धनकुटा/ धनकुटाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटा जिल्ला अस्पतालमा कार्यरत ३४ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भए पछि उनको सम्पर्कमा आएका ८४ जनको स्वाब संकलन गरि धरान स्थित वि पि कोइरला स्वास्थ्य विज्ञानमा पठाएको थियो । परीक्षणको क्रममा ८४ जनामध्ये ५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । स्रोतका अनुसार संक्रमति हुनेमा चार पुरुष र एक महिला रहेका छन् । यो सगै धनकुटामा मात्र संक्रमितको संख्या ६ पुगेको छ भने प्रदेश १ मा संक्रमितको संख्या ५९ पुगेको छ ।
विराटनगर । लुथरन विश्व फेडेरेसन (एलडब्ल्युएफ)ले विराटनगरमा संचालित कोशी कोभिड १८ उपचार केन्द्रलाई रु. ७ मूल्य बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ । १९ भन्दा बढी प्रकारका ती सामग्री प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई लुथरनका कार्यक्रम व्यवस्थापक यज्ञ गौतमसहितका प्रतिनिधिले आज हस्तान्तरण गरेका हुन । लुथरनले एक्सरे मेसिन एक थान, इलेक्ट्रिक सक्सन मेसिन दुई थान, अक्सिजन बनाउने मेसिन एक थान, व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) सेट ३० थान, आईआर थर्ममिटर ४ थान, एन ९५ मास्क १ सय २० थान र सर्जिकल मास्क ५ सय थान सहयोग गरेको हो । स्वास्थ्य उपकरणहरु ग्रहण गर्दै मन्त्री घिमिरेले प्रदेश १ मा स
विराटनगर । प्रदेश १ मा ३ हजार तीन सय ३२ जनाको पिसिआर विधिबाट परीक्षण भएको छ । परीक्षण गरिएकामध्ये ३ हजार ८२ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । प्रदेश १ मा ५४ जनालाई कोभिड—१९ पुष्टि भएको छ । आरडीटीबाट ९ हजार छ सय २२ जनाको परीक्षण भएको छ । प्रदेश १ मा तीन ठाउँबाट पिसिआर परीक्षण भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जानकारी दिएको छ । यता, प्रेदश सरकारले तयार गरेका क्वारेन्टाइनमा बस्नेको संख्या १ हजार ५२ पुगेको छ । होम क्वारेन्टाइनमा ८ हजार ५ सय ६० जना बसिरहेका छन् । आइसोलेसनमा बस्नेको संख्या १० छ ।
विराटनगर । १ नम्बर प्रदेशको बर्खे अधिवेशनमा सहभागी हुने सबैको स्वाब परीक्षण गर्ने तयारी थालिएको छ । प्रदेशसभाको बैठकमा सहभागी हुने सबै सांसद, प्रदेशसभा सचिवालयका कर्मचारी, सुरक्षा प्रबन्धमा खटिने सुरक्षाकर्मी र पत्रकारको थ्रोट स्वाब संकलन गर्ने प्रदेशसभाले तयारी गरेको हो । जेठ १४ गतेदेखि प्रदेशसभाको बर्खे अधिवेशन शुरु हुँदैछ । कोरोना भाईरसको परीक्षण गरेर मात्र प्रदेशसभा बैठक संचालन गर्ने तयार भएको प्रदेशसभाका सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिएका छन् । बैठक शु हुनु अगावै परीक्षण प्रतिवेदन प्राप्त हुने गरी प्रदेश सरकारमार्फत सबैको स्वाब परीक्षणको व्यवस्था गरिएको पराजुलीले बताए । जसअनुसार
धरान । कोरोना संक्रमणको जोखिम बढ्दै गएको अवश्थामा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ओपिडि सेवा शुरु गरे पछि स्थानीयहरु सहित प्रतिष्ठानमै कार्यरत चिकित्सक तथा कर्मचारीहरु पनि त्रसित बनेका छन् । स्थानीय प्रशासन, स्थानीय सरकार तथा चिकित्सकहरु सँगै समन्वय नगरी प्रतिष्ठानका उपकुलपतिको ठाडो निर्देशनमा ओपिडि सेवा संचालनले स्थानीयहरुमा त्रासको वातावरण तयार गरेको स्थानीय सहित चिकित्सकहरुले पनि आरोप लगाएका छन् ।पछिल्लो समय प्रदेश नम्बर १ मै पनि कोरोना संक्रमितको संख्या थपिदै गएको छ । प्रदेशका ७ जिल्लामा कोरोना संक्रमण भइसकेको पुष्टि भइसकेको छ भने थपिने क्रम पनि बढ्दै गएको अवश्था छ
नेपालमा आजमात्रै थप २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप २७ जनामा संक्रमण पुष्टि भएको बताए । उनका अनुसार संक्रमितहरु झापाका ९, मोरङ १, सुनसरी १, सर्लाही २, काठमाडौं ३, भक्तपुर १, मकवानपुर १, रामेछाप १, ललितपुर १, सिन्धुली १, लमजुङ १, कपिलवस्तुको ४ र नवलपरासी १ गरी जम्मा २७ जना संक्रमण पुष्टि भएको हो । ती मध्ये २४ जना पुरुष र ३ जना महिला हुन् ।
धरान /झापाका थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणमा झापा केचनाकबलका ९ जनामा कोरोनाको संक्रमण देखिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार विराटनगरमा गरिएको परीक्षणमा कचनकवलका थप ९ जनामा कोरोना देखिएको हो । उनीहरु सबै सोमबार संक्रमण पुष्टि भएका भारतबाट आएका युवाको सम्पर्कमा भएका व्यक्तिहरु हुन । सोमबार सोही ठाउँका एक जनामा कोरोना पुष्ट भएको थियो । उनको सम्पर्कमा रहेका थप ९ जनामा कोरोना देखिएको हो । प्रदेश १ का सात जिल्लामा कोरोना संक्रमण देखिएको छ । मंगलबार नै सुनसरीको दुई जनमा कोरोना संक्
धरान / विश्वभर महामरी को रुपमा फैलिदै गएको कोरोना भाइरसको कारण विश्व त्रसित बन्दैगएको छ । हिजो र आज गरि सुन्सरीमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि ईटहरी बजार ५ दिन पूर्णरुपमा बन्द गर्ने र दुईवटा सिल गरिने भएको छ । इटहरी उपमहानगरपालिकामा बसेको सुरक्षा संयन्त्र सहितको बैठकले वडा नम्बर २ र ३ लाई शिल गर्ने निर्णय गरेको हो । त्यस्तै उपमहानगर क्षेत्रभित्रका पसलहरु समेत ५ दिन बन्द गर्ने समेत निर्णय गरेको छ । विश्वभर महामरी को रुपमा फैलिदै गएको कोरोना भाइरसको कारण विश्व त्रसित बन्दैगएको छ । हिजो र आज गरि सुन्सरीमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि ईटहरी बजार ५ दिन पूर्ण
धरान नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितहरुको संख्या ३७५ पुगेको छ । तराइ का जिल्ला मध्ये कोरोना को संक्रमण देखिन बाँकी रहेको सुनसरीमा पनि कोरोना भाइरसको सक्रमित भेटिएका छन ।सुनसरी जिल्लाको गढी गाउपालिकाका एक व्यक्तिमा संक्रमण देखियो । केही दिन अघि भारतबाट आएका उनको स्वाब वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुनसरी, दैलेख ,झापा , खोटाङका १ १, धनुषाका २ र दैलेखका १२ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्शा पारित गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले भारतले अतिक्रमण गरेको ठाउँसहितको नक्सा पारित गरेको हो । सरकारले सदनमा प्रस्तुत गरेको आर्थिक वर्षको २०७७/७८ को नीति तथा कार्यक्रममै समेत भारतले अतिक्रमण गरेको नेपाली भुभागसहितको नक्सा छिट्टै सार्वजनिक गर्ने उल्लेख गरेको थियो । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुनुअघि बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा शीर्ष नेताहरुले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्शा सार्वजनिक गर्ने विषय पनि राख्न सरकारलाई दबाब दिएका थिए ।