समाज

    Showing 5,261-5,270 of 6,724 items.
  • जनप्रतिनिधि लाई भू– बर्गीकरण अभिमुखीकरण तालिम

    धरान । मोरङको रंगेली नगरपालिका ७ स्थित रंगेली अस्पतालको सभाहलमा भू वर्गीकरण तथा भू –उपयोग योजना निर्माण सम्बन्धि एक दिने अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा सम्पूर्ण स्थानीय तहहरुमा हस्तान्तरण गरिएका भू–उपयोग सम्बन्धी विवरणका बारेमा जानकारी गराएका थिए । वर्तमान भू–उपयोग नक्सा , भूमि प्रणाली नक्सा, माटो नक्सा, भू–क्षमता नक्सा, जोखिम नक्सा, भू उपयोग क्षेत्र वर्गीकरण नक्सा, भू–उपयोग वर्गीकरणका बारेमा सहभागीहरुलाई जानकारी गराएको थियो । जिल्लाका स्थानीय तहहरुलाई भू–उपयोग सम्बन्धी प्राविधिक सहयोग प्रदान गरिने र सम्पूर्ण स्थानीय तहहरुमा हस्तान्तरण गरिए

    • प्रकाशित मितिः भदौ २४, २०७९
    • 934 पटक पढिएको
    • "रबिन्द्र बराल"
  • वडावडाबाट परिचयपत्र : ज्येष्ठ नागरिकलाई भने परिचयपत्र पाउनै कठिन

    धरान । नेपाल सरकारले भर्खरै प्रयोगमा ल्याएको विद्युतीय राहदानी –इ–पासपोर्ट) प्राप्त गर्न राष्ट्रिय परिचयपत्र लिन अनिवार्य बनाएपछि राहदानीका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य लिनुपर्ने बनाएपछि अहिले राष्ट्रिय परिचयपत्र बनाउनमा युवाको संख्या बढी छ । तर इ पास्पोर्ट मात्र हैन सरकारी कामकाज गर्दा राष्ट्रिय परिचयपत्र बनाउनै पर्ने भनिएपछि बृद्धबृद्धाहरु समेत राष्ट्रिय परिचयपत्र लिन आउने गरेका छन् । तर कागजात लगायतका समस्याले उनीहरु आजित हुने गरेका छन् । धरान १६ की बालकुमारी खड्का अहिले उमेरले ८९ बर्ष पुगिन । उनले पहाडे कागजबाट बनेको नागरिकतादेखि पछिल्लो समयको नागरिकतासम्म लिन भ्याइन् । अ

    • प्रकाशित मितिः भदौ २३, २०७९
    • 655 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सीमा क्षेत्रमा अपराधिक गतिविधि बढ्दै: नियन्त्रण गर्न सुरक्षाकर्मी र स्थानीय सम्मिलित सुरक्षा समिति गठन

    धरान । सीमा क्षेत्रमा आपराधिक गतिविधि, मानव बेचविखन, सीमा स्तम्भ अतिक्रमण लगायतका गतिविधि बढ्दै गएपछि मोरङको रंगेलीमा सुरक्षाकर्मी र स्थानीयहरु सम्मिलित सुरक्षा समिति गठन भएको छ । चाडपर्व नजिकिदै जाँदा तस्की मौलाउँदै गएको, चोरी बढेको यसलाई सर्वसाधारणलाई शान्ति सुरक्षा महसुस होस् भन्ने उद्देश्यले सुरक्षा समिति गठन गरिएको जनाइएको छ । मोरङ्ग रंगेली नगरपालिका ४ मा रहेको बोर्डर आउट पोस्ट (विओपी) मा खटिएका सशस्त्र प्रहरी सम्मिलित स्थानीय सरकारसहितको टिम गठन भएको हो । जस अनुसार सीमा स्तम्भ समितिमा रंगली ४ नं.बडा अध्यक्ष अवधेश कुमार मण्डल, ससस्त्र प्रहरी बिओपी रंगेलीका प्रहरी निरिक्षक निगम राई, धर्

    • प्रकाशित मितिः भदौ २२, २०७९
    • 534 पटक पढिएको
    • "रबिन्द्र बराल"
  • चार सय बर्ष पुरानो ‘लालकोट गढी’ अतिक्रमणको चपेटामा

    धरान । पछिल्लो समया ऐतिहासिक तथा पुरातात्विक महत्वका क्षेत्रहरु संरक्षणको अभावमा नामेट हुने अवस्थामा पुगेका छन् । नेपाल सकारले यसको संरक्षणको लागि भूउपयोगी नियमावली २०७६ लाई प्रभावकारी कार्यान्वयन गर्न नसक्दा यस्ता ऐतिहासिक तथा पुरातात्विक महत्वका क्षेत्रहरुको अस्तित्व संकटमा पर्दै गएको हो । यसको प्रत्यक्ष उदाहरणको रुपमा बराहक्षेत्र नगरपालिका १ मा पर्ने ‘लालकोट गढी’ (भवानीथान गढी) लाई लिन सकिन्छ । यो गढीे ४ सय वर्ष पुरानो मानिन्त तर यो क्षेत्र अहिले अतिक्रमणको चपेटामा परेको छ । सेनवंशी राजा लोहाङ सेनले पूर्व राज्य विस्तारका क्रममा स्थापना गरेको बागदलबारीस्थित लालकोट रङ्गमहल दरबार

    • प्रकाशित मितिः भदौ २०, २०७९
    • 941 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पैसा कमाउने अनेक तरिका :गौमाता भन्दै रकम उठाउँदै

    धरान/ मानिसले ठगेर खाने अनेकन आइडिया निकालेका छन् । धर्मको नाममा सर्वसाधारणलाई बेकुव बनाएर रकम कमाउने राम्रो तरिका अपनाइएको पाइएको छ ।विहार घर बताउने एक भारतीय नागरिक सोमबार धरान ८ बरगाछीमा ६ खुटे गाईलाई ‘गौमाता’ भन्दै डुलाउँदै थिए । गाडीमा राखेर डुलाइएको सो गौमाता हेर्न आउने र पैसा चढाउनकको भीड रहेको थियो । स्वभाविक रुपमा गाईको चारवटा खुट्टा हुन्छन् तर त्यो गाईको भने जुरोमा दाहिने र देब्रेपट्टि पनि खुट्टा छ, अस्वभाविक रुपमा जन्म लिएको गाईलाई ‘गौमाता’ भन्दै डुलाउदै राम्रै रकम संकलन गर्ने नियत देखिन्छ । उनलाइ सो विषयमा सोध्दा नेपालका प्रमुख सहरहरुमा त्यसरी डुलाउने

    • प्रकाशित मितिः भदौ १७, २०७९
    • 675 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • समाचार प्रभाव: उपमहानगरसँग स्पस्टीकरण लिन पत्राचार

    धरान / धरान उपमहानगरपालिकाले धरानको जंगलक्षेत्रमा फोहोर फाल्न पाउने आधार तथा प्रमाणहरु भए नभएको विषयमा सोधपुछ गर्न डिभिजन वन कार्यालय सुनसरीले शव डिभिजन वन कार्यालय पाँचकन्यालाई पत्राचारमार्फत निर्देश गरेको छ । वन ऐन तथा वातावरण ऐनले नगरपालिकाले वन क्षेत्रमा फोहोर फाल्न नपाउने भएनि धरान उपमहानगरपालिकाले धरानको वन क्षेत्रमा फोहोर फालिरहेको भन्दै सो विषयमा स्पष्टीकरण लिन डिभिजन वन कार्यालय सुनसरीले सव डिभिजन वन कार्यालय पाँचकन्या धरानलाई निर्देशनात्मक पत्र पठाएको हो । पत्रमा डिभिजन वन कार्यालय सुनसरीका अधिकृत भीमबहादुर कालिकोटेले हस्ताक्षर गरेका छन् । उनले डिभिजन वन कार्यालय पाँचकन्यालाइ शहरी क्

    • प्रकाशित मितिः भदौ १७, २०७९
    • 958 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेयर साम्पाङको काम : ‘कुहिरोमा हराएको काग जस्तै’

    धरान/ खानेपानीलाई मात्रै अर्जुनदृष्टि बनाएर समस्या समाधानमा लागेका धरानका मेयर हर्कराज राईको अभियानलाई स्थानीय सरकारको वैधानिक मान्ने कि अवैधानिक भन्ने विषयले धरानका स्थानीय अन्यौलमा छन् । स्थानीय सरकार संचालन ऐन २०७४ ले तोकेको मापदण्ड र विधि विपरित अभियान संचालन भएकाले त्यसलाई अवैधानिक हो भन्ने एक पक्ष स्थानीयहरु छन् भने अभियानमा संलग्न रहेका स्थानीयहरु मेयर आफै संलग्न रहेर परियोजनाहरु संचालन भएकाले वैधानिक नै हो भन्नेमा छन् । तर उपमहानगरपालिकाका कर्मचारी, बुद्धिजिवी, कानुनविदहरु यसलाई वैधानिक मान्न नसकिने तर्क गरिरहेका छन् । खानेपानी समस्या समाधानलाई प्रमुख एजेण्डा बनाएर दोस्रो स्थानीय

    • प्रकाशित मितिः भदौ १६, २०७९
    • 1,229 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेयर हर्कको ओरालो यात्रा

    धरान उपमहानगरका मेयर हर्कराज राई (हर्क साम्पाङ) चामत्कारिक रूपमा उदाएका नेता हुन् । धेरैका अविश्वास र आशङ्कालाई असफल बनाउँदै गत वैशाख ३० को स्थानीय तहको निर्वाचनबाट उनी अकस्मात् मेयरमा निर्वाचित भए । उनी मेयरमा निर्वाचित होलान् भन्ने धेरैलाई लागेको थिएन तर तिनका अनुमानलाई गलत साबित गर्दै उनी मेयरमा निर्वाचित भए । उनको अनपेक्षित विजयले राजनीतिक वृत्तमा एक प्रकारको तरङ्ग नै ल्यायो । त्यो तरङ्गले ल्याएको कम्पन अहिले पनि साम्य भइसकेको छैन ।अनपेक्षित रूपमा धरानका मेयरमा निर्वाचित बनेका भए पनि उनी यो स्थानमा त्यत्तिकै आएका भने होइनन् । मेयरमा निर्वाचित हुनुअघि उनले सामाजिक अभियन्ताका रूपमा करीब एक द

    • प्रकाशित मितिः भदौ १५, २०७९
    • 4,758 पटक पढिएको
    • "राजेश विद्रोही"
  • छोरी लिएर आमा बेपत्ता

    धरान । मोरङ केराबारी ८ शान्तिटोलकी एक महिला आफ्नी ९ वर्षीय छोरीसहित वेपत्ता भएकी छिन् । वेपत्ता हुनेमा २८ वर्षीय रिता चापागाईं फुयाल रहेकी छिन् । उनले आफ्नी ९ वर्षकी छोरीलाई सँगै लिएर केराबारीमा लाग्ने साप्ताहिक बजारमा सामान किन्न भनेर गत साउन ३ गते दिउँसो ३ बजेदेखि बेपत्ता भएकी हुन् । उनको खोजीका लागि इलाका प्रहरी कार्यालय बेलबारी मोरङमा उनका श्रीमान् सूर्यप्रसाद फुयालले निवेदन दिएका छन् । आफ्नी श्रीमती धरानदेखि काठमाडौं चल्ने मितेरी बसका स्टाफले बताए अनुसार साउन ४ गते बिहान १० बजे बनेपाको टेलिकम अफिस अगाडि बसबाट ओर्लिएको जानकारीमा आएको बताएका छन् । लामो समय विदेशका काम गरेर फुयाल ६ महिना

    • प्रकाशित मितिः भदौ १३, २०७९
    • 628 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वृद्धवृद्धालाई भोजन गराएर मातापिताप्रति श्रद्धाञ्जलि

    धरान । एक परिवारले आफ्ना स्वर्गीय मातापिताको सम्झनामा शनिबार कुशे औँशीको दिन वृद्धवृद्धालाई भोजन गराएको छ । वराहक्षेत्र नगरपालिका वडा नं. १, बगुवाको परिवारले चतराको संस्कृत वेद विद्यालयमा बस्ने ५५ जना वृद्धवृद्धालाई बिहानको भोजन गराएको हो । स्वर्गीय धर्मबहादुर र पद्माकुमारी अधिकारीका नाममा छोराहरू मानबहादुर र गुणराज तथा छोरीहरू जमुना बुढाथोकी र गङ्गा कार्कीले भोजन गराएका हुन् । वृद्धवृद्धाको सेवा गर्नु नै वास्तविक धर्म भएको हुँदा आप्mना मातापिताप्रति साँचो श्रद्धाञ्जलि अर्पण गर्न वृद्धवृद्धालाई भोजन गराएको उनीहरूले सुनाए ।

    • प्रकाशित मितिः भदौ १२, २०७९
    • 657 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved