एमाले उम्मेदवार सुहाङको घरदैलो आजदेखि इलाम नगरपालिकामा

  • वैशाख ८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

इलाम/वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका लागि नेकपा (एमाले) उम्मेदवार ३३ वर्षे सुहाङ नेम्बाङ आज (शनिबार)देखि घरदैलो कार्यक्रममा इलाम नगरपालिका भित्रिएका छन् । 

उनले आज इलाम नगरपालिका–११, सोयाकबाट नगरभित्र घरदैलो अभियान थालेका छन् ।

सुहाङको समूहमा एमालेसहित नेकपा (माओवादी केन्द्र), नेपाल परिवार दल र नेपाल कम्युनिस्ट पार्टीका विभिन्न तहका नेता–कार्यकर्तासमेत सहभागी छन् । 

उत्साहपूर्ण रूपमा सञ्चालन भइरहेको घरदैलोमा मतदाताले साथ दिएको एमालेले जनाएको छ ।

आज सुहाङको टोली इलाम नगरका वडा ९, ११ र १२ का विभिन्न टोलको घरदैलोमा रहने छ । 

आज इलाम नगरपालिका–११, बेलासे हुँदै श्रीमान कटवालको घरछेउ, निर्फुक, नवमीबजार, निन्दाखु हुँदै साङरुम्बामा घरदैलो अभियान सञ्चालन हुँदैछ ।

त्यसपछि वडा १२ को मसार भण्डारी गाउँ, एक नम्बर गैरीगाउँ, तीन नम्बर साङरुम्बा मावि, लामागाउँ, रत्नलक्ष्मी स्कुल र पाँच नम्बर ओख्रागाउँमा घरदैलो हुनेछ । 

त्यसपछि वडा ९ का साजबोटे, खड्गीगाउँ, कृषि क्याम्पस क्षेत्र, यातायात कार्यालय क्षेत्र, भाङटार, भञ्ज्याङ चोक हुँदै खाकी गाउँमा कार्यक्रम रहेको एमाले इलाम नगर कमिटी सचिव ठाकुरनारायण श्रेष्ठले जानकारी दिए । 

जिल्ला सदरमुकामसमेत रहेको इलाम नगरपालिकाका १२ वटा वडामध्ये वडा १० बाहेक सबै वडा क्षेत्र नम्बर २ मा पर्छन् । 

यो पालिका क्षेत्र नम्बर २ मा सबैभन्दा बढी मतदाता रहेको पालिका हो । इलाम नगरमा ३४ हजार ४५ मतदाता छन् ।

क्षेत्र २ मा पर्ने पाँच पालिकाका ४२ वटा वडामा कुल मतदाता संख्या एक लाख १५ हजार आठ सय ८९ छ । 

यसअघि सुहाङको टोलीले चुलाचुली, माङ्सेबुङ, फाकफोकथुम र देउमाईको घरदैलो सम्पन्न गरिसकेको छ । 

यसअघिका घरदैलोमा हजारौं मतदाताले सुहाङलाई रुचाएका छन् । युवादेखि ज्येष्ठ नागरिकसम्मले सुहाङलाई मतदान गर्ने विश्वास दिलाएका छन् ।

गठबन्धनका मात्र नभई अन्य दलका मतदाताले समेत सुहाङ नै अबको सक्षम र योग्य युवा उम्मेदवार भएको भन्दै मतदान गर्ने विश्वास दिलाएका छन् । 

आउँदो निर्वाचनका लागि उम्मेदवार बनेकामध्ये सबैभन्दा योग्य उम्मेदवार नै सुहाङ भएको भन्दै उनको पक्षमा मतदाता खुलेर चुनावी अभियानमा सामेल भइरहेका छन् ।

धरानमै अन्तर्राष्ट्र ...

धरान/ अन्तर्राष्ट्रिय स्तरको शिक्षा र व्यावसायिक करियर ...

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved