धरान/ गत चैत्र ९ गतेबाट परिक्षण शुरु गरेको धरान स्थित फोहोर प्रशोधन केन्द्रबाट उत्पादित ग्यास खपत गर्न टेम्पो व्यवस्थापन नहुँदा संचालनमा आउन सकेको छैन् । प्रशोधन केन्द्र पुर्णरुपमा निर्माण सम्पन्न भए पनि एक वर्ष देखि ग्यास खपत गर्नका लागि अनुमती नहुँदा संचालनमा आउन नसकेको हो । धरान उपमहानगरपालिका वडा नम्बर ६ स्थित पानवारीमा भेन्चर वेष्ट टु इनर्जीले फोहोर प्रशोधन केन्द्र निर्माण गरेको हो । धरानको फोहोरलाई व्यवस्थापन गर्दै फोहोरबाट ग्यास र मल उत्पादन गर्ने लक्ष्य सहित केन्द्र स्थापना गरिएको हो । गत वैशाख देखिनै संचालनमा आउने भनिए पनि सरकारी प्रक्रियामा ढिलाई हुँदा समय लम्बिएको परियोजनाका इ
धरान/ त्रिदेशीय सडक विस्तारको राष्ट्रिय गौरबको आयोजना अन्तर्गतको रानी–विराटनगर–इटहरी–तरहरा–धरान सम्मको ६ लेन सडक तीव्र रुपमा निर्माण कार्य अघि बढेको छ । अघिल्लो वर्ष कोरोना कहरका कारण ढिलासुस्ती भएको सडक निर्माणको कामले पछिल्लो समय तिब्रता पाएको छ । रानी देखि धरानको तिनकुने सम्मको सडक विस्तारको काम ७५ प्रतिशत सकिएको रानी विराटनगर इटहरी धरान सडक योजना कार्यालय इटहरीले जनाएको छ । रानी देखि इटहरी सम्म ८० प्रतिशत काम सम्पन्न भइसकेको सडक विस्तार आयोजना दुहबी क्षेत्र बाहेक इटहरी देखि धरानको तिनकुने सम्मको सडक विस्तारले समय अगावै सम्पन्न हुने गरि तिब्रता पाएको छ । रानी विराटन
बराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिकाका शैक्षिक संस्था र धार्मिक क्षेत्रमको ५ सय मिटर वरिपरी मद्यपान र धुम्रपान जन्य पदार्थको बिक्रि बितरण गर्न निषेध गरिएको छ ।वराहक्षेत्र नगरपालिकाले इलाका प्रहरी कार्यलय महेन्द्रनगर र महिला पुनस्र्थापना केन्द्र (ओरेक) नेपालको साझेदारीमा लागुपदार्थ दुव्र्यसनीलाई न्युनिकरण गरि सभ्य समाज निर्माण गर्ने उद्देश्यले बिद्यालयको वरिपरि चुरोट, रक्सी, खैनी, गुट्खा जस्ता धुम्रपान र मद्यपान सहित खुल्ला रुपमा माछा मासु बिक्रि बितरणमा निषेधित क्षेत्र घोषणा गरिएको हो । बिहिबार नगरपालिकाको धार्मिकक्षेत्र चतरामा एक औपचारिक कार्यक्रमको आयोजना गरि नगर प्रमुख निलम खना
धरान/ पन्ध्र वर्ष अघि पोखरामा हत्या भएका रोजन राईको हत्यारा पक्राउ परे पछि आफन्तको खोजिमा कास्की प्रहरी लागेको छ । मजदुरीका क्रममा २०६३ साल वैशाख २९ गते रुपाताल भन्दा मुन्तिरको सातमुहाने स्थित ताल खोलामा मजदुरहरु सँगको झगडामा रोजनको हत्या भएको थियो । राईको हत्या पोखराका अशोक गुरुङले गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले १५ वर्ष पछि पुष्टि गरेको छ । खोलामा तटबन्ध गर्न गएको बेला अशोक सँग झगडा हँदा चिर्पटको प्रहारले उनी घाइते बनेका थिए । उपचारका क्रममा उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको थियो । १५ वर्ष अघि २० वर्षका रोजन राईको पोखरामा कोही आफन्त नरहेको र अनुसन्धानका क्रममा सुनस
धरान । धरान उपमहानगरपालिकाले नौ जना नगर प्रहरीहरुलाई दर्जांनी चिन्ह प्रदान गरिएको छ । विहीबार मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले नगर प्रहरी ४ जना र बारुणयन्त्र शाखामा कार्यरत ५ जनालाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । मेयर तिलक राईले दज्र्यानी चिन्ह प्रदान गर्दै बढुवा भएका नगर प्रहरीहरुलाई इमान्दारिता र कर्तव्यनिष्ठ भई नगरको सुरक्षामा खटिन निर्देशन समेत दिउका थिए । नगर प्रहरी निरिक्षक विष्णु कोईरालाका अनुसार ४ जना नगर प्रहरी हवल्दारबाट असईमा बढुवा भएका हुने भने बारुणयन्त्र शाखामा कार्यरत ५ जना हवल्दारबाट जम्दारमा बढुवा भएका हुन् । नगर प्र
धरानर धरान स्थापना भएको अवसरमा मनाउँदै आएको ‘धरान डे’ पुष २० गते देखि ३ दिन मनाउने निर्णय गरेको छ । धरान उपमहानगरपालिकामा बुधबार मेयर तिलक राईको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले पुस २० गते देखि २२ गते सम्म ‘धरान डे’ मनाईने निर्णय गरेको हो । स्थापना दिवसको अवसरमा ‘धरान डे’ विविध कार्यक्रमको आयोजना गरी हरेक वर्र्ष मनाउने गरेको छ । पुस २० गते पहिलो दिन सांस्कृतिक झाँकी सहितको ¥यालि निकालिने छ भने प्रधानमन्त्री शेरबहादुर देउवाले ‘धरान डे’ उत्सवको औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । साँझ विभिन्न साँस्कृतिक कार्यक्रमहरु
काठमाडौं / केही दिनयतादेखि मौसममा परिवर्तन हुनाका साथै ह्वात्तै चिसो बढेपछि जिल्लाको पहाडी क्षेत्र र तराईका विद्यालयमा विद्यालय जाने विद्यार्थीको सङ्ख्या घट्न थालेको छ । सबैभन्दा उच्च पहाडी क्षेत्रमा अवस्थित लिम्चुङबुङ गाउँपालिको माझखर्क, सातदोबाटे तथा रौतामाई गाउँपालिकाको नामेटार, टाट्ने र रौता बोलुङ्खा क्षेत्रका विद्यालयका तल्ला कक्षाका विद्यार्थीको उपस्थिति चिसोको कारण न्यून हुन थालेको सम्बन्धित विद्यालयका शिक्षकले बताए । एक हप्तादेखि ह्वात्तै चिसो बढ्न थालेपछि तल्ला कक्षाका नानीहरुको उपस्थिति कम हुन थालेको रौता बोलुङखास्थित पञ्चकन्या आधारभूत विद्यालयका शिक्षिका रीताकुम
मोरङ/ विभिन्न संस्था, प्रतिष्ठानहरुमा सुरक्षाका लागि खटिएका सेक्युरेटी गार्डहरु अझै आर्थिक, भौतिक, नैतिकहरुले शोषणमा पर्दै आएका छन । उनीहरुले अझै सरकारले लागू गरेको नयाँ श्रमऐन व्यवहारमा कार्यान्वयन भएको अनुभुति गर्न पाएका छैनन । सुरक्षा गार्डहरुले कानुन अनुसारको दुर्घटना विमा वापतको ७ लाख रकम लिन र कम्पनीबाट क्षतिपुर्ति र राहत सम्म पाउने गरेका छैनन ।कोभिड संक्रमणले मृत्यु भएका प्रदेश १ का तीन जना सुरक्षा गार्डको परिवारलाई अझै सम्म कम्पनीले क्षतिपुर्ति दिएका छैनन। कोभिडमा रोजगार गुमाउने सुरक्षा गार्डहरु अझै अलपत्र छन । गत २५असोज २०७८ मामोरङको धनपालथान गाउँपालिकाको कर्सिया बजारमा रहेको सि
मोरङ/ सामाजिक सुरक्षा भत्ता वितरणमा हुने गरेको असहजतालाई सहज बनाउनुपर्नेमा प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले बताएका छन् । सामाजिक सुरक्षा भत्ताकै कारण जेष्ठ नागरिकलाई हेरिने दृष्टिकोणमा परिवर्तन आएकाले उनीहरुले पाउँदै आएको भत्ता वितरणलाई सहज बनाउनुपर्नेमा जोड दिए । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आज विराटनगरमा आयोजना गरेको सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारीतामा सरकार र नागरिकको भूमिका विषयक सार्वजनिक सुनुवाई कार्यक्रममा मन्त्री यादवले सामाजिक सुरक्षा भत्ताकै कारण परिवारबाट जेष्ठ नागरिकले माया पाएको बताए । उनले भने, ‘भत्ताकै कारण पनि छोरा–छोरीले समेत
धरान/ चिसो बढेसंगै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामी लिएर आएका कुरुवालाई समस्या हुने गरेको छ । चिसो मौसमकै कारण रुघाखोकी, ग्यास्टिक, श्वासप्रश्वासका समस्या विरामीका कुरुवाहरुलाई देखिन थालेको छ । सप्तरीका रामविलास यादवले बाबुलाई पेटको समस्या भएपछि एक महिना अघि उपचारका लागि ल्याएका थिए । उपचारकै क्रममा १५ दिनदेखि बाबु सुखीलाल मेडिसिन वार्डमा भर्ना भएका छन् । बाबुको कुरुवामा बसेका उनी अहिले चिसोकै कारण विरामी परेका छन् । चिसोका कारण रुघाँ खोकी लाग्ने र टाउँको दुखेको उनी बताउ“छन । उनी भन्छन्, ‘लगातार चिसो भुईमा म्याट्रेस ओछ्याएर सुतेको १५ दिन भयो, अहिले