कुम्भ मेलाको समयमा पिण्डेश्वरमा जल चढाउनेको संख्या न्यून

  • बैशाख ७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला चलिरहेको छ ।

महाकुम्भ मेला सञ्चालन पूर्व धेरै प्रचारप्रसार गरियो, कुम्भ मेलामा गएकाहरुले सप्तकोशी नदीमा स्नानपछि धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा जल नचढाए मेलाको सार्थकता नहुने प्रचार गरियो तर जुन हिसाबले प्रचार गरियो त्यो अनुसारको भक्तजन पिण्डेश्वर मन्दिरमा नआएको स्वयम् मन्दिरका पूजारी, मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
प्राचीन हरिद्वारको रुपमा रहेको सुनसरीको चतरामा १२ बर्षपछि पूर्ण कुम्भ मेलाको आयोजना गरिएको छ ।

मेलाबाट नजिकका मन्दिरको समेत प्रचारप्रसार गरी धार्मिक सर्किट निर्माण गर्ने लक्ष्य लिइएको थियो ।

यसमा पनि धरान १४ मा रहेको पिण्डेश्वर मन्दिर ऐतिहासिक महत्व बोकेको मन्दिर जहाँ जल नचढाए कुम्भ स्नान गरेरमात्र पूर्णता नहुने प्रचारप्रसार गरियो ।

त्यसका लागि समितिहरु समेत गठन भए तर कुम्भ मेला सञ्चालन भएको ९ दिन बितिसक्दा समेत मेलामा आएकाहरु जल चढाउन नआएको मन्दिरका पूजारी गोकुलप्रसाद पोख्रेलले बताए ।

उनले भने, ‘जुन उद्देश्य बोकेर पूर्ण महाकुम्भ मेलाको आयोजना गरियो, प्रचारको कमीकै कारण त्यो हुन सकेन, नगन्य रुपमा मात्र जल चढाउन सर्वसाधारण आएका छन् ।’

कुम्भ मेला शुरु हुनु अगाडि कुम्भ मेलाको शुरुवात गर्ने जगतगुरु बालसन्त समेत पिण्डेश्वर मन्दिरको कलशयात्रामा सरिक थिए ।

स्थानीय सरकार, धार्मिक संघ सस्था, कुम्म मेला सफल बनाउन बनाइएका समिति, उपसमितिहरुले ‘कुम्भ मेलाको अवसरमा पिण्डेश्वर मन्दिर जाऔ जल जढाऔ, कुम्भ मेलाबाट पुण्य कमाउ’ जस्ता व्यानरहरु ठाउँठाउँमा राखे तर पनि कोशी प्रदेश भन्दा पनि प्रचारप्रसारको प्रभाव कोशीप्रदेश
बाहिर रहेको मन्दिरमा आएका भक्तजनहरुबाट प्रष्ट हुन्थ्यो ।

कुम्भ मेला स्थल चतरामा लाखौ भक्तजन आइरहदा धरानको पिण्ड्ेश्वर मन्दिरमा जल चढाउने नगण्य रुपमा आउने गरेको पाइएको छ । भक्तजनहरु मेलाको समयमा पिण्डेश्वर मन्दिरमा जल चढाउदा पुण्य कमाइन्छ अपेक्षा लिएर आउने गरेको पाइएको छ ।

भक्तपुरबाट आएकी सन्ध्या श्रेष्ठले कुम्भ मेलामा स्नान गरेपछि धरानको पिण्डेश्वर मन्दिर जल चढाउनै पर्ने भन्ने कुरा बुझेपछि जल चढाउन पिण्डेश्वर मन्दिर आएको बताइन् ।
नजिकको देवता हेला भन्ने उखानसँग ठ्क्याकै मिल्न गएको स्थानीयहरु बताउँछन् ।

कुम्भ मेलामा आएकाहरु प्रायः गरेर नजिकका भन्दा पनि काठमाण्डौ, पश्चिमको वैतडी, काभ्रेपलाञ्चौक, रामेछाप जिल्लाका सर्वसाधारण पिण्डेश्वर मन्दिरमा जल चढाउन आएको स्थानीय सुवर्ण श्रेष्ठ बताउँछिन् ।

यो मेलालाई संस्थागत गर्न १२ बर्ष अगाडि चतरामा सम्पन्न पहिलो कुम्भ मेला सफलतापूर्वक सम्पन्न भएको थियो ।

वैसाख २७ गतेसम्म चल्ने महाकुम्भ मेलामा समेत अत्याधिक भीड बढेको छ ।

पूर्वका विभिन्न स्थानलाई जोडेर धार्मिक सर्किट बनाउने योजना पनि यो कुम्भ मेलाको रहेको छ भने पिण्डेश्वरको नामबाट शुरु भएको मेलामा पिण्डेश्वर मन्दिरको ऐतिहासिकतालाई समेत उजागर गर्ने लक्ष्य लिएको थियो ।

तर प्रचारप्रसारकै कमीका कारण मेला चतरामा केन्द्रित रहेको छ भने पिण्डेश्वर मन्दिर सुनसान नै रहेको छ ।

आगामी दिनमा उद्देश्य अनुरुप सञ्चालन गरेको कुम्भ मेलाको उद्देश्यलाई सार्थकता बनाउन सबै तह र तप्काबाट पहल कदमी गर्नुपर्ने आवश्यकता देखिएको छ ।

आफुले पाएको मत पहिचा ...

इलाम/ इलाम–२ को उपनिर्वाचनमा पराजित पहिचान प ...

नेपालको राष्ट्रिय चर ...

काठमाडौँ/ काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरी ...

धरानमा दिप प्रज्वलन, ...

धरान/ मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान ...

पशुपतिको विद्युत शवद ...

काठमाडौं/ पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved