धरान / पोखरामा बिहीबाट सुरु भएको २२ औ आहा रारा गोल्डकपको उद्घाटन खेलमै धरानले विजय शुरुवात गरेको छ । प्रतियोगितामा सहारा क्लब पोखरालाई १–० गोल अन्तरले हराउदै धरान फुटबल क्लब बिजयी बनेको हो । पूवाद्र्धको ५ मिनेटमै डिबक्स नजिकै पाएको फ्री किकलाई धरान फुटबल क्लबका जर्सी नम्बर ७ का प्रकाश बुढाथोकीले सिधै जाली चुमाएका थिए । प्रकाशको फ्री किक नै धरानको जीतका लागि निर्णायक बन्यो । प्रतियोगितामा तर्फका खेलाडीहरुले गोल गर्ने अवसर धेरै पाए पनि गोल गर्न सकेका थिएनन् । खेल को म्यान अफ दि म्याच पनि प्रकाश भए उनले नगद ८ हजार र ट्रफी प्राप्त गरेका छन । २२ औ गोल्डकपमा १० टिम सहभागी रहेका छन । शुक्रबा
विजयपुर / पूर्वमा रहेको पहाडी जिल्लामा उत्पादन हुने सुन्तलाले यो वर्ष निकै राम्रो बजार भाउ पाएको छ । सुन्तलाको मूल्य वृद्धिसँगै गत वर्ष औसत १ सय १० रुपैयाँमा बिक्री भएको सुन्तला यस वर्ष औसत १ सय २५ रुपैयाँ प्रति केजी बिक्री हुने गरेको छ । पूर्वी पहाडी जिल्लाहरुमा उत्पादन हुने सुन्तला धरानस्थित कृषि बजारबाट दैनिक ४५ देखि ५५ मेट्रीक टन कारोबार भइरहेको छ । गत आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा १ हजार ५ सय ५० मेट्रीक टन (औसत १७ करोड रुपैयाँ बराबर) को कारोबार भएको सुन्तला चालू आर्थिक वर्षदेखि हालसम्मको औसत प्रति केजी १ सय १० रुपैयाँले बृद्धि भएको छ । १ हजार ६ सय ८० मेट्रीक टनको (करिब २१ करोडको कारो
इटहरी / सुनसरीको इटहरीस्थित एसओएस बालग्राममा बालबालिकाको हेरचाहसम्बन्धी प्रदेशस्तरीय अन्तर्कि्रया कार्यक्रम सम्पन्न भएको छ । एसओएस बालग्राम इटहरीको आयोजनामा आपतकालीन अवस्थामा वैकल्पिक हेरचाहमा रहेका बालबालिकालाई पुर्याउनुपर्ने सहयोगसम्बन्धी एक दिवसीय कार्यक्रम सम्पन्न भएको हो । एसओएस बालग्राम इटहरीको सभाहलमा भएको कार्यक्रमको अध्यक्षता एसओएस बालग्राम इटहरीका निर्देशक देवचरण चौधरीले गर्नुभएको थियो भने इटहरी उपमहानगरपालिकाकी उपप्रमुख सङ्गीताकुमारी चौधरीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा इलाम, झापा, सुनसरी, मोरङलगायत प्रदेश नं. १ का विभिन्न जिल्लामा बालगृह सञ्चालन गर्दै आएका
सुनसरी / सुनसरीको बर्जु गाउँपालिका ६ मा रहेको बर्जु तालमा पछिल्लो समय आन्तरिक पर्यटक आउन थालेका छन् । जाडो मौसमसँगै वनभोज खानेहरु पूर्वका विभिन्न स्थानबाट आउन थालेको आसपासका स्थानीयहरु बताउँछन् । स्थानीयहरुका अनुसार बर्जुतालको प्रचारप्रसार भएसँगै पछिल्लो समय पर्यटकीय गन्तव्य स्थल बन्दै गएको हो । धार्मिक पौराणिक महत्व बोकेको बर्जताल प्रदेश १ को सबैभन्दा ठूलो जलाशय भएको क्षेत्र भएकोले पनि ु तालमा हेर्न र वनभोज खानकै लागि पूर्वका विभिन्न स्थानबाट आएको स्थानीयहरु बताउँछन् । यहाँ आउनेृहरुलाई तालको रमणीय प्राकृतिक सौन्दर्यसँगै ताल घुम्नका लागि बोटको समेत ब्यवस्था गरेकाले पूर्वका विभिन्न स्थानब
धरान / उद्घाटन खेलमै आयोजक सहारा क्लब र धरान एफसीबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिताका लागि धरान फुटबल क्लबका खेलाडीहरु मंगलबार नै पोखरा प्रस्थान गरेका छन् । धरानका खेलाडीहरुलाई मंगलबार मेयर हर्क साम्पाङले विदाई गरेका थिए । उनले धरान फुटबल क्लबमा आयोजित कार्यक्रममा विदाई गरेका थिए । सो अवसरमा मेयर साम्पाङले खेलाडीहरुलाई जितेर आउन शुभकामना दिएका थिए । उनले भने–‘धरान उपमहानगरपालिकाले खेलकुदको विकासका लागि धेरै काम गरेको छ, आगामी दिनमा उपमहानगरपालिकाले योजना र कार्यक्रम ल्याउने तयारीमा छौ ।’ आहा रारा गोल्डकपबाट विजेता हुनेहरुले १२ लाख र उपविजेताले रु ६ लाख नगद सहित ट्रफी, मे
धरान / धनकुटाको छथर जोरपार्टी गाउँपालिकाले बसाई सराई नियन्त्रण गर्ने अभियानलाई अगाडि सारेको छ । गाँउपालिकाबाट बसाई सरी सुविधा सम्पन्न तराईका सहर तथा पहाडी जिल्लाहरुमा जाने क्रम बढेपछि गाउँपालिकाले बसाई सराई नियन्त्रणसँगै बसाई सरेर गाउँपालिकामा आउनेहरुका लागि नयाँ ‘अफर’ अगाडि सारेको छ । गाउँपाकिाले बसाई सराईलाई रोक्ने र अन्य स्थानबाट छथर गाउँपालिकामा आएर बस्नेहरुलाई दुहुना गाई उपहार दिने भएको छ । गाउँबाट बसाई सराई गरेर गाउँ नै रित्तिने अवस्था आएपछि यो योजनालाई अगाडि बढाइएको गाउँपालिकाका पशुपन्छी विकास शाखा प्रमुख राजकुमार राईले बताए । उनले भने–‘ गाउँपालिकाले बसाई सराईला
संखुवासभा / संखुवासभाको जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान प्रकरणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अख्तियारले छानबिन सुरु गरेको छ । अक्सिजन प्लान्ट जडानमा तत्कालीन मेसुसहित दुई जनाको विरुद्धमा अख्तियारमा उजुरी परेपछि छानबिन सुरु गरेको हो । अक्सिजन प्लान्ट तीन महिना सञ्चालन भएपछि बन्द भएको थियो । प्लान्ट बन्द भएपछि भ्रष्टाचार भएको आशंका गरिएको थियो । यस विषयमा अख्तियारमा जिल्ला अस्प्ताल संखुवासभाका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट श्याम सुन्दर श्याम झा र प्रशासन प्रमुख दिपेश श्रेष्ठमाथि उजुरी परेपछि अख्तियार अनुसन्धान आयोग इटहरीले छानबिन सुरु गरेको हो ।
बराहक्षेत्र / बराहक्षेत्र नगरपालिका शिक्षा शाखाले बराहक्षेत्रमा रहेका विद्यालयले गरेको मंगलबार लिएको नेपाली विषयको परीक्षा रद्ध गरेको जनाएको छ । मंगलबार गरेको नेपाली विषयको परीक्षामा व्यापक त्रुटी भएको विषयमा कोशीपत्र राष्ट्रिय दैनिकले समाचार प्रकाशित गरेपनि बराहक्षेत्र नगरपालिका शिक्षा शाखाको ध्यानाकर्षण भएको थियो । त्रुटी भएको विषयगत परीक्षालाई बुधबार शिक्षा शाखा बराहक्षेत्रले परीक्षालाई रद्ध गरेको सूचना प्रकाशित गरेको छ । शिक्षा शााखा प्रमुख देबेन्द्रबहादुर मल्लद्वारा हस्क्षरित सूचनामा सबै सामुदायिक विद्यालय तथा धार्मिक विद्यालयलाई सम्बोधन गर्दै २०७९ को अर्ध बार्षिक परीक्षाको मंगलबार भएको
तेह्रथुम / ईलाका प्रहरी कार्यालय आठराई तेह्रथुमको नव निर्मित कार्यालय भवनको उद्घाटन गरिएको छ । भवनको १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले मंगलबार बिधिवत रुपमा समुद्घाटन गरेका हुन् । भवन उदघाटनपछि बोल्दै प्रदेश प्रमुख प्रहरी गिरीले २४ सै घण्टा ड्युटीमा रहनु पर्ने प्रहरी कर्मचारीहरुलाई भौतिक सुबिधा सम्पन्न यस्ता भवनले थप मनोवल बढ्ने बताए । उनले भवन निर्माणले कार्यक्षेत्रमा समेत प्रहरीलाई सहज हुने बताए । उनले प्रहरीलाई भवन प्राप्त भएसंगै नागरिकहरुको जिउधनको सुरक्षामा खटिन मातहतका प्रहरीहरुलाई निर्देशन समेत दिए । नवनिर्मित भवन १ नम्बर प्रदेश सरकार, आ
मोरङ / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले मानव बेचविखन रोकथाम र नियन्त्रणका लागि तीनै तहको सरकारबीच समन्वय हुनु आवश्यक रहेको बताएका छन् । माइती नेपाल मोरङले मंगलबार महानगरकै सभाकक्षमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै मेयर कोइरालाले तीनै तहको सरकारसँगै सरकारी र गैरसरकारी संघसंस्थाहरुको सामूहिक प्रयासले मानव बेचविखन रोकिने धारणा राखे । महिला तथा बालबालिकाहरुका क्षेत्रमा काम गर्न खुलेका संस्थाहरुबीच पनि समन्वय जरुरी रहेको उनको भनाई थजयो । कार्यक्रममा मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले खुला सिमानाका कारण मानव बेचविखन नियन्त्रण र रोकथाममा चुनौती देखिएको बताए । माइती