सुनाखरी एकेडेमीका कक्षा-१२ लाई बिदाई
- वैशाख ५, २०८१
- कोशीपत्र/संवाददाता
धरान/ धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट कक्षा-१२ को अध्ययन पूरा गरि नेपाल परीक्षा बोर्ड(एन.ई.बि.) ले लिने बार्षिक परीक्षाको तयारी गरिरहेका बिद्यार्थीहरुलाई मङ्गलबार बिदाई गरिएको छ।
धरान-१२ चतरालाईनमै रहेको गोरखा होटलमा एक कार्यक्रमको आयोजना गरि कक्षा-१२ लाई बिदाई गरिएको हो।

स्कुलका प्रीन्सिपल मिलन कुमार राई, प्लस टु कोअर्डिनेटर टप कुमार राई, स्कुलका निर्देसक प्रदिप राई लगायतले मायाको चिनो प्रदान गरि खदा र अबिर लगाई कक्षा-१२ लाई बिदाई गरे।
प्रीन्सिपल मिलन कुमार राईले मिहिनेतका साथ पढी राम्रो नतिजा ल्याउन बिद्यार्थीहरुलाई शुभकामना ब्यक्त गरे।
यसैगरी कोअर्डिनेटर टप कुमार राईले एन.ई.बि. लिने बार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याएर स्कुलको नाम उच्च राख्न बिद्यार्थीहरुलाई शुभकामना दिए।

कार्यक्रममा बुद्ध आदर्श बोर्डिङ स्कुलका प्रीन्सिपल दिलिप योगि, ज्ञानकुन्ज रेसिडेन्सियल स्कुलका प्रीन्सिपल अरुण राई लगायतको उपस्थिति थियो।
बिदाई कार्यक्रममा बिद्यार्थीहरुले विभिन्न प्रकारका नृत्य र गीत प्रस्तुत गरि मनोरञ्जन दिलाए।
एन.ई.बि.ले लिने कक्षा-१२ को बार्षिक परीक्षा आगामी बैशाख -१४ गतेबाट सुरु हुँदै छ।
