धरान /बैशाखको पहिले साताबाट धरान उपमहानगर पालिकामा डेङगो संक्रमण भेटिएको हो । अहिले डेगु संक्रमण भयावह अवस्थामा रहेको छ । धरानमा हालसम्म १६ हजार ४ सय ५० को चेक गरिसकिएको छ । यसमा ११ हजार ८ सय ९७ डेङगोका बिरामी भेटिएको छ भने हालसम्म सम्म धरानमा ११ जनाको मृत्यु भइसकेको छ । धरानमा धरान १ मा रहेको पुरानो अस्पताल ,धरान ८ मा रहेको सभागृह , धरान १८ बि.पि.को. स्वा. बि.प्रस्तिस्ठान, वडाहरुले संचालन गरेको आधारभुत स्वास्थ केन्द्र धरान १३,१४,१५ मा चेक गर्दा डेङगो संक्रमित भेटिएको हो । प्रतिशतमा भन्नु पर्दा धरानमा ७२ प्रतिशत धरान उपमहानगर पालिका अन्तरगत स्वास्थ महाशाखाका प्रमुख उमेस मेहताले जानकारी
धरान/ कोशी नदी किनारमा बस्ने सर्ब साधारण बर्षादको समयमा रातभरि निदाउँदैनन् । बर्षाद्को समयमा सप्तकोशीले धार परिवर्तन गरेर धनजनको क्षति व्यहोर्नु पर्ने हुन्छ, २०६५ साल भदौ २ गते कोशीको तटबन्द भत्किदा भएको क्षति पुन: उनीहरु सम्झन चाहँदैनन् । सर्वसाधारणले त्यसबेला भएको क्षतिवापत राहत समेत पाउन सकेका छै्नन् पहाडी क्षेत्रमा लगातार परेको बर्षाका कारण पछिल्लो समय कोशी व्यारेजका ५६ वटा ढोका खोलिएका थिए । विगत केही दिन यता पहाडी क्षेत्रमा भएको भारी बर्षाका कारण कोशी व्यारेजमा आइतबार राति ४ लाख ८५ हजार क्युसेक पानीको वहाव पश्चात कोशीका ५६ वटै ढोका खोलिएको सुनसरीका प्रहरी प्रमुख प्रभुप्रसाद ढकाल
बिराटनगर / झापा गाउँपालिका वडा नम्बर – ४ बाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। टाघनडुव्बा बाट खटिएका प्रहरी टोलिले शंकास्पद लागि चेकजाँचको क्रमा मंगलबार उनिहरुलाई प्रकाउ गरेको थियो । प्रकाउ पर्ने दमक नगरपालिका वडा नम्बर –३ का २२ बर्षीय जीवन सार्कीको साथबाट ५ ग्राम ७४० मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ । यसै गरी बिराटनगर – १६ स्थितबाट लागुऔषध नियन्त्रण व्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले इटहरी वडा नम्बर – १४ का २९ बर्षीय सुरेन चौधरीलाई नाईट्रोभेट १०० ट्रयावलेट सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका दुवै जनाला
झापा / झापाको कमल गाउँपालिका वडा नम्बर – ५ नजिकैको राजमार्गमा कारको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मंलबार करिब ७ बजेको समयमा BR.11 – AP 4141 नम्वरको कारले बिपरित दिशाबाट आउदै गरेको मे.१ – प ४६४४ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा दुर्घटना भई घाईते भएका मोटरसाईकल चालक कमल गाउँपालिका वडा नम्बर – ४ निवासी ६७ बर्षीय डोर प्रसाद खनाललाई उपचारको क्रममा लादै गर्दा उनको बाटोमा नै मृत्यु भएको हो । ठक्कर दिने कारका चालक बिराटनगरका ३१ बर्षीय रुस्तम उप्रेतिलाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । उक्त घटना बारे दमक प्रहरी कार्यालयले थप अन
विराटनगर / विराटनगर महानगरपालिकाले बजारका मुख्य क्षेत्रभित्रका राजमार्गमा निर्माण तथा ढुवानीका साधनलाई प्रवेश रोक लगाउने भएको छ । साथै राजमार्ग बाहेकका सहायक तथा भित्री सडक खण्डमा १० चक्के वा सोभन्दा बढीका मालबाहक सवारी साधनहरु प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । मंगलबार महानगरको समन्वयमा सरोकारवालाहरु संग बसेको बैठकको छलफलबाट सडकको सुरक्षा र ट्राफिक व्यवस्थापनका लागि बढी क्षमता भएका मालबाहक सवारीहरुलाई प्रवेश गर्न रोक लगाउने निर्णय गरिएको छ । सडकको क्षमताभन्दा बढी भार भएका मालबाहक सवारी प्रवेश गर्दा सडकहरु निर्माण भएको केहि समय नहुदै भत्किने समस्याहरु बढ्न थालेपछि महानगर
धरान/ सरोकारवालाहरुको समन्वयको अभावका कारण धरानमा डेंगु संक्रमण बढद्दै गएको छ । अहिले धरानमा चेक गरेका विरामीमध्ये ७२ प्रतिशतमा डेंगु संक्रमण भएको पाइएको छ । डेगु सक्रमण वृद्धि भइरदा समेत यसकोे नियन्त्रणको लागी ठोस काम भने हुन सकेको छैन । आवट व्रेक भइसक्दा पनि धरान उपमहानरपालिका सगै प्रदेश सरकार र संघीय सरकारले केही गर्न सकेको छैन । माथिल्ला निकाय मात्र नभई स्थानिय स्तरमा पनि उपमहानगर र वडा कार्यलय विचमा समेत समन्व हुन सकेको छैन । सुनसरीको धरानमा गत बैसाखवाट सुरु भएको डेगुंको सक्रमणले महामारीको रुपमा लिएको छ । धरानमा आवटव्रेक भइसकेको छ , धरानमा मंगलससम्म ११ जनाले ज्यान ग
झापा/ झापामा आर्थिक वर्ष २०७९/८० मा २० हजार छ सय जनाले आयुर्वेदिक उपचार सेवा लिएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा अनिलकुमार यादवका अनुसार आयुर्वेदिक चिकित्सा पद्धतिप्रति बढ्दो विश्वास र सर्वसुलभ भएकाले यसप्रति सेवाग्राहीको आकर्षण बढेको हो । उनका अनुसार आर्थिक वर्ष २०७७/७८ मा १७ हजार पाँच सय ९८ जनाले सेवा लिए । आव २०७८/७९ मा १७ हजार छ सय ६५ जनाले आयुर्वेदिक उपचार सेवा लिएका थिए । आयुर्वेद स्वास्थ्य केन्द्रमा ४० देखि ५० वर्ष र ६० वर्षदेखि माथिको उमेर समूहका बढी बिरामी उपचारका लागि आउने गरेका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कविराज निरीक्षक टेकनाथ अर्
मोरङ / बिराटनगर महानगरपालिका वडा नम्बर – १६ स्थीत छुट्टा –छुट्टै ३ स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो बिराटनगरबाट चेकजाँचमा खटिएका प्रहरी टोलीले सोमबार दिउँसो प्रदेश १ –०१– ०१४ प.९८४५ नम्बरको स्कुटरमा भारत बाट नेपाल तर्फ लुकाई ल्याउदै गरेका बेलवारी नगरपालिका वडा नम्बर ४ का २४ बर्षीय संजिव राईलाई २८० मिलीग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ । यसैगरी प्रदेश १–०२– ०४५ प.६३८७ नम्बरको मोटरसाईकलमा धरान– १५ का ३३ बर्षीय खेमचन्द्र राई र धरान– ८ का ३१ बर
ताप्लेजुङ/ ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नम्बर –५ फाकुम्बाका ३३ बर्षीय डिल्ली कुमार लिम्बुलाई आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सोमबार करिब १० : ३० बजेको समयमा लिम्बुले ६३ बर्षीया आमा धनमाया लिम्बुलाई धारिलो हतियार र बाम्फोकले प्रहार गरेका थिए । उक्त घटना पछि धनमाया लिम्बुको घटनास्थलमा नै मृत्यु भएको छ भन्ने प्रहरी चौकी साँघुबाट खटिएका प्रहरी टोलिले लिम्बुलाई नियन्त्रणमा लएिका छन । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान भईरहेको छ ।
बागलुङ/ आइतबार साँझपख मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका स्थानीय सधैंझैं कोही खाना पकाउन व्यस्त थिए, कोही खाना खाँदै। एक्कासि बजारमा बाढी आयो, बाढी आयो भन्दै हल्ला मच्चियो। एकैछिनमा बजारका सबै स्थानीय बजारभन्दा माथि सुरक्षित स्थानमा निस्किए। माथिपट्टि निस्किएको केही मिनेटमै कागबेनी बजारमा बाढी पस्यो, बाढीले हर्दाहेर्दै बजारलाई बगरमा परिणत बनायो। स्थानीय आफ्नो भएभरको सम्पत्ति आँखै अगाडि बाढीमा परेको देख्न विवश भए। केहीले लत्ताकपडा, सुन तथा गरगहना निकाल्न भ्याए भने धेरैले सामान्य लत्ताकपडा पनि निकल्न पाएनन्। बाढीले घर र सम्पत्ति बगाइदिएपछि कागबेनीका सयौँ नागरिक घरबा