उर्वरभूमि रहे पनि अहिले त्यस्तो हुनै छाडेको स्थानीय रेशम राईको भनाई छ । खेतियोग्य जमिन धमाधम प्लटिङ्ग हुने क्रमले तिब्रता पाएकै कारण विगतको तुलनामा धेरै घटेको उनको भनाई छ ।

सरकारले कृषिका लागि प्रसस्त बजेट उपलब्ध गराउन नसकेको वडाअध्यक्ष भुवनसिंह बस्नेतको भनाई छ । पकेट क्षेत्र घोषणा गर्नु अघिकै जस्तो अवश्था रहेको उनी बताउँछन् ।

उनले भने, ‘पहिले जस्तो छ, त्यस्तै नै छ, सिचाईका लागि आउने बजेट पुरानै छ, पकेट क्षेत्रको विकाशको लागि सरकारले छुट्टै बजेट विनियोजन गरेको छैन् ।’ पकेट क्षेत्र घोषणा गरिसके पछि बैंकहरु बाट सहुलियत दरमा ऋण चै पाउन थालिएको उनले बताए ।

पानवारी धानबालीका लागि पकेट क्षेत्र भनिए पनि उत्पादन बढाउन कुनै पनि सरकारले बजेट विनियोजन नगरेको उनी बताउँछन् । उनले भने, धानबालीमा किराको प्रकोप लाग्यो भने पनि बाँझेर खर्च जुटाउनु पर्छ, राज्यले कुनै योजना बनाएको छैन्, स्थानीय सरकारको पनि पहल भएको छैन् ।

कोरोनाको महामारीका बिचमा पनि सरकारले मल, बिउ उपलब्ध गराउन नसक्दा अन्यत्रैबाट खरिद गर्नु परेको अवश्था रहेको उनको भनाई छ ।

कृषि पकेट क्षेत्र घोषणा गरेको स्थानमा उपमहानगरले चासो दिई कृषकको जिवन स्तर उकास्नमा योजना अघि सार्न आवश्यक छ ।

महामारीले ग्रस्त बनाएको अर्थतन्त्रलाई उकास्न पनि अब कृषि क्षेत्र नै प्रमुख हो ।त्यसैले तिनै तहको सरकारको ध्यान केन्द्रित हुन जरुरी छ । 

कोशी नदीको पानी ल्या ...

धरान/ धरान उपमहानगरपालिकामा कोशी नदीको पानी ल्याउन ...

वराहक्षेत्रमा एकीकृत ...

चक्रघट्टि/ वराहक्षेत्र नगरपालिकामा आधारभूत तह (कक् ...

धरानमा प्रधानमन्त्री ...

धरान/ प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत धरान उप ...

कोरियाबाट फर्केर लाख ...

भोजपुर/  वैदेशिक रोजगारी छाडेर भोजपुरका रेवती ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved