समाज

    Showing 3,741-3,750 of 6,827 items.
  • धरानमा फोटो विवाद बढ्दै मेयरको अडान कायमै, दलको तिन दिने अल्टिमेटम

    धरान/ राष्ट्रप्रमुख र कार्यकारी प्रमुखको फोटो कार्यकक्षबाट निकालेर राष्ट्र प्रतिको सम्मानमा आँच पुर्याउने काम गरेको भन्दै धरानका ५ राजनितिक दलका जनवर्गिय संगठनहरुले तस्विर पुनः राख्नु पर्ने माग गरे पनि धरान उपमहानगरपालिकका प्रमुख हर्कराज राईले अटेर गरेका छन् । राईको कार्यकक्षमै पुगेर दलका युवा संगठन र विद्यार्थी संगठनका नेताहरुले राष्ट्रप्रमुख र कार्यकारी प्रमुखको फोटो यथास्थानमै राख्दै राष्ट्र प्रति सम्मान गर्न आग्रह गरेका थिए । छलफलमा राईले राष्ट्रप्रमुख वा प्रधानमन्त्री धरान डे मा आउने पक्का भए मात्रै पुनः तस्वीर लगाउने अडान लिए पछि तिन दिनको अल्टिमेटम दिएर संगठनहरु बाहिरिएका थिए । ग

    • प्रकाशित मितिः पुस १८, २०८०
    • 870 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसईई आईडल चैतको तेश्रो सातादेखि अडिसन शुरु

    धरान/ ‘शिक्षाको लागि लगानी’ भन्ने मूल नाराका साथ विगत ३ वर्ष अघिदेखि सञ्चालन हुँदै आएको कोशी प्रदेश स्तरीय ‘एसईई आईडल –२०२४’ को तयारी शुरु भएको छ । एसईई परीक्षा दिएर वसेका विद्यार्थीहरुको गायन र नृत्यको प्रतिभालाई उजागर गर्ने उदेश्यले फत्लाङलुङ मिडिया हाउस प्रालीको आयोजनामा हुने चौथो संस्करणको तयारी शुरु भएको सोमबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । आयोजकका कार्यक्रम निर्देशक राम बहादुर लिम्वूले पत्रकार सम्मेलनमा एसईई आइडलको तयारी शुरु गरिएको विज्ञप्ती मार्फत जानकारी गराएका थिए । उनका अनुसार यस वर्षको अडिसन चैत्र महिनाको तेश्रो हप्तादेखि शुरु हुने भए

    • प्रकाशित मितिः पुस १७, २०८०
    • 950 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इमानसिंह चेम्जोङको जन्म जयन्तीमा योगदानको चर्चा

    धरान/ किरात इतिहासकार इमानसिंह चेम्जोङको १२१ औँ जन्म जयन्तीको अवसरमा सोमवार धरानमा चुम्लुङ हिम स्थित उनको सालिकमा माल्यार्पण गर्दै उनको योगदानको बारेमा चर्चा गरिएको छ । उनको जीवनीमा जन्म मिति अङ्ग्रेजी तारिख मात्र लेखिएकोले प्रत्येक वर्ष जनवरी १ तारिखका दिन इमानसिंह जयन्ती मनाइने गरिएको हो । उनको सम्मानमा नेपाल सरकारले सन् १९९८ -२०५५  मा १ रुपैयाँ मूल्यको हुलाक टिकट जारी गरेको थियो । चुम्लुङमा आयोजित कार्यक्रममा पूर्व सांसद टिकराम चेम्जोङले भने, ‘इमानसिंह चेम्जोङ नेपालको इतिहासमा किरात र लिम्बुवानको इतिहास, भाषा, लिपि, साहित्य स्थापित गर्ने पहिलो इतिहासकार हुन् ।’ पछिल

    • प्रकाशित मितिः पुस १७, २०८०
    • 604 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दमक–चिसापानी सडक काम थाल्न निर्देशन

    इलाम/  दमक–चिसापानी सडक (फाल्गुनन्द मार्ग) कालोपत्रेका लागि ठेक्का लागेर पनि अलपत्र बनेको सडक अब एक वर्ष भित्र सम्पन्न गर्ने सहमति भएको छ । तिन खण्डको रूपमा रहेको सडकको दमक देखिको पहिलो खण्ड आगामी वैशाखमा र बाँकी दुई खण्ड एक वर्ष भित्रमा काम सम्पन्न गर्ने गरी सहमति भएको हो । काम गर्दा गर्दै निर्माण कम्पनीले छोडेर भागेपछि सडक अलपत्र बनेको सडक स्थानीय सरकार, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालयले स्थलगत अनुगमन गरी एक वर्ष भित्र पुरै काम सम्पन्न गर्ने गरी सहमति गरेको हो । बुधवार सडक सम्बद्ध सरोकारवाला, निर्माण व्यवसायी र स्थानीयबीच भएको छलफलमा निर्माण कम्पनीले तत्कालै क

    • प्रकाशित मितिः पुस १७, २०८०
    • 658 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • काँकड्भिट्टा लौकही सडक निर्माणको काम शुरु

    सुनसरी/  झापाको काँकड्भिट्टादेखि सुनसरीको रामधुनीसम्म एसियन हाइवे मापदण्डको सडक निर्माणको प्रक्रिया शुरु भएको छ । ९६ किलोमिटर सडक निर्माणका ३ वटा खण्डमा ठेक्का लागेको छ । यस्तै सो सडकमा पर्ने पुल निर्माणका लागि पनि ठेक्का लागि काम शुरु भएको हो । काँकडभिट्टा लौकही सडक आयोजनाका इटहरी प्रमुख जगत प्रजापतिका अनुसार काँकड्भिट्टा देखि ४५ किलोमिटर पश्चिमसम्मका पूर्वी खण्ड, ४५ किलोमिटर देखि ४५ किलोमिटर पूर्वी खण्ड र ८५ देखि ९७ किलोमिटर सम्म इटहरी खण्ड भनेर ठेक्का लागेको छ । ३ बर्षमा काम सम्पन्न गरिसक्नु पर्नेगरि सडकको तीन खण्ड र ३ सय मिटर भन्दा लामा पुल बनाउनका लागि अर्को ठेक्का लागेको प्र

    • प्रकाशित मितिः पुस १७, २०८०
    • 2,209 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नीजि स्तरबाट विद्यालयलाई सहयोग

    धरान/ धरान उपमहानगरपालिका वडा नं. १६ मा छात्रालाई मात्र लक्षित गरी नेपाल सरकारले विद्यालय सञ्चालन गरे पनि राज्यबाट भन्दा पनि सहयोगी दाताहरुको सहयोगमा विद्यालय सञ्चालन भइरहेको छ । कोशी प्रदेशमै छात्रालाई मात्र लक्षित यो विद्यालय स्थापना भएको हो । स्थापना भएको ७६ बर्ष वितिसक्दा पनि सरकारी स्तरबाट भन्दा न्यून सहयोग प्राप्त हुदै आएको छ । तर निजी क्षेत्रबाट भने यो विद्यालयको शैक्षिक गुणस्तरमा ठूलो सहयोग प्राप्त हुदै आएको छ । वि.सं. २००४ सालमा स्थाना भएको धरानकै एक मात्रा छात्रा लक्षित विद्यालयमा अध्ययनरत छात्राहरु राज्यका विभिन्न महत्वपूर्ण ओहादामा समेत रहेका छन् । छात्रालाई मात्र लक्षित गर

    • प्रकाशित मितिः पुस १६, २०८०
    • 631 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा पनि मनाइयो तमु ल्होसार

    धरान / तमु ल्होसार गुरुङ जातिको महान चाड हो । यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूमा पनि मनाइन्छ । ल्होसार भनेको नयाँ वर्ष हो । तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत शुरू भएको संकेत गर्दछ । प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्पति भएको मानिन्छ । यसैलाई आधार मानेर संसारभरिका गुरुङ समुदायले यो पर्वलाई हर्षोल्लासका साथ मनाउने प्रचलन छ । सबै जातजातिको आ आफ्नै संस्कृति, परम्परा र रितिरिवाज हुन्छ । यस्तै गुरुङ जातिको पनि तमु ल्होसार महत्वपूर्ण चाड हो । विशेष गरेर नयाँ बर्षको रुपमा गुरुङ समुदायले मनाउने गर्छन् । यो चाड धरानमा समे

    • प्रकाशित मितिः पुस १६, २०८०
    • 585 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • के हो इटहरीको कर विवाद ? जिम्मेवार को ?

    इटहरी / इटहरी नगर सभा स्थगित भएपछि यो विषयले नयाँ मोड लिएको छ । नगर सभा स्थगित हुनुको कारण लाई लिएर विभिन्न टिका टिप्पणी भईरहेका छन् । चर्चा उपर्चा हुन थालेका छन् । नगर सभा स्थगित गर्नुको कारणका विषयमा फरक फरक कुराहरु बजारमा आउन थालेपछि उपमहानगरपालिका नगर प्रमुख हेमकर्ण पौडलले आफ्नो धारणा सार्वजनिक गरेका छन् । मुख्य रुपमा नगर सभा स्थगित गर्नुको कारण, करको विषयमा देखिएको विवादका विषयमा उनले आफ्नो धारणा सार्वजनिक गरेका हुन । कर वृद्धिको विषय नगर सभाले पास गरेको नगर प्रमुख हेमकर्ण पौडेलले बताए । नगर प्रमुख पौडेलले भने, ‘आर्थिक ऐन २०८०/८१ को अस्वभाविक कर वृद्धिको कुरा आउने वित्तिकै आम

    • प्रकाशित मितिः पुस १५, २०८०
    • 691 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रथम इलाम गोल्डकप : माघ ६ देखि

    धरान./ इलाम फुटबल खेलका लागि उर्वर भूमि मानिन्छ । लोकबन्दु गुरुङ, छिरिङ गुरुङ, नवयुग श्रेष्ठजस्ता राष्ट्रिय खेलाडीहरुको जन्मभूमि हो इलाम तर जिल्लामा कतै पनि पक्की प्यारापेटसहितका स्तरीय खेलमैदान छैनन् । पक्की प्यारापेटको अभावमा हरेक प्रतियोगिता सञ्चालन गर्दा आयोजकले लाखौँ खर्च गरेर बाँसको अस्थायी प्यारापेट निर्माण गर्नुपर्ने बाध्यता छ । आगामी माघ ६ देखि १३ गतेसम्म इलाम सदरमुकामस्थित ठूलो टुँडीखेलमा अन्तर्राष्ट्रिय आमन्त्रण ‘प्रथम इलाम गोल्डकप’ हुँदैछ । गोल्डकप सञ्चालनका लागि तीन हजार बढी बाँस प्रयोग गरेर अस्थायी प्यारापेट बनाउन थालिएको आयोजक रेडहर्ष फुटबल क्लबका सचिव प्रकाश

    • प्रकाशित मितिः पुस १५, २०८०
    • 712 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तीन वर्षमा पनि बनेन अस्पताल

    ओखलढुङ्गा/ ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलस्थित स्वास्थ्यचौकी भवन ठेकेदारको लापरबाहीले अलपत्र परेको छ। दुई वर्षअघि नै बनिसक्नुपर्ने उक्त भवन ठेकेदार कम्पनी गौरी पार्वती न्यु टेक्निकलको चरम ढिलासुस्ती तथा लापरबाहीका कारण अलपत्र परेको हो। भुइँतलाको पर्खालमा प्लाष्टर गरिसकिएको भवनको माथिल्लो तलामा भने पर्खाल नै निर्माण भएको छैन । गौरी पार्वती न्यू टेक्निकल जेभीले २०७८ फागुन–२७ गतेसम्ममा सम्पन्न गर्नेगरी २०७७ मङ्सिर–११ गते स्वास्थ्यचौकी भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो। पटकपटक थप भएको म्याद गुज्रिदा पनि निर्माण कम्पनीले स्वास्थ्यचौकीको भवनको बाँकी काम गरेको छैन। उक

    • प्रकाशित मितिः पुस १५, २०८०
    • 630 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved