समाज

    Showing ५,२६१-५,२७० of ७,१४४ items.
  • साँगुरीगढीले कृषकलाई बिउविजन वितरण गर्‍यो

    धनकुटा / धनकुटाको साँगुरीगढी गाउँपालिका ७२ जना किसानलाई कृषि सामाग्री तथा विउँविजन प्रदान गरिएको छ । साँगुरीगढी गाउँपालिको ८० प्रतिशत तथा सहकारी संस्थाको २० प्रतिशत लागत साझेदारीमा ७२ जना सदस्य किसानलाई कृषि सामाग्री तथा विउँविजन प्रदान गरिएको हो । गाउँपालिकाको वडा नं ४ मा रहेको जाल्पादेवी वहुउद्देश्यीय सहकारी संस्थाले गाउँपालिकाको सहयोगमा किसानलाई कृषि सामाग्री तथा विउँविजन प्रदान गरेको जनाइएको छ । कृषकहरुलाई गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्जादी राईले किसानहरुलाई सो सामाग्रीहरु वितरण गरेका थिए । किसानलाई कृषि सामाग्री अन्र्तगत टनेल घर निर्माणका लागि प्लाष्टिक, प्लाष्टिक मर्चिङ, इलेक्ट

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • ९८७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नौमति बाजाको संरक्षणमा जुटे महिलाहरु

    धरान / धरानका महिलाहरुले नौमति बाजा संरक्षणका लागि संस्था नै गठन गरेर संरक्षणमा जुटेका छन् । आधुनिक बाजागाँजाका कारण नेपालका लोकसंस्कृति त्यसमा पनि शुभ कार्यमा प्रयोग गरिने नौमतिबाजा विस्थापित हुदै गएपछि धरान १५ का महिलाहरुले प्रगतिशील नौमति बाजा महिला समूह संस्था गठन गरेर नै संरक्षणमा जुटेका हुन् । यो समूहमा अहिले ११ जना महिला आवद्ध रहेका छन् । यो संख्या बढाउदै १५ जना पुर्‍याउने उद्देश्य उनीहरुको छ । खास गरेर वैवाहिक कार्यक्रममा प्रयोग गरिने पुरानो बाजाको रुपमा नौमति बाजालाई लिने गरिएको छ । नौमति बाजामा टेम्को, दमाहा, सनाई, नरसिंहा र झ्याम्टा लगायत रहन्छन् । तर यो बाजा अत्याधुनिक वेण्ड

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • ८६६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मुलुकले पायो तेस्रो राष्ट्रपति पौडेल दोब्बर भन्दा बढी मतले निर्वाचित

      सुनसरी /  मुलुकले तेस्रो राष्ट्रपति पाएको छ । विहीबार भएको निर्वाचनबाट नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएसँगै मुलुकले तेस्रो राष्ट्रपति पाएको हो पौडेलले नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्बाङलाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् । प्राप्त निर्वाचन परिणाम अनुसार पौडेलले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत प्राप्त गरेका थिए । दुवै जोड्दा उनको मतभार ३३ हजार ८०२ भएको छ । यस्तै एमालेका सुवासचन्द्र नेम्वाङले ९८ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाएका छन् । उनको मतभार १५ हजार ५१८ मत भार हुन आउँछ निर्वाचन अधिकृतका

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • ९१५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अनेमसंघ धरानद्वारा महिला लक्षित कार्यक्रम

    विजयपुर /  ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेकपा एमाले सम्बद्ध अखिल नेपाल महिला संघ धरानले महिलाहरुको पाठेघरको निःशुल्क स्वास्थ्य चेकजाँच गरिएको छ । धरान उपमहानगरपालिका १५ नं. वडा समितिको कार्यालयमा आयोजना गरिएको निःशुल्क पाठेघर चेकजाँचमा उल्लेख्य महिलाको उपस्थिति रहेको थियो । विगत देखि नै महिलाहरुको विविध कार्यमा सक्रिय रहँदै आएको .अनेमसंघले महिलाको वृत्ति विकासमा समेत विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । । अखिल नेपाल महिला संघ जिल्ला कमिटी सुनसरी अध्यक्ष विना खनाले महिलाहरुको हक अधिकारको लागि निरन्तर अनेमसंघ लडिरहेको बताइन् । उनले महिलाहरु चुला चोकामा मात्रै सीमित

    • प्रकाशित मितिः फागुन २५, २०७९
    • ९४५ पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • खोटाङकै पुरानो बजार ऐसेलुखर्क बल्ल बजारक्षेत्र ढलान हुने भयो

      खोटाङ / खोटाङस्थित जिल्लाकै पुरानो ऐसुली खर्कको बजार ढलान हुने भएको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७९/८०मा ५० लाख बजेट विनियोजन गरेर ऐशुलीखर्क बजारलाई ढलान गर्ने भएको हो । बजार ढलान नहुँदा बर्खाको समयमा हिलाम्मे र हिउँदको समयमा धुलाम्मे हुने गरेकाले स्थानीयबासीले धेरै सास्ती भोग्नु परेको थियो । तर बजार ढलान हुने भएपछि आवतजावतमा सहज हुने स्थानीयबासी बताउँछन् । स्थानीय व्यापारी नारायण श्रेष्ठले बजारै ढलान हुदा ऐसलुखर्कबासीलाई धेरै सुविधा हुने बताए । उनले बजार क्षेत्र ढलान नहुँदा हिलोले गर्दा ग्राहक पसल सम्म आउन कठिन हुने र हिउँदमा धुलाम्मे हुँदा सामान धुलोले पुरिने गर्दासमस्या भएको बता

    • प्रकाशित मितिः फागुन २५, २०७९
    • ८५५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

    धरान / ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धरानमा श्रमिक महिलादेखि लिएर व्यवसायिक, हस्तकला क्षेत्र तथा नर्स पेशामा योगदान पुर्‍याउने सात जना महिलाहरुलाई सम्मान गरिएको छ । ‘लैंगिक समानताको बलियो आधार,सिर्जनात्मक प्रविधि र महिलाको पहुचको विस्तार’ भन्ने मूल नाराका साथ महिला सञ्जाल धरानको संयोजन तथा धरान उपमहानगरपालिकाको सहयोगमा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । श्रम क्षेत्रमा समर्पित धरानका त महिलालाई सम्मानित गरिएको हो । सम्मान समारोहमा स्वास्थ्य क्षेत्रमा समर्पित विजयन्ती लिम्बूलाई ’साथी अवार्ड’ बाट सुशोभित गरेको छ । परिवार नियोजनमा

    • प्रकाशित मितिः फागुन २५, २०७९
    • ८६९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ११३औ अन्तर्राष्ट्रिय महिला दिवस : रोटरी क्लब अफ धरानद्वारा प्रौढ कक्षा

     धरान / रोटरी क्लब अफ धरानका महिला सदस्यहरू द्धारा ११३औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धरान १६ स्थित सुनौलो बस्ति , गैरीगाउँका श्रमिक महिलाहरुका लागि संचालित प्रौढ कक्षामा उत्प्रेरणात्मक कार्यक्रम गरेर मनाए।  कार्यक्रममा सुनौलो सक्षम महिला समुहका अध्यक्ष साहारा गुरुङ तथा प्रौढ कक्षाकि शिक्षक विजेता सिंह लाई सम्मान गरिनुका साथै रोटरीयन महिलाहरुले शिक्षा र महिला शशक्तिकरण बारे आफ्नो धारणा व्यक्त गरेका थिए। कार्यक्रम रोटरी क्लब अफ धरानका अध्यक्ष रोटेरीयन राजेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो।रोटरी क्लब अफ धरान ले सुनौलो बस्तीका श्रमिक महिला दिदी बहिनीहरुका लागि ३

    • प्रकाशित मितिः फागुन २५, २०७९
    • ९०४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सङ्ग्रहालय हेर्न कोही आएनन्

    धनकुटा / ४० बर्ष अगाडि निर्माण भएको धनकुटाको क्षेत्रीय संग्राहालयले सोचेजस्तो पर्यटक तान्न सकेको छैन । २०३९ सालमा स्थापना भएको यो संग्राहायलयमा त्यसबेला पूर्वाञ्चलमा भएका १६ जिल्लामा बसोबास गर्ने विभिन्न जातजातिका कला सँस्कृति झल्किने खालका कला संस्कृतिहरु संंग्रहालय राखिएको थियो तर पनि पर्यटकहरु अवलोकन गर्न त्यति नआउने गरेको संग्रहालयको तथ्यांकले देखाएको छ । कार्यालयका प्रमुख चन्द्रप्रकाश अधिकारीका अनुसार संग्राहायल निर्माण भए पनि यसको महत्व नबुझेकै कारण पर्यटक आगमनका कमी आएको हो । प्रमुख अधिकारी भन्छन्–‘संग्रहालय निर्माण त गरियो तर यसको खासै प्रचारप्रसार भएन, यहाँ के के सा

    • प्रकाशित मितिः फागुन २४, २०७९
    • ९४८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा होली उल्लासमय व्यस्ततालाई थाती राखेर होलीमा मस्त

    धरान / सधैँ बिरामीको सेवामा समर्पित धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा नर्सहरुले फुर्सदको समय मिलाएर आज होली पर्व मनाएका छन् ।बिरामीको काममा व्यस्त हुनुपर्ने भएपनि समय मिलाएर उनीहरु होली पर्वमा रमाएका हुन् । सघन उपचार केन्द्र (आइसियु) मा काम गर्दै आएकी आशा चौधरी सधै बिरामीको उपचारमा व्यस्त रहन्थिन् । उनलाई फुर्सद कहिल्यै हुँदैन । फुर्सद मिलाउनुपर्दा उनलाई धेरै गार्‍हाे हुन्छ तर मंगलबार भने होली पर्व उनीहरुले पालो मिलाएर खेलेकी थिइन् । बिरामीको उपचारमा व्यस्त रहनुपर्ने बाध्यता भएपनि समय मिलाएर होली जस्तो रमाइलो चाड विपीकै कर्मचारी, नर्स तथा चिकित्सकसँ

    • प्रकाशित मितिः फागुन २४, २०७९
    • ८०७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ११३ औँ नारी दिवस व्यवसाय गरेर आत्मनिर्भर बनेका महिलाहरु

    विजयपुर / महिलाहरु पछिल्लो समय व्यावसायिक बन्दै गएका छन् । महिलाकै अगुवाईमा सञ्चालन भएका यस्ता व्यवसायले आफूमात्र हैन धेरैलाई रोजगारी समेत दिन सकेका छन् । पुरुषमात्र हैन महिला समेत विदेशी भूमिका काम गर्न जाने लहर चलिरहेको समयमा केही महिलाहरुले स्वदेशमै स्वरोजगार बन्दै अरुलाई समेत स्वरोजगार बनाउने काम गरेका छन् । यसको प्रत्यक्ष उदाहरण बनेकी छन् धरानकी गीता शेर्पा राई । उनले धरान २ मा कस्मेटिक पसल सञ्चालन गरेर जीविकोपार्जनमात्र हैन अरुलाई समे रोजगारी दिइरहेकी छन् । राईले २०६३ सालमा ६० हजार लगानी गरेर व्यवसाय गरेकी थिइन् । नेपालमा नै व्यवसाय गरेर एक उदाहरणीय महिला व्यवसाय बनेकी गिता शेर्पा राई

    • प्रकाशित मितिः फागुन २४, २०७९
    • १,०६७ पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved