इटहरी । आन्तरिक पर्यटकहरुलाई लोभ्याउन र पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्धेश्यका साथ बाजा गाजा सहित स्थापना गरिएको इटहरी उपमहानगर ३ अन्तरगत एक मात्र होमस्टे खोर्साने खाप स्थापनाको ७ वर्षपछि सम्बन्धित निकायको प्राथमिकतामा परेको छ । स्थानीय निर्वाचन सम्पन्न भइ चुनिएका जनप्रतिनिधिहरु सहितको टोलीले पनि कार्यभार सम्हालेको ४ वर्षपछि प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जाहेर गरेसंगै अलपत्र अवस्थामा रहेको इटहरीको होमस्टे खोर्साने खाप सुधार हुनेमा स्थानीयहरुले बिश्वास लिएका छन् । २०७० सालमा स्थापना भएको होमस्टे छोटो समयमै इटहरी बाहिरका शहरहरुमा चर्चीत बनिसकेको थियो । स्थानीय स्तरमै उत्पादन
इलाम । ‘हिजो त्यो फटाहाको सञ्जालले तयार गरेको विवरण हेरौं भन्दा हामीसँग सल्लाह भएन, कुन जड्याहाले बनाएको विवरण हो त्यो ? एकराते खेतालाले बनाएको विवरण देखाउने ? हाम्रो इज्जत छैन ?’ ‘हिसाबकिताब अहिले भएन भने अख्तियारलाई भाटेकारबाही म गराइदिन्छु ।’ ‘यो सबै षडयन्त्र मलाई असफल गराउने हो ।’ फाकफोकथुम गाउँपालिकाका अध्यक्ष राम श्रेष्ठले कर्मचारी प्रति आक्रोसित हुँदै गालि गर्दे थिए । जिल्ला समन्वय समितिको सभाहलमा राष्ट्रियसभा सदस्य अगमप्रसाद बान्तवा, १ नम्बर प्रदेशका भूमिव्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, प्रदेश सभासद्हरू, जिल्ला समन्वय समिति प्रम
धरान । कोरोना संक्रमणको न्युनीकरण गर्न सरकारले घोषणा गरेको लकडाउनका कारण धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक भार बढ्दै गएको छ । अस्पतालको ओपिडि सेवा र चिकित्सा शिक्षा तर्फको भर्ना ठप्प हुँदा प्रतिष्ठानलाई आर्थिक संकट हुन थालेको छ । विगत ७ महिना देखिको लकडाउनमा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडि सेवा पुर्ण रुपमा ठप्प भए । दैनिक जसो ३५ सय बिरामीहरुले ओपिडि सेवा लिने गर्दथे । लकडाउनमा सेवानै बन्द हुँदा ८० प्रतिशत आयस्रोत घटेको छ । यता चिकित्सा शिक्षाको नयाँ भर्ना पनि हुन सकेन । प्रतिष्ठानको आयस्रोत पनि ठप्प भएकाले आर्थिक संकट बढ्दै गएको रजिष्टा
धरान / लायन्स क्लव अफ धरान विजयपुर र लियो विजयपुरको आयोजनामा पुर्व ब्रिटिस गोर्खा सैनिक सन्तवहादुर गुरुङ्गले आप्mनो जन्मदिन धरान पुनस्थापना गृहमा मनाएका छन । आप्mनो ७२ वर्षिय श्रीमति मनमाया गुरुङ्ग संगै पुनस्थापना गृहमा आश्रितहरु माझ गुरुङ्गले विहिवार आफ्नो ९० औ जन्म दिनको केक काटेका थिए । जन्म दिनको अवसरमा गृहलाई दशै सम्म खान पुग्ने गरि खाद्यन्न समेत प्रदान गरेका छन । उनले पाच सय ५० केजि चामल, २२ केजि नुन, २ कार्टुन तेल र २५ केजि चामल गृहका संचालक भिम राईलाई हस्तानतरण गरेको छन । मेरो वुहारि टंक गुरुङ्गले वुवा आफ्नो जन्म दिनको अवसरमा सामाजिक काम गर्नु भनेर संझाए पछि पुनस्थापना गृहमा जन्म दिन
धरान / पोल्याण्डर पोल्याण्डमा रहेका नेपाली मूलका व्यवसायी,उद्यमी,पेशाकर्मी तथा स्वरोजगारहरुलाई संगठित गर्दै नेपाली व्यवसायी संघ पोल्याण्डको गठन भएको छ। पोल्याण्डका लागि नेपाली पर्यटन दूत तथा व्यवसायी डाक्टर उदय देव आचार्यको अध्यक्षतामा गठन भएको व्यवसायी संघको उपाध्यक्ष रिता न्यौपाने सचिव आनन्द घिमिरे र सदस्यहरुमा नरेश सापकोटा,अमितकुमार यादव,अनुपा रेग्मी र राजेश कार्की रहेका छन्। त्यसै गरी लेखा समितिमा टंक कटुवाल, मित्रलाल पार्दे र अक्षय रिजाल चयन भएका छन्। १७ जना संस्थापक सदस्यहरु रहेको व्यवसायी संघको जिवन केसी,गणेश थापा, प्रेमलाल गैरे,इश्वर देवकोटा,शेरबहादुर परियार, प्रकाश तिवारी र रामचन्द्र
इलाम विश्व पर्यटन दिवसको अवसरमा इलाम नगरपर्यटन समितिको आयोजना र नेपाल फोटो पत्रकार महासँघ इलाम शाखाको सहआयोजनामा भएको फोटो प्रतियोगितामा मौसम किसोर राईको फोटो प्रथम भएको छ । त्यस्तै गरी सुन्दर मैनालीको दास्रो, विमला गुरुङ तेस्रो भएको छ । प्रतियोगीतामा प्रथम दोस्रो र तेस्रो भएको फोटो प्रतियोगिलाई क्रमस दश, पाँच र चार हजार रुपैया र दोसल्लाले सम्मान गरिएको छ । प्रतियोगितामा इलाम नगरपालिका भित्रका तस्विर मात्र समावेस भएका थिए । त्यस्तै वेष्टआर्ट फोटो ग्रफि तर्फ इलाम नगरपालिकाका आदित्य पौडेल, इलाम नगरपालिका ३ पुवामझुवाका भक्त गुरुङ, र इलाम नगरपालिका ७ का माधव लुईटेलका फोटाले पाएको छ ।
धरान । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकराले जारी गरेको लकडाउनका कारण विगत ६ महिना देखि लामो तथा छोटो दुरीका सवारी साधनहरु ठप्प रहे । ग्यारेजमा थन्किएका सवारी साधनहरु यातायात व्यवसायीहरुको पहलमा सरकारले असोज १ गते देखि सवारी सञ्चालन गर्न अनुमति दिए सगै सडकमा यात्रु वाहक सवारी फाट्ट फुट्ट देखिन थालेका छन् । सवारीहरु सञ्चालन गर्ने अनुमति पाए पनि जनमानसमा संक्रमणको त्रास अझै सम्म पनि कायमै रहेकाले सवारीमा यात्रुको संख्यामा भने कमि देखिने गरेको छ । नेपालमा सार्वजनिक यातायात क्षेत्रले प्रत्यक्ष १० लाख र अप्रत्यक्ष रुपले ५० हजार जनाको जीजव निर्वाह गर्ने ग
धरान । धरान क्षेत्रमा रहेका महिला संघसस्थाहरुको साझा संगठनको रुपमा रहेको महिला संजाल धरानको पाचौं अधिवेसनबाट अध्यक्षमा चेतना श्रेङ निर्वाचित भएकी छिन् । अघिल्लो समितीको वरिष्ठ उपाध्यक्ष रहेकी श्रेङ नयाँ कार्यसमितीमा अध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन् । समितीको वरिष्ठ उपाध्यक्षमा सपना राई निर्वाचित भएकी छिन् भने कार्यसमितीको प्रथम उपाध्यक्षमा कोपिला भट्टराई द्वितीय उपाध्यक्ष यशोदा कायस्थ निर्वाचित भएकी छिन् । त्यसै गरि समितीको सचिवमा लहरु माया जिमी निर्वाचित भएकी छिन् भने सहसचिव पदमा निर्मला शाक्य र सिता मगर चयन भएका छन् । समितीको कोषाध्यक्षमा सकुन्तला भुषाल र सहकोषाध्यक्षमा निर्मला नेपाल
धरान / धरान २० विष्णुपादुका आँपटारमा पहिरोबाट पिडितहरुलाई राहत वितरण गरेको छ । टिम नेपो र सिस्टरहुड नेपालको संयूक्त रुपमा पिडित ७ घर परिवारलाई राहत वितरण गरेको हो । राहतमा २०० केजी चामल, ७५ केजी दाल, ३५ केजी नुन्, ४० पाकेट तेल र १० केजी न्यूटेला प्रदान गरिएको थियो । उक्त राहत आवश्यकता अनुसार वितरण गर्ने गरी धरान उपमहानगरपालिका वार्ड नं. २० का वडाध्यक्ष मणिराम राईलाई जिम्मा लगाईएको हो । राहतका लागि आश्यक सामग्रीका लागि रोटरी क्लवमा आवद्ध काठमाण्डौं निवासी प्रधान परिवारले रु. ३० हजार प्रदान गरिएको आयोजक टिम नेपो सुनसरी का प्रतिनिधि प्रज्वल भण्डारीले बताए । छोराछोरी नभएका वृद्धबृद्धा भएका धरान
विराटनगर । विभिन्न टिकाटिप्पणी र आलोचनाबीच प्रदेश १ सरकारले प्रदेशसभा सचिवालयको लागि विनियोजन गरिदिएको बजेटबाट प्रदेशसभा भवनको अस्थायी संरचना निर्माण थालेको छ । सरकारले प्रदेशसभा सचिवालयलाई रु. ५ करोड विनियोजन गरेकोमा त्यही बजेटबाट ‘प्रिफेबको अस्थायी भवन’ निर्माण गर्न अढाई करोड रुपैयाँ खर्च गर्ने गरी काम शुरु भएको हो । ‘मितव्ययिता अपनाउने र आर्थिक अनुशासनको सवालमा कुनै सम्झौता नगर्ने’ भन्दै प्रदेश १ सरकारले नारा नै अघि सारेको छ । तर, प्रदेश राजधानी विराटनगरमा स्थायी रुपमा बन्नुपर्ने संरचना निर्माण भने अस्थायी तवरबाट शुरु भएको छ । प्रदेश सरकारले आफ्नो बजेटमा पहिलो पटक