जीवन शैलीलाई परिवर्तन गर्न नसक्दा दीर्घरोगी बढे

  • जेठ २७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धेरै विरामीहरु स्वास्थ्य समस्या भएपछिमात्र उपचारमा आउने गरेको पाइएको छ ।

सन् २००३ देखि सञ्चालित प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. सञ्जिव शर्माले सञ्चालन गरेको केएचडिसी कार्यक्रम अन्तर्गत विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा यस्तो पाइएको हो

पछिल्लो समय खानपान, रहनसहनसँगै शारीरिक व्यायामको कमीका कारण विभिन्न खालका दीर्घरोग हुने गरेको छ ।

आफ्नो जीवनशैलीलाई परिवर्तन नगरेकै कारण विरामी भएपछिमात्र चेकजाचमा आउने गरेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञानमा लामो समयदेखि मधुमेह, उच्च रक्तचाप, मुटु तथा मृगौलासम्बन्धी चेकजाँच गर्दै आउनु भएका प्रा.डा. शर्माले बताए ।

केएचडिसीले धरानका स्थानीय तहसँग समन्वय गरेर अहिले प्रत्येक वडामा निःशुल्क शिविरको आयोजना गर्दै आइरहेको छ । उनले दीर्घरोगको कुनै लक्ष्यण नभएका कारण खानपानमा ध्यान नदिने, शारीरिक व्यायाम नगर्ने सर्वसाधारणमा दीर्घरोगी हुने प्रवल सम्भावना हुने भएकोले एचडिसीले यस्ता वर्गलाई लक्षित गरी विभिन्न संघ संस्थासँग समन्वय गरेर निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएको बताए ।

उनले चेकजाँचसँगै स्वास्थ्य सचेतना समेत सर्वसाधारणलाई गराउने बताए । पछिल्लो समय धरान उपमहानगरपालिका वडा नं. ८ मा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ८ सय जनाको चेकजाँच गर्दा ४ सय ४० जनाको रिपोर्ट खराब आएको बताए ।

धरानको विभिन्न वडामा निरन्तर केएडिसीले वडाको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आइरहेको छ । धरान ८मा ११ हजार जनसंख्या रहेको छ । भुगोल तथा जनसंख्याको हिसाबले यो वडा ठूलो वडाको रुपमा हेरिन्छ ।

यहाँ गरिब तथा असहायको संख्या पनि उत्तिकै छ । वडाबासीको स्वास्थ्यलाई मध्यनजर गरी केचडिसीलाई आग्रह गरेर शिविरको आयोजना गरिएको धरान ८ का वडाध्यक्ष धनबहादुर राईले बताए

केएचडिसीले यस भन्दा अगाडि वडा कार्यालयसँग समन्वय गरेर धरानका अधिकांश वडामा निःशुल्क शिविरको आयोजना गरिसकेको छ । एचडिसी कार्यक्रम सञ्चालन भएदेखि नै धरानमा मात्र हैन कोशी प्रदेशका विभिन्न स्थानमा समेत आवश्यकता अनुसार शिविरको आयोजना गर्दै आइरहेको छ ।

अहिलेसम्म करिब २ लाख भन्दा बढी सर्वसाधारणको निःशुल्क उपचार गराइसकेको एचडिसीले जनाएको छ ।

स्वास्थ्यको पहुच नपुगेका, विभिन्न कारणले स्वास्थ्य संस्थासँग पुग्न नसकेकालाई लक्षित गरी शिविरको आयोजना गर्दै आएको एचडिसी कार्यक्रमका संयोजक प्रा.डा. शर्माले जानकारी दिनुभयो । शिविरमा आएकाहरुलाई उपचारसँगै जीवनशैली परिवर्तन गर्न प्रोत्साहित गर्ने काम एचडिसीले गर्ने गरेको छ ।

केएचडिसीले समय अनुसार जीवन शैली परिवर्तन गरेको खण्डमा समेत उच्च रक्तचाप, मधुमेह, मुटुको समस्या, मृगौलाको समस्या समाधान हुने कुरा समेत शिविरमा आएका सर्वसाधारणहरुलाई सम्झाउने बुझाउने गरेको छ ।

काठमाण्डौ एअरपोर्ट ...

काठमाण्डौं । दुर्योधन बस्नेतको अध्यक्षतामा १७ सदस्यीय न ...

मेयर हर्कराजको समर्थ ...

धरान । धरानका पत्रकार गोपाल दाहाललाई धरानका मेयर हर्क स ...

एम्स एकेडेमीमा नयाँ ...

धरान/  नयाँ शैक्षिक सत्रमा भर्ना भई अध्ययनरत ...

बिआरआई नेपालको हितमा ...

सुनसरी/ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved