समाज

    Showing 3,561-3,570 of 6,827 items.
  • निःशुल्क उपचार घोषणा कार्यान्वयनमा आलटाल

    मोरङ/  कोशी प्रदेश सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार गर्न विभिन्न अस्पतालसँग सम्झौता गरे पनि अस्पतालले भने त्यसको कार्यान्वयनमा आलटाल गर्ने गरेका छन् । अस्पतालले विभिन्न बाहना र कागजातको माग गर्दै उपचार खर्च लिन छोडेका छैनन् । सुनसरीको हरिनगरा गाउँपालिका–२ निवासी इर्फना खातुनले फागुन २ गते मोरङको बुढीगंगास्थित विराट मेडिकल टिचिङ अस्पतालमा शल्यव्रिmया मार्फत जुम्ल्याहा शिशुलाई जन्माउनुभयो । दुईमध्ये एउटा शिशु एनआइसियुमा राखेर उपचार गर्नुपर्ने भयो । प्रदेश सरकारले घोषणा अनुसार नवजात शिशुको निःशुल्क उपचार हुने कुराले उहाँलाई केही हदसम्म सन्तोष मिलेको थियो तर विराट

    • प्रकाशित मितिः फागुन १६, २०८०
    • 499 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गायक नौरान राईलाई मधुकुमार द्धारा आर्थिक सहयोग उपचारका लागि गायक राई द्धारा सहयोगको अपिल

    धरान/ उपचारका लागि आर्थिक समस्या झेलिरहेका धरानका चर्चित गायक नौरान राईलाई धरान १७ समाज हङकङका अध्यक्ष मधुकुमार राईले नगद पाच हजार रुपैया सहयोग गरेका छन ।             धरान १७ निवासी मधु राई हाल धरान आएको वेला विपि स्वस्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका नौरान राईलाई अस्पतालमा नै पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन । उनले सामाजिक संजालमा नौरान राईको वारेमा थाहा पाए पछि तत्काल व्यक्तिगत रुपमा केहि रकम सहयोग गरेको वताए ।   लामो समय धरान १७ न. वडावासि समेत रहेका राईको उपचारको लागि संस्थागत रुपमा धरान १७ समाज हङकङले उपचारका लागि सहयोग अभियान चलाइने

    • प्रकाशित मितिः फागुन १५, २०८०
    • 1,926 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • औद्योगिक क्षेत्रको हितमा उद्यमी एक मत

    विराटनगर/ उद्योग संगठन मोरङले नेपाल उद्योग परिसंघ कोशी प्रदेश र विराट व्यापार संघका नवनिर्वाचित कार्यसमितिको स्वागत तथा भेटघाट गरी औद्योगिक क्षेत्रको समष्टिगत हितका लागि संस्थागत ऐक्यवद्धताका लागि अनुरोध गरेको छ । भेटघाटमा संगठनका अध्यक्ष राकेश सुरानाले उद्योग व्यवसाय क्षेत्रको हक, हितका लागि स्थापित संस्थाहरु मिलेर अघि वढी यस क्षेत्रले भोग्दै आएका समस्या समाधानका लागि सामुहिक पहल गर्नुपर्ने धारणा राखे । उनले वर्तमान समयमा उद्योग व्यापार क्षेत्र सबैभन्दा बढी प्रताडित भएको वताउदै समस्या समाधानका लागि संस्थागत एकवद्धताका लागि आग्रह गरे । अध्यक्ष सुरानाले सरकार र नीजि क्षेत्र बीचको सहकार्

    • प्रकाशित मितिः फागुन १५, २०८०
    • 635 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • व्यापार चलायमान बनाउँदै धरान एक्स्पो

    धरान/ स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै धरानको व्यापार, व्यवसाय चलायमान गराउन गत फागुन ११ गते देखि शुरु भएको ‘धरान एक्स्पो २०८०’ को चौथो दिन सम्म मध्यम व्यापार गर्दै अघि बढेको छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा धरान १६ स्थित धरान स्टेडियम परिषरमा संचालित एक्स्पोले व्यापार मध्यम नै रहे पनि व्यापार चलायमान गराएको स्थानीयको भनाई छ । केही दिन अघि मात्रै धरान डे को अवसरमा उत्सव आयोजना गरिएकाले केही प्रभाव पारेको धरान १५ का रविन राई बताउँछन् । उनी भन्छन्, ‘केही असर परेको छ, तर सस्तो व्यापार पनि भएकाले बजार प्रवद्र्धनमा टेवा पुगेको छ । एक्स्पोमा राखिएको जुत्ता चप्पल प

    • प्रकाशित मितिः फागुन १५, २०८०
    • 877 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलाममा वैशाख १५ गते उपनिर्वाचन हुने

    धरान/  निर्वाचन आयोगले ०८१ वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्ने घोषणा गरेको छ। नेपाल सरकारसँगको परामर्शमा निर्वाचन आयोगले उपनिर्वाचन मिति घोषणा गरेको हो। आयोगका सहायक प्रवक्ता थानेश्वर भुसालले २०८१ वैशाख १५ गते शनिबार इलाम मा उपनिर्वाचन गर्ने निर्णय भएको जानकारी दिए। इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य रिक्त छ। ०७९ मंसिरमा भएको चुनावमा त्यस क्षेत्रबाट नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए। नेम्वाङको गत भदौ २६ गते निधन भएपछि यो क्षेत्र खाली छ।

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • 571 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीको चतराबाट २७३ किलो गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा

    धरान/ सुनसरीको चतराबाट सशस्त्र प्रहरी बलले गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा लिएको छ । वराहक्षेत्र नगरपालिका–१ स्थित चतराबाट को.१च २९३७ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाले  बताए । एम्बुलेन्सबाट २७३ किलो गाँजा सशस्त्र प्रहरीको सुरक्षा बेस चतराले नियन्त्रणमा लिएको छ । चतराबाट सूर्यकुण्ड जाने भित्री सडकमा रोकेर राखेको एम्बुलेन्स जाँच गर्दा ९ वटा पोकामा गाँजा भेटिएको थियो । गाँजा र एम्बुलेन्स इलाका प्रहरी कार्यालय चक्रघट्टीमा बुझाइएको डीएसपी थापाले जानकारी दिए । तस्करीमा संलग्न एमबुलेन्स चालक फरार भएको प्रहरीको भनाइ छ

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • 2,399 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान १५ को शहिद मार्ग पक्की बन्दै

    धरान/ धरान उपमहानगरपालिकाको नगर गौरबको आयोजना अन्र्तगत धरान १५ स्थित लाङघाली चौकदेखि महादेवचौकको शहिद मार्ग अब पक्की सडक बन्ने भएको् छ । उपमहानगरपालिकाको वहुवर्षीय योजना अन्र्तगत लाङघाली चौकदेखि पूर्व हुँदै महादेव चौक सम्म ८ सय मीटरको ५० फिट फराकिलो पक्की सडक बन्ने भएको हो । धरान उपमहानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष नरेश इवारमका अनुसार आर्थिक वर्ष २०७९।०८० को वजेटद्धारा नगरको गौरवको आयोजना अन्र्तगत ८ करोड वजेट मार्फत पक्की सडक निर्माण कार्य धमाधम भइरहेको छ । इवारमका अनुसार २०८१ साल माघ सम्म निर्माण सम्पन्न गर्ने गरि तीव्र गतिमा काम भईरहको छ । ३० फुटे कच्ची बाटोलाई पक्की वनाउनको ला

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • 811 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान १०के रनको उपाधि पुरुषतर्फ केन्याका जुलियस र महिला तर्फ सशस्त्रीकी सन्तोषी श्रेष्ठलाई

    धरान/ १२ औ सस्करणको धरान १०–के रन प्रतियोगितामा पुरुषतर्फ केन्याका जुलियस मुरिउकी र महिलातर्फ बिभागीय टिम सशस्त्र प्रहरीकी सन्तोषी श्रेष्ठ च्याम्पियन बनेका छन । निर्धारित १० किलोमिटरको दुरी ३२ मिनेट ५० सेकेन्डमा पुरा गर्दै प्रथम बनेका मुरिउकीले नगद ६० हजार रुपैयासहित मेडल, प्रमाणपत्र हात पारे ! प्रतियोगितामा दोस्रो बनेका प्रशान्त तमाङले ३४ मिनेटमा र तेस्रो बनेका पवन राईले ३४ मिनेट ११ सेकेन्डमा पुरा गरेका थिए । उनिहरुले क्रमस नगद ४० हजार र ३० हजारसहित मेडल, प्रमाण पत्र प्राप्त गरे ! महिलातर्फ ३८ मिनेट ८ सेकेन्डमा दौड पुरा गर्दै प्रथम बनेकी श्रेष्ठले नगद ६० हजारसहित मेडल, प्रमाणपत्र हात

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • 815 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपाल स्काउट कोशी प्रदेश आयुक्तमा भण्डारी नियुक्त

    धरान /नेपाल स्काउट, कोशी प्रदेशको प्रदेश आयुक्तमा धरान १६ निवासी स्काउटर हेमन्त भण्डारी नियुक्त भएका छन् । नेपाल स्काउट कोशी प्रदेश स्काउटका प्रमुख स्काउट एवं  सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले प्रदेश आयुक्तमा स्काउटर हेमन्त भण्डारीलाई नियुक्त गरेका हुन् । प्रदेश परिषदमा निर्वाचित प्रदेश परिषद सदस्यहरु मध्ये एक जना सदस्यलाई प्रमुख स्काउटले प्रदेश आयुक्तमा मनोनयन गर्ने कानुनी व्यवस्था छ। २०६४ सालमा सुनसरी क्रीयुमा रोभर तहमा प्रवेश गरी स्काउट क्षेत्रमा उदाएका भण्डारी २०७१ सालमा पुर्वान्चल विकास क्षेत्रको युवा परिषदको अध्यक्ष भएका थिए। भण्डारीले २०७१ सालमा एड्भान्स स्काउट ताल

    • प्रकाशित मितिः फागुन १२, २०८०
    • 561 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपालको अर्थतन्त्र सुदढ बन्दै गएको मन्त्री किराँतको भनाई

    धरान/ संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले मुलुकको अर्थतन्त्र सुधारिदै गएको बताएका छन् । मन्त्री किरातीले धरान एक्स्पोको उद्घाटन अघि पत्रकारसँग भएको भेटघाट कार्यक्रममा बिग्रिएको अर्थतन्त्रलाई सरकारले सुधार्ने काम गरेको बताए । उनले हिजोको भन्दा आज अर्थ तन्त्र बलियो भएको दाबी गदै अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याएर संवृद्धिको आधार तय गर्न सरकार कोसिसमा रहेको बताए । मन्त्री किरातीले हिजोभन्दा आज अर्ततन्त्रको सुचक सृदृढबन्दै गएको बताउदै आफूहरुमाथि परेको दबाब भने अन्त्य भइनसकेको बताए । मन्त्री किराँतले अर्को प्रसंगमा शान्ति प्रक्रिया टुंगोमा पु¥याउने सरकारको लक्ष्य अन

    • प्रकाशित मितिः फागुन ११, २०८०
    • 695 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved