कृषि सहभागिको बार्षिक उत्सबको अवसरमा रक्तदान कार्यक्रम

  • जेठ २८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

पाँचकन्या/ धरानको पानबारीमा रहेको कृषकहरुको संस्था सहभागि कृषि सहकारी संस्था लिमिटेडले १४ औं बर्ष पुरा गरेको छ ।

१४ बर्षअघि यस संस्था त्यहाँका कृषकहरुलाई संगठित गर्दै कृषि उत्पादनमा सहयोग पुगोस् भन्ने उद्ध्श्यले स्थापना भएको थियो ।

संस्थाले हरेक बर्ष बार्षिक उत्सवको अवसरमा विविध कार्यक्रम गरि मनाउँदै आएको छ । यस बर्ष पनि उक्त संस्थाले मानव सेवाको लागि रक्तदान कार्यक्रम गरि मनाएको छ ।

रक्तदान कार्यक्रम दुई स्थानमा लक्षित गरेर सम्पन्न गरेको हो । धरान ४ मा जेठ २४ गते रक्तदान कार्यक्रम गरेको थियो ।

उक्त कार्यक्रममा ५७ पिण्ट रगत संकलन भएको संस्थाकी अध्यक्ष झुमा राईले बताइन् । जेठ २७ गते भने धरान ६ पानबारीमा नै रक्तदान कार्यक्रम गरि बार्षिक उत्सव कार्यक्रम मनाइएको छ । औपचारिक कार्यक्रमको उद्घाटन कोशी प्रदेश सभा सदस्य रमेश बस्नेतको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा ६६ पिण्ट रगत संकलन गरेको छ । संस्थाकी अध्यक्ष झुमा राईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष हरिकृष्ण अधिकारीले गरेका थिए भने संस्थापक अध्यक्ष ईश्वर लामिछानेले कार्यक्रमको औचित्य माथि प्रकाश पारे । कार्यक्रम संचालन संस्थाका दिशान श्रेष्ठले गरेका थिए ।

सहभागि कृषि सहकारी संस्थामा हाल १२ सय भन्दाबढी कृषकहरु आवद्ध रहेका छन् । अध्यक्ष राईका अनुसार संस्थाबाट कृषकहरुलाई सहुलियत दरमा वीउ बीजन,कृर्षि औजार अनुदानमा वितरण लगायत सामुहिक कृषि खेती तर्फ सहयोग गर्दै आएको छ ।

उनले भनिन्,“किसानलाई राहत र कृर्षि उत्पादनको लागि सहयोग गर्दै आएका छौ,संस्थाद्धारा नै सामुहिक बेसार खेती पनि १० कठ्ठा जग्गामा लगाएका छौ,बेसार उत्पादनमा जोड दिएर किसानलाई थप आत्मा निर्भर बनाउने हाम्रो मुल लक्ष्य पनि हो ।”

संस्थाले आफ्नो सेवा विस्तार पनि दिनानु दिन बढाउँदै लगेको छ ।

तस्बिरहरुsaha sah sahakari

सुच्चा राईको कुल पूज ...

धरान/  किरात राई समुदायले वैशाख पूर्णिमादेखि ...

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved