समाज

    Showing ४,३२१-४,३३० of ७,१४० items.
  • चाँडवार्डमा अपराधिक घट्ना नियन्त्रणका लागि प्रहरीको सक्रियता

    धरान । नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी सुनसरी प्रहरीले सुरक्षा सशर्तकता बढाउने भएको छ । नेपालीहरुका महान चाड दशै, तिहार तथा छैठ पर्वमा अपराधिक घट्ना बढ्ने सक्ने भन्दै सुनसरी प्रहरीले सुरक्षा शतर्कता अपनाउने भएको हो । चाँडपर्वमा हुनसक्ने अपराधिक घटनाहरुलाई नियन्त्रण गर्न सुनसरी प्रहरीले सीमा सुरक्षामा कडाई गर्ने, लागूऔषधको विक्री वितरणको पहिचान गरी नियन्त्रणको प्रयास गर्ने, चोरी तथा डकैतीका घट्नालाई निरुन्तासहित पार्न सुरक्षा मजबुत बनाउने कुरालाई सुनसरी प्रहरीले तयारी थालेको हो । भर्खरै सरुवा भएर सुनसरी प्रहरीको प्रमुखको जिम्मेवारी सम्हाल्न आउनु भएका चाँडपवलाई लक्षित गरी सुरक्षाको अवस्था

    • प्रकाशित मितिः असोज ६, २०८०
    • १,१६६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीपत्रका भण्डारी सहित आङथुपोलाई शशिकला स्मृति पुरस्कार

    इलाम/  ‘शशिकला स्मृति पुरस्कार’ २०८० बाट इलामका कोशीपत्र संवादाता भगिरथ भण्डारी सहित दुईजना पत्रकार पुरस्कृत भएका छन् । शहिद स्मृति प्रतिष्ठान इलामले शसिकला अधिकारी आर्चाय शर्माको स्मृतिमा स्थापना गरेकोे पुरस्कारबाट भण्डारी सहित नाटक क्षेत्रमा कलम चलाउने चेतन आङथुपोलाई पुरस्कार प्रदान गरेको हो । संविधान दिवसको अवसरमा इलाम सदरमुकाममा आयोजित कार्यक्रममा इलाम निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतले दोसल्ला र सम्मान–पत्रले सम्मान गरे । विगत १० वर्ष देखि इलामलाई कार्यक्षेत्र बनाई स्थानीय तथा राष्ट्रिय विभिन्न पत्रिका, अनलाइन र टेलिभिजनमा आवद्ध छन ।

    • प्रकाशित मितिः असोज ५, २०८०
    • ८०४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सितोरियो करातेमा विद्यार्थीको आकर्षक

    धरान/  नेपालले सितोरियो करातेमा गरेको प्रगतिसँगै यस खेलप्रति रुचि राख्नेहरुको संख्या समेत बढ्दै गएको छ । यो खेल नेपालको लागि लोकप्रिय भएसँगै साना उमेरका बालबालिका तथा किशोर किशोरी समेत खेलतर्फ आकर्षित हुदै गएका हुन् । सितेरियो कराते खेलमा नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलहरुमा धेरै प्रगति गरेको पाइएको छ । यसको प्रतिनिधित्वको धरानबाट धेरै भएको पाइएको छ । पछिल्लो समय यो खेल लोकप्रिय खेलको रुपमा लिन सकिन्छ । अहिले धरानमा विद्यालय अध्ययन गर्ने बालबालिकादेखि किशोर किशोरीहरु समेत आकर्षित बन्दै गएका हुन् । यस खेलको विकासका लागि नेपाल सितेरियो करातेसँघ गठन भएको छ भने सरकार

    • प्रकाशित मितिः असोज ५, २०८०
    • ९४६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लागु पदार्थ सेवन गरि सवारी चलाउने ८ जना पक्राउ

    विराटनगर/ लागु पदार्थ सेवन गरेर सिटी, टेम्पो र मोटरसाइकल चलाउने सवारी चालकहरूलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय रानी र लागूऔषध ब्युरोको टोलीले गत मंगलबार गरेको लापसे चेकजाँचको क्रममा ८ जनालाई नियन्त्रणमा मोरङका ट्राफिक प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए । विराटनगर–१६ रानी क्षेत्रमा सवारी चालकहरूले परीक्षण गर्दा ८ जनाले लापसे गरेको पाइएको उनले बताए । सार्वजनिक सवारीसाधनका कर्मचारी (चालक, सह–चालक, परिचालक) लाई लक्षित गरेर मोरङ ट्राफिक प्रहरीले लापसेसम्बन्धी चेकजाँच अभियान तीव्ररूपमा अगाडि बढाएको छ ।

    • प्रकाशित मितिः असोज ५, २०८०
    • ९२२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शिक्षकहरु आन्दोलनमा देशैभरी पठन–पाठन प्रभावित

    धरान/ सामुदायिक विद्यालयका शिक्षकशिक्षिकाहरु काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुँदा स्थानीय तहका विद्यालय बन्द भएका छन् । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितीद्वारा घोषणा गरिएको काठमाण्डौं केन्द्रित आन्दोलनमा स्थानीय तहका शिक्षकहरु सहभागि हुन गए पछि विद्यालय बन्द भएका हुन् । शिक्षकहरु आन्दोलनमा उत्रिएसँगै सामुदायिक विद्यालयको पठनपाठन अस्तव्यस्त बनेको छ । आन्दोलनकै कारण सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित भएको छ । विद्यार्थीहरु विद्यालय पुगेर फर्किएका छन् । संसदमा गत भदौ २७ गते विद्यालय शिक्षा विधेयक २०८० दर्ता भएपछि त्यसको विरोधमा शिक्षकहरु आन्दोलित भएका हुन् सरोकारवालासँग छलफल नै

    • प्रकाशित मितिः असोज ५, २०८०
    • ८९१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राजनितिक स्थायित्व नहुँदा आर्थिक क्षेत्र प्रभावित : मुख्यमन्त्री कार्की

    मोरङ /  मुलुकका राजनीतिक स्थायित्व नभएका कारण आर्थिक क्षेत्रको विकास समेत प्रभावित भएको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् । उनले सवै क्षेत्रको सहयोगमा कृषि र पर्यटन क्षेत्रलाई अघि बढाउनु पर्ने बताए । मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा कृषि क्षेत्रका विभिन्न उपक्षेत्रहरुलाई लगानी बढाउँदै लैजानका लागि प्रदेश सरकार सवैसँग सहकार्य गर्न तयार रहेको जानकारी दिए । त्यसका प्रदेश लगानी प्राधिकरणले समेत आवश्यक अध्ययन गरिरहेको जानकारी दिंदै कृषि क्षेत्रको विकासका लागि उपयुक्त नीति र कार्यन्वयनको विधी निर्माण गर्न प्रदेश सरकार सकारात्मक रहेको प्रतिवद्धता जनाए । हिमाल

    • प्रकाशित मितिः असोज ५, २०८०
    • ८४३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या

    मोरङ/  सुनसरीको इनरूवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगतलाई दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।श्रीमती निकिता चौधरीको शनिबार राति हत्या गरेको भन्दै माइती पक्षले उजुरी दिएका आधारमा भगतलाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिनुभयो । विराटनगर महानगरपालिका–१७ मटेरूवाकी २३ वर्षीया चौधरीको हत्या गरेको आरोप भगत माथि छ । उनले २१ महिना अगाडि विवाहका बेला चौधरीसँग रु ३२ लाख नगद, आठ तोला सुन, ९० तोला चाँदी र एक मोटरसाइकल दाइजोमा ल्याएका थिए । थप दाइजो नल्याएको भन्दै चौधरीको हत्या गरेको माइती पक्षको आरोप छ ।

    • प्रकाशित मितिः असोज ४, २०८०
    • ७४३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पर्यटकको आकर्षक गन्तव्य बन्दै फुङफुङ्गे झरना

    ताप्लेजुङ ।  फुङफुङ्गे झरनाको चारैतर्फ डाँडाकाँडा र हरियाली वनजङ्गल । यहाँको वातावरणले मनै लोभ्याउँछ । पछिल्लो समय ताप्लेजुङको पर्यटकीय गन्तव्य बन्दै गएको छ फुङफुङ्गे झरना । तीन सय मिटर जति अग्लो चट्टानी काँपबाट जोड्ले तल झरेको झरनाको आवाज नै फुङफुङ हुने हुँदा नामकरण फुङफुङ्गे भएको बताइन्छ । ताप्लेजुङ सदरमुकामबाट नजिकै रहेको मिक्वाखोला गाउँपालिकामा अवस्थित फुङफुङ्गे झरना पर्यटकका लागि आकर्षक क्षेत्र हो । यो सुन्दर झरनामा झरेको पानी मेवा खोलामा मिसिन्छ । नेपाल सरकारले पर्यटकीय प्रवल सम्भावना भएका सय स्थानको पहिचान गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यक्रम अघि बढाएको छ । &nbs

    • प्रकाशित मितिः असोज ४, २०८०
    • ९३४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘बुबाको सपना पूरा गर्नसके मात्र श्रद्धाञ्जली हुनेछ’

    इलाम/  नेकपा (एमाले) उपाध्यक्ष, संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख दिवंगत सुवासचन्द्र नेम्बाङका कान्छा छोरा सुहाङ नेम्बाङले बुुबाको सपना पूरा गर्ने सकेमात्र उहाँ प्रती श्रदाञ्जली हुने बताए । इलाममा आयोजित श्रद्धाञ्जली सभामा सुहाङले समृद्ध नेपाल निर्माण नै बुबाको सपना भएको र बुबाको सपना पुरा गर्न आफू लाग्ने बताएका हुन । ‘संविधानबाट सञ्चालित विधिको शासनको परिकल्पना भएको र मानवअधिकार, सामाजिक सुनिश्चिता भएको समृद्ध नेपाल बुबाको सपना थियो,’ उनले भने, ‘यो सपना पूरा गर्नसके मात्र उहाँप्रतिको श्रद्धाञ्जली पूरा हुनेछ ।’ कानुन व्यवसायीसमेत रहेका उनले यसका लागि आफू स

    • प्रकाशित मितिः असोज ३, २०८०
    • ८०१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चार महिनामै भत्कियो सिद्धि विनायक पथ

    धरान/ बजार क्षेत्रमै अत्यन्तै व्यस्त र सवारी साधनहरुको चाप हुने सडकमा पर्छ धरान उपमहानगरपालिकाको वडा नम्बर ९ को सिद्धि विनायक पथ  सवारी साधनको बढी चहलपहल हुने मार्ग निर्माण भएको ४ महिनामै भत्किन थालेको छ । गत वैशाख महिनामा कालोपत्रे गरिएको सडक भत्कन थाले पछि खाल्डाखुल्डी पर्न थालेका छन् भने सडकमा लगाएका गिट्टी निस्कन थालेको छ । सडकका ठाउँठाउँमा खाल्डो पर्ने, धुलो र गिट्टि निस्कन थाले पछि आवागमनमा असहज भएको स्थानीय सुमिप श्रेष्ठ बताउँछन् । सिद्धि विनायक पथ बाटो पुतली लाईन र आचार्य लाईनलाई जोड्ने मुख्य सडक हो । कालोपत्रे भएको सडक ४ महीनामै भत्किन थाले पनि यात्रुहरुलाई पनि असहज बन्द

    • प्रकाशित मितिः असोज ३, २०८०
    • ९३१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved