विराटनगर । विराटनगर बजारमा मास्क नलगाई व्यापार गर्न बसेका व्यापारी र सडकमा भेटिएका सर्वसाधारणलाई मास्क वितरण गर्न शुरु गरिएको छ । विराटन व्यापार संघ महिला उपसमितिको पहलमा बजारका व्यापारी तथा मास्क नलगाईं हिंडिरहेका सर्वसाधारणलाई मास्क वितरण गर्न शुरु गरिएको हो । सोमबार महिला उपसमितिका सदस्यहरुले बजारमा कोभिड १९ को विषयमा सचेतना दिलाउँदै मास्क वितरण गरेका छन् । विश्वव्यापी रुपमा फैलिरहेको र विराटनगरमा संक्रमितको संख्या समेत बढ्न शुरु भएपछि बजार क्षेत्रमा सावधानी अपनाउन अनि मास्क अनिवार्य रुपमा लगाउन महानगरले समेत अपिल गरेको छ । विराटनगरको पुरानो गुद्रीबजारमा हात धुने व्यवस्थाका लागि पानीटंकी
इलाम / सवारी नियम मिच्ने साधनलाई कारबाहिबाट संकलन हुने राजश्व आर्थिक ०७५/७६ को तुलनामा ०७६/७७ मा कम भएको छ । कोरोना र लकडाउनका कारण ०७६।७७मा राजश्व संकलनमा कमी भएको हो । आर्थिक वर्ष ०७६।०७७ मा ८ हजार ७ सय १५ वटा सवारी साधनबाट कारबाहि स्वरुप ४९ लाख ९९ हजार राजश्व संकलन भएको छ । जुन गत वर्षको भन्दा कमी हो । अघिल्लो वर्ष सवारी साधनबाट ८० लाख १४ हजार ५ सय संकलन भएको थियो । लकडाउनको कारण चैत्र देखि सवारीसाधन बन्द भएका कारण अघिल्लो वर्षको तुलनामा ३० लाख १५ हजार ५ सय रुपैयाँ कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्याल इलामले जनाएको छ । कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष ०७६/७७मा १ सय ८६ वटा बसब
इलाम/ इलामको फाकफोकथुम गाउँपालिकाबाट सदरमुकामसम्मको बीस किलोमिटर सडक पार गर्न बीसै घण्टा लाग्ने गरेको छ । हिउँदमा चार घण्टामा आइपुगिने बाटो बर्षायाममा दिन बित्छ । सदरमुकामबाट पाँचथरको राँकेसम्मको कच्ची सडक छिचोल्न अढाइ घण्टा लाग्ने गरेपनि अहिले त्यति नै सडकमै सवारी कुद्न लामो समय लाग्छ । सडक समस्या हुनुको कारण भने हिलाम्मे सडक र सडक स्तरोन्नतिका नाममा सोलिङ भत्काए हुन थालेका हुन् । लामो समय लकडाउनका कारण यातायात सञ्चालन नभएर आवतजावतमा समस्या भोगिरहेका फाकफोकथुमका सर्वसाधारण लकडाउन खुलेसँगै यातायात सञ्चालन हुनेमा आशाबादी थिए । लकडाउनका कारण घरमै रहेका फाकफोकथुमबासी अहिले लकडाउन खुल्दा त्
धरान । वातावरण संरक्षणका लागि रोटरी क्लब अफ धरान घोपाले आइतबार १ सय ५० वटा विरुवाहरु वृक्षारोपण गरेको छ । “वातावरण सरंक्षण, हामी गरौं वृक्षारोपण” भन्ने नारा सहित रोटरी क्लब अफ धरान घोपाले वृक्षारोपण कार्यक्रम गरेको हो । धरान–१५ स्थित शवदाह स्थल नजिकैको बमधारा परिसरमा मलेसियन साल, टिक, गोल्डमोहर, जामुन, अमला, पारिजात र बेल गरि करिब १ सय ५० वटा विरुवाहरु रोपिएको छ । रोटरी क्लबले वातावरण संरक्षणका क्षेत्रमा हरेक वर्ष वृक्षारोपण गर्ने गरेको र रोपि सकेका विरुवाहरुलाई गोडमेल समेत गर्ने क्लबका अध्यक्ष राजेश अग्रवालले बताए । रोट्रयाक्ट क्लब अफ धरान घोपा र इन्ट्रयाक्ट क्लब अफ धरान घो
इलाम / इलाममा छ जना सुरक्षाकर्मी सहित नौ जनामा कोरोना पुष्टि भएको छ । त्यसमा पाँच जना सशस्त्र प्रहरी छन् भने एक जना नेपाल प्रहरीका हवल्दार रहेका छन् । क्वारेन्टाइनको सुरक्षार्थ खटिएका प्रहरीका हवल्दारलाई कोरोना संक्रमण भएको हो ।त्यस्तै भारतबाट आएर इलाम नगरपालिकाको क्वारेन्टाइनमा बसेका इलाम नगरपालिका–६ का एक पुरुष र क्वारेन्टाइनमा खटिएका एक कर्मचारीलाई समेत कोरोना पुष्टि भएको इलाम नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख रमन्ता पौडेलले जानकारी दिइन् । त्यस्तै माइ नगरपालिका–४ का २६ वर्षको पुरुषलाई समेत कोरोनाको पुष्टि भएको स्वास्थ्य कार्यालय इलामका बिमल बरालले जानकारी दिए । सदरमुकाम स्थित
विराटनगर । विराटनगरमा सामाजिक दूरी र स्वास्थ्य सचेतनाका मापदण्ड कार्यान्वयनको कडा अनुगमन गरिने भएको छ ।महानगरपालिकामा आइतबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले समुदायस्तरमा कोरोना फैलिन नदिन स्वास्थ्य सचेतना र सामाजिक दूरीमा भईरहेको हेलचेक्र्याईंलाई कडाइसाथ लागू गराउने निर्णय गरेको हो । मेयर भीम पराजुलीका अनुसार कार्यालयमा हुने भींडले संक्रमणको दर उच्च बढ्न सक्ने भएकोले केही समय अत्यावश्यक सेवा बाहेक सामान्य सेवाका काम बन्द गर्ने निर्णय गरेको छ । तत्कालका लागि घरनक्सा पास गर्ने, सामाजिक सुरक्षा भत्ता वितरण र कार्ड नविकरण जस्ता काम स्थगन गरिने भएको छ । महानगरका प्रमुख भीम पराजुलीले भने,&ld
धरान / संखुवासभा को सिलिचोङ गाउपालिकामा गएको पहिरोले बगाउदा बिस्थापित बनेका परिवारलाइ प्रदेश १ इसाइ समाजको पहलमा संकलन भएको राहत सामग्री प्रदान गरिएको छ । गत असार २७ गते राति सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा १२ घर पहिराले बगाउँदा ११ जना बेपत्ता भएका छन भने एकजना को मृत्यु भएको थियो भने ८६ घर परिवार बिस्तापित भएका थिए । बिस्थापित परिवार लाई प्रदेश न.१ इसाई समाजको आव्हानमा क्विक रेस्क्यु टिमको सहकार्यमा कन्ड्युट टिम नेपालको सहयोग राहत बितरण गरिएको हो । सङ्खुवासभा जिल्ला इसाई समाज संयोजनमा गत बिहीवार ३ लाख रुपैया बराबरको राहत बितरण गरिएको छ । राहतमा प्रती परिवार २५ केजि चामल, फाइवर ब
धनकुटा / धनकुटाको पाख्रीवास नगरपालिका–८ मुगामा कफी तथा एभोकाडोको व्यावसायिक खेती सुरु गरिएको छ । सो क्षेत्रलाई कफी पकेट क्षेत्र घोषणा गरेर व्यवसायिक कफी तथा एभोकाडो खेती शुरु गरिएको हो । मुगा पाख्रीबास कृषि सहकारी सस्थाले एक कार्यक्रमका बीच व्यावसायिक खेती उद्घाटन गरेको छ । संघीय सांसद राजेन्द्र राईले कफी तथा एभोकाडोको बिरुवा रोपेर खेती उद्घाटन गरेका छन् । सो क्रममा पाख्रीबास नगरपालिकाका प्रमुख बिर्षबहादुर राई, मुगा कृषि सहकारीका अध्यक्ष रेवतबहादुर थापा लगायतले कफी र एभोकाडोको विरुवा रोपेका थिए । कार्यक्रममा संघीय सांसद राईले पाख्रीबास नगरपालिकालाई कृषि क्षेत्रमा अघि बढाउन पहल गर्ने बता
इटहरी । मोरङको सुन्दरहरैचा स्थित प्रगति महिला समाजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । लकडाउनका कारण रक्तदान कार्यक्रमहरु कम भई रहेको र अस्पतालहरुमा उपचारका लागि आउने विरामीहरुलाई आवश्यक पर्ने रगत अभाव नहोस भनेर रक्तदान कार्यक्रम गरिएको हो । आयोजक संस्थाकी अध्यक्ष पावर्ती गच्छदारको अध्यक्षता तथा राष्ट्रिय सभाका सदस्य रमेशजंग रायमाझीको प्रमुख आतिथ्यता रहेको रक्तदान कार्यक्रममा ३६ जना महिला ,पुरुषले रक्तदान गरेका हुन । रक्तदान कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाको सहयोग तथा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्रको प्राविधि सहयोग रहेको थियो । वडा नम्बर ४ कार्यालय परिषरमा आयोजना गरिए
धनकुटा / जिल्ला प्रहरी कार्यालय धनकुटाले विभिन्न मितिमा हराएको महँगा मुल्यका १६ थान मोबाइल सेट फेला पारी मोबाइल धनीलाई जिम्मा लगाएको छ । २०७४ सालदेखि २०७७ सालको असार १० गतेसम्म विभिन्न मितिमा हराएको जिल्लावासीको मोबाइल फेला पारी सम्बन्धित व्यक्तिहरुलाई हस्तान्तरण गरिएको हो । पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार २०७४ माघ २२ गते आफ्नै घरबाट हराएको धनकुटा नगरपालिका–९ मुलघाटकी निरुता गिरीको जी ६०० सामसुङ्ग गोल्ड मोबाइल २०७७ असार २५ गते फेला परेको थियो । गिरीलाई जिल्ला प्रहरी कार्यालयमा आयोजना गरिएकोे पत्रकार सम्मेलनमा बोलाएर एसपी गोविन्द अधिकारीले मोबाइल हस्तान्तरण गरेका छन् । त्यस्