समाज

    Showing 5,541-5,550 of 6,725 items.
  • ‘घरमा बत्ती छ, विजुली छैन ’

    झापा/ झापाको मेचीपारिका सर्वसाधारण विजुली बत्ती भए पनि अँध्यारोमा बस्न बाध्य छन् । गाउँमा विजुलीको पोल छ, घरमा बत्ती जडान गरिएको छ तर महिनौदेखि बत्ती भने बलेको छैन । उनीहरु टुकी र मैनबत्तीको सहारामा बस्न बाध्य छन् । बर्षाद्को समयमा आएको बाढीका कारण बत्तीको संरचना सबै भताभुंग बनाए पछि घरमा बत्ती जडान भएपनि अँध्यारोमा बस्नु परेको छ । २०७७ साल चैत्र ७ गते मेची नगरपालिकाका प्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखेरलले उद्घाटन गरेपछि पहिलो पटक गाउँमा बत्ती बाल्न पाउदा मेची नगरपालिका वडा नं. १५ ग्वालवस्तीका सर्वसाधारण हर्षित थिए । उद्घाटन गरेसँगै वैसाखदेखि विजुली बत्ती बाल्न शुरु गरेका उनीहरुले

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • 804 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महेन्द्र क्याम्पसको जग्गा प्रकरण : ‘क्याम्पस प्रशासन गैह्रजिम्मेवार’

    धरान/ विगत ३ वर्ष देखि भुमाफियाहरुले गिद्धेदृष्टि गाढेको महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा भुमिसुधार तथा मालपोत कार्यालय सुनसरीले हडप्न अझै सहज बनाइदिएको छ ।२०३४ सालमा क्याम्पसले खरिद गरी उपभोग गर्दै आएको धरान ११ स्थित स्वस्तिक चौकमा रहेको कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गामा भुमाफियाहरुले हडप्न खोजेका थिए । विगत ३ वर्ष देखि विवाद चर्किएको मोहियानी नामसारी मुद्धा क्याम्पसको विपक्षमा फैसला गर्दै जग्गा हडप्न मालपोत कार्यालयले सहज बनाईदिएको हो । क्याम्पसले जग्गा खरिद गरेको समयमा मोही कायम रहेका डम्बर बहादुर घिमिरेको छोरा भनिएका यज्ञ बहादुर क्षेत्रीको नाममा नामसारी गरिदिने फैसला

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • 738 पटक पढिएको
    • "दिनेश गजमेर"
  • भरुवा बन्दुक सहित १ जना पक्राउ

    खोटाङ । खोटाङ ऐसेलुखर्क गाँउपालिका–२ स्थितबाट भरुवा बन्दुक सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३० बर्षिय संजय राई रहेका इलका प्रहरी कार्यालय ऐसेलुखर्कले जनाएको छ । आइतबार दिउँसो ३ बजे बिशेष सुचनाका आधारमा राईको घरमा गई राईको घर खानतासी गर्दा १ थान भरुवा बन्दुक सहित उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटना सबन्धमा प्रहरीबाट थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 719 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘काम गर्न अझै कठिन छ’

    धरान/ महिला स्वयम्सेविकाले स्वास्थ्य सम्बन्धी काम गर्न धेरै कठिनाई भएको गुनासो गरेका छन् । विभिन्न कठिनाईका कारण सोचेजस्तो काम गर्न नसकेको उनीहरुको गुनासो छ । १८ औं महिला स्वयम्सेविका दिवसको अवसरमा धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाले धरान १ छाताचौक स्थित स्वास्थ्य चौकीमा गरेको कार्यक्रममा वडा नं. १ की महिला स्वयमसेविका हेलिना मगरले महिला स्वयम्सेवकले सोचेजस्तो काम गर्न नसकेको बताइन् । उनले भनिन्, ‘वडामा रहेका स्वास्थ्य सम्बन्धी कामहरु गर्न घरघरमा पुग्नुपर्ने हुन्छ, महिला स्वयम्सेविकाको काम कर्तव्यको विषयमा सर्वसाधारणलाई जानकारी नहुँदा खुलेर भन्न नसक्ने समस्या भएको छ ।’ उनल

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 999 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘अस्पतालको समस्या समाधान गर्न पहल गर्छु’

    इलाम । प्रदेश नं. १ सामाजिक विकास मन्त्री जयराम यादवले इलाम अस्पतालको निरिक्षण गरेका छन । इलामको सन्दकपुर गाउँपालिकाको मावुमा संगठनको जनजागरण कार्यक्रममा जाने क्रममा अस्पतालको निरिक्षण गरेका हुन । निरिक्षण पछि मन्त्री यादवले अस्पतालमा भएको समस्याको समाधानमा लाग्ने बताएका छन् । उनले अस्पताल भएको कर्मचारी अभावको पदपुर्तिका लागि पनि पहल गर्ने बताए । उनले कर्मचारी अभाव पदपुर्ति करारमा राखेर सम्भव नहुने र प्रदेश लोकसेवा खोल्न कानुनी समस्या रहेको हुँदा केन्द्र सरकारसँग पनि सम्पर्कका रहेका छौ । त्यसलाई चाँडो भन्दा चाँडो विज्ञापन खोलर नै समस्या समाधानमा लाग्ने बताए । जनशक्ति अभावका कारण इलाम अस्पताल

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 829 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • अध्ययन पूरा गरिसक्दा पनि काम पाइएन : विद्यार्थीको भविष्य नै अन्यौल

    धरान/ कुनै पनि विषयमा अध्ययन गर्ने विद्यार्थीहरुले राम्रो काम गर्ने र आफ्नो सुनौलो भविष्य कसरी निर्माण गर्ने भन्ने विषयमा सोचेका हुन्छन् । यो सपना एमविएस विषयमा अध्ययन गर्ने होस् वा मानविकी, म्यानेजमेन्ट अथवा शिक्षा संकायका विद्यार्थी हुन् उनीहरुको पहिलो उद्देश्य नै राम्रो र धेरै कमाइ हुने ठाउमा जागिर खाने नै हो । तर केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा पोषण विज्ञानमा अध्ययन सकेका विद्यार्थीहरु बेरोजगार बस्नुपर्ने बाध्यता छ । यसको प्रमुख कारण हो यो विषयलाई कुन निकाय अन्तर्गत राख्ने भन्ने सरकारी अन्यौलतासंगै अध्ययन गरिसकेका विद्यार्थीका लागि लोकसेवा नखुल्दा पढाइको सदुपयोग गर्न पाएका छैन

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 661 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • युवा व्यवसायी मेन्याङ्बोले बालबालिकासँग मनाए जन्मदिन

    धरान/  युवा व्यवसायी तथा थिएटर सहाराका अध्यक्ष नवीन मेन्याङ्बोले आप्mनो जन्मदिन शनिबार धरान–१३ को इम्मानुयल चिल्ड्रेन होमका बालबालिकासँग मनाएका छन् । उनले त्यहाँ आश्रय लिएर बसेका बालबालिकालाई चिल्ड्रेन होममै पुगेर स्वेटर वितरण गर्दै उनीहरूलाई खाना पनि खुवाएका थिए । त्यस क्रममा मेन्याङ्बोलाई शुभकामना दिन चलचित्रकर्मी महासङ्घ प्रदेश १ ले चिल्ड्रेन हाममै औपचारिक कार्यक्रम पनि आयोजना गरेका थियो । महासङ्घका प्रदेश १ अध्यक्ष अरुण प्रधानको अध्यक्षतामा आयोजित कार्यक्रम महासचिव दिनेश कोइरालाले सञ्चालन गरेका थिए । कार्यक्रममा सुनसरीभरिका चलचित्रकर्मीहरू र नाट्यकर्मीहरूका साथै मेन्याङ्बो क

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 770 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बस दुर्घटनामा १ जनाको मृत्यु २० जना घाईते

    सुनसरी/ कोशी गाँउपालिका ८ भाण्टाबरीमा बस दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २० जना घाईते भएका छन् । मृत्यु हुनेमा बसका सह-चालक सिरहा धनगढी नगरपलिका ८ का २६ बर्षिय जिवस यादव रहेका छन् । शनिवार दिउँसो १ः३० बजे को १ ख ४९८८ नम्बरको बसले ओभरट्याक गर्ने क्रममा को १ ख ६३७५ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दुर्घटनामा घाईते भएका यादवको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा दिउँसो २ बजे मृत्यु भएको हो । बस चालक सिरहा लाहान नगरपालिका ८ का अमित गुप्ता र ट्रक चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 968 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लागुऔषध सहित ३ जना पक्राउ

    बिरानगर । मोरङ र सुनसरीका दुई छुट्टाछुटै स्थानबाट लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । शनिवार बेलुका ५ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल आउदै गरेका पथरी शनिश्चरे-२ का २४ बर्षिय राजु मोते भन्ने विवेक मोते बिराटनगरको १ नम्बर ढाँटबाट लुपिजेसिक ५ एम्पुल, डाईजेल्याब ६ एम्पुल, एभिल ६ एम्पुल र फेनारगन ५ एम्पुल सहित पक्राउ परेका हुन् । यसैगरी दुहबी सि.आर.भि.बाट खटिएका प्रहरी टोलीले उर्लाबारी नगरपालिका ७ का ३३ बर्षिय किरण थापा मगर र सोही स्थानका ३१ बर्षिय राम कुमार यक्चोलाई शनिवार बेलुका ७ बजे एभिल ६ एम्पुल, डाईजेल्याब ४ एम्पुल, फेनेरागन ३ एम्पुल र लुपिज

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 652 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • श्रीमानको कुटपिटबाट श्रीमतिको मृत्यु

    झापा/  झापाको दमक नगरपालिकामा आफ्नै श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । दमक नगरपालिका १० का राम कुमार लिम्बूको कुटाइबाट उनकै श्रीमती ४९ वर्षीय घनादेबी आचार्यको मृत्यु भएको हो । श्रीमानको कुटाएबाट गम्भीर घाइते भएकी घनादेबीको उपचारका क्रममा नोबल अस्पताल बिराटनगर पुर्याइको थियो । थप उपचार हुन नसक्ने भएपछि घर लैजाने क्रममा शुक्रबार बाटैमा उनको मृत्यु भएको थियो । कुटपिटमा संलग्न लिम्बुलाई ईलाका प्रहरी कार्यालय दमकले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 793 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved