धरान । राष्ट्रिय जनमुक्ति पार्टीको संखुवासभा जिल्ला कार्यसमिती कृष्ण कुमार राईको अध्यक्षतामा पुनर्गठन भएको छ । गत शुक्रबार भएको भेलाले कृष्ण कुमार राईको अध्यक्षतामा जिल्ला कार्यसमिती पुनर्गठन गर्दै उपाध्यक्षमा विसन कुमार राई, सचिवमा जित बहादुर राई, सह सचिव कृष्ण पहाडी र कोषाध्यक्षमा दिल कुमार राईलाई चयन गरेको छ । त्यसै गरि सदस्यहरुमा नर बहादुर राई, जय बहादुर याङरुङ, मान बहादुर मगर, सन्च बहादुर राई, भीम प्रसाद राई, दिपेन राई, जगदीश राई, शुभदेवी राई, विष्णु राई र उत्तर कुमार राई चयन भएका छन् । भेलाले राष्ट्रिय जनमुक्ति पार्टीको भातृ संगठन नेपाल बिद्यार्थी मोर्चाको संखुवासभा जिल्ला संयोजकमा कमला
धरान । करिब र्दुइ महिना अघि घोषणा भएको विश्व व्यापी अनलाईन पाःलाम प्रतियोगिताका विजेताहरुलाई शनिबार एक कार्यक्रमको आयोजना गरि पुरस्कार वितरण गरिएको छ । आयोजक याक्थुङ साक्थिम्मिबा सयङले विभिन्न शीर्ष विधाका विजेताहरू सहित प्रतियोगिताका विजयीहरूलाई नगद, सम्मानपत्र र उपहार सहित पुरस्कृत गरेको छ । प्रतियोगिताका सहसंयोजक सागर सरगम चेम्जोङले अन्य विजेता सहित उत्कृष्ट दश, शीर्ष पाँच विधाका विजेता र ११ जना व्यक्तित्वहरूलाई सम्मानित गरिएको बताए । विजेताहरुलाई प्रमुख अतिथि एवम् धरान प्रज्ञा प्रतिष्ठानका प्रमुख अम्बिका सम्बाहाम्फेले सम्मान तथा पुरस्कार वितरण गरेका थिए । निर्णायकको ४० प्रतिशत मत र सामाज
धरान । गत भदौ २२ गते आफ्नै कोठामा झुण्डिएको अवश्थामा भेटिएकी धरान ११ की सुनिहाङमा लिम्बुको आत्महत्याको घटना एक पक्षको आरोप टुङ्गो लागे पनि अर्को पक्षले पुनः आत्महत्याको कारण बारे चासो देखाउँदै घटनाको छानबिन गर्न माग गरेको छ । दुवै पक्षले आत्महत्याको कारण बारे छानबिन गर्न माग गरे पनि यस अघि सुनिहाङमाका माइती पक्षले केटा पक्षका ४ जना विरुद्ध अदालतमा उजुरी नै दिएका थिए । त्यस पछि दुई पक्षमा विभाजन भएको थियो । सुनिहाङमा पक्षले दिएको आत्महत्या दुरुत्साहत मुद्धाको किटानी जाहेरीको केटा पक्षका चार जनालाई २६ दिन अनुसन्धानमा राखिएको थियो । जनही १ लाख ५० हजार धरौटी लिई तारिखमा राख्ने आदेश दिएको छ । उनहर
इटहरी । कोरोना कहर बिच लामो समयको लकडाउन पछि बल्ल तल्ल उठ्दै गरेको बजार पुनः दशैको मुखमा बन्द हुने हल्लाले सुनसरीका व्यवसायीहरू चिन्तित बनेका छन । करीब ५ महिनाको लकडाउन र निषेधाज्ञाले ठप्प बनेको ब्यापार ब्यवसाय सरकारले गत साउन ६ गते देखि खुकुलो बनाएसंगै ब्यवसायिहरूले थोरै राहत पाएका थिए । दैनिक संक्रमणको संख्या दुइ गुणाले बढदै समुदाय स्तरमै नकरात्मक असर पार्नुका साथै मानविय क्षति समेत बढेकोले सुनसरीमा पुनः लकडाउन हुने हल्ला बजारमा चल्न थालेको छ । सरसकारले लकडाउन खुलाए पनि ब्यापार व्यवसायले सोचे जस्तो प्रगति नगरेको बेला नजिकिएको चाडपर्वले भने केहि चहल पहल बढाए संगै फेरी लकडाउन हुने हल्ला बजारम
धरान । पहिलो लकडाउन खुकुलो भए सँगै धरानमा दैनिक कोरोना संक्रमितको संख्या बढीरहे पनि स्थानीय तहका सरोकारवाला पक्षको भुमिका भने शुन्य रहेको छ । धरान उपमहानगरपालिकाको समन्वयमा काम गर्ने सामाजिक संस्था तथा राजनितिक दलहरुको भुमिका खासै देखिएको छैन् । विभिन्न समयमा स्थानीय स्तरमा सचेतना कार्यक्रम गर्ने संघसंस्थाहरु कोरोनाको संक्रमण बढिरहेको अवश्थामा अभियान संचालन गर्न नसक्दा पनि नागरिककै लापरवाहीले कोरोना संक्रमण बढी रहेको छ । सरकारले नागरिक आफै सचेत भए मात्रै कोरोना नियन्त्रण गर्न तथा रोकथाम गर्न सकिने जनाउँदै सचेत रहन आग्रह गरिरहेको छ तर स्थानीय तहमा सचेतनाका कार्यक्रमहरु कमै हुने गरेका छन् । स्
धनकुटा / धनकुटाको चौबिसे गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार गरिब तथा विपन्न परिवारहरुलाई सोलार सिष्टम सहित विभिन्न सामग्रीहरु वितरण गरेको छ । चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार चौविसे गाउँपालिकाको वडा नं. ७ मौनाबुधुक र वडा नं. ५ बोधेका गरिब तथा विपन्न परिवारहरुलाई उक्त सामग्री वितरण गरिएको हो । सो वडाका अति विपन्न परिवारका २३ घर परिवारलाई २३ थान सोलार, विजुली बत्तीको लागि विधुत मीटर बक्स २४ जनालाई वितरण गरिएको गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताए । त्यस्तै गुणस्तरिय शिक्षा सुधार तथा नियमित अनुगमनको लागि माध्यमिक र आधारभुत ३ वटा विद्यालयमा सिसि क्यामेरा जडान ग
बराहक्षेत्र । होरेच चन्द्रवंशी उमेरले ७५ वर्ष पुगे । ७५ वर्षपछि उनको टहरोमा बिजुली बत्ति बल्यो । वराहक्षेत्र नगरपालिकाको वडा नं. ९ स्थित श्रीलंका टप्पुस्थित गरैयामा जन्मिएका उनले जीवनको उत्तरार्धमा बिजुली बत्ती देख्न पाएकोमा खुसी प्रकट गरे । गरैयामै जन्मिएका र ०४५ सालमा कोशी नदीको कटानमा परेपछि केही वर टप्पुमा सरेका भुराइ चन्द्रवंशीले पनि ६० औं वसन्त पार गरेपछि बिजुली बत्ती बलेको देखे । वराहक्षेत्र नगरपालिकाको श्रीलंका टप्पुमा विद्युत पुग्दा स्थानीय हर्षित भएका छन् । सप्तकोशी नदीले घेरेको वडा नं. ६ र ९ को भूभाग टप्पुमा बिजुली बलेपछि पुख्र्यौली रुपमा खेती किसानी गर्दै आएका किसानमा आशा र उत्सा
इटहरी । स्थानीय निर्वाचन ताका चर्चामा रहेका इटहरीका अरबौं मुल्य बराबरको ठुला ठुला योजनाहरू अहिले शहर भित्रै हराएका छन । निर्वाचनको समयमा चर्चा चलेको डेटिङ स्पट, आकाशे पुल र रात्रिकालिन बजारको योजना अहिले अन्यौलमा रहेको छ । इटहरीमा युवा युवतीहरूको लागि डेटिङ स्पर्ट र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य सहित आकाशे पुल निर्माण, इटहरीलाइ २४ सै घण्टा खुल्ला राख्न रात्रीकालिन बजारको थालनी सहित ६ लेन राजमार्ग निर्माण संगै उत्पन्न भएको पार्किङ समस्यालाइ मध्यनजर गर्दै स्मार्ट पार्किङ लगायत अरबौ मुल्यका योजनाहरूको विषयमा चर्चा हुन छाडेको छ । इटहरीमा युवायुवतिहरूको लागि डेटिङ स्पट र आकासे पुल निर्माण गर्न
धरान । किड्नीका बिरामी लाल बहादुर माझीलाई कारोना संक्रमण देखिए पछि कोभिड अस्पतालमा सरुवा गरिएको थियो । उनी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मीक कक्षमा उपचार गराईरहेका थिए । डायलासिसका लागि ल्याएका माझीलाई निमोनिया देखिए पछि पिसिआर परिक्षण गरिएको थियो । ४÷५ दिन पछि उनलाई कोरोना पुष्टि भए पछि कोभिड अस्पतालमा सरुवा गरिएको थियो । उनको आइतबार राती मृत्यु भए पनि सोमबार बिहान मात्रै परिवारलाई खबर गरिएको थियो । कोभिड अस्पतालमा मृत्यु भएका माझीका परिवारले चिकित्सकहरुले लापरवाही गरेको आरोप लगाएका छन् । आकस्मीक कक्षमा उपचार गराइरहेका उनको कोरोना पोजिटिभको रिपोर्ट परिवारलाई पनि नद
इलाम / इलाम र पाँचथरको संगमस्थलमा रहेको फिदिम नगरपालिका १४ सुकेपोखरीकी अस्मिता वान्तावा राईले तरकारी खेतीबाटै चार जनाको परिवार चलाएकी छन । चार महिनामा उत्पादन भएको आलु, कोपि र मूलाको आम्दानीले नै वर्ष भरीको घरखर्च चलिरहेको छ । उनले उत्पादन गरेका तरकारी स्थानीय व्यापारी मार्फत तराई र भारत सम्म पुग्ने गर्दछ । उनले यस वर्ष एक लाख भन्दा वढीको आलू र कोपि बेचीसकिन भने मूला खन्ने तयारीमा छिन । सोहि ठाउँकी रञ्जु राईपनी तरकारीबाट भएकै आम्दानीले घर खर्च चलाउछिन । अस्मीता सस्तै रञ्जुको पनी आलु,कोपी र मूला बाट भएको आम्दानीलेनै घर खर्च चलाउने गरेकी हुन । असार महिना देखि कार्तिक महिनाको समयमा उत्पादन