एसईई.आईडलका फाईनललिस्ट रबिन्द्र श्रेष्ठलाई नवाेदयमा सम्मान, सुनाए गीत, मागे भोट

  • जेठ २७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा आयोजित कोशी प्रदेस स्तरीय एस.ई.ई.आईडल-२०२४ का टप फाईनलिस्ट रबिन्द्र श्रेष्ठलाई आईतबार आफुले एस.ई.ई.दिएको धरान-१६ स्थित नबोदय बिद्या मन्दिर बोर्डिङले सम्मान गरेको छ।

 धरान-१६ का वडा अध्यक्ष मुरारी भट्टराई, स्कुलका प्रोग्राम इन्चार्ज निरकुमार राईले रबिन्द्रलाई फाईनलमा पुग्न सफल भएकोमा अबिर र खदा लगाएर सम्मान गर्दै जितको लागि शुभकामना दिए।

१६ नम्बर वडाबाट एक मात्र प्रतिष्पर्धी एस.ई.ई.आईडलको फाईनलमा पुग्न सफल भएकोमा खुशी ब्यक्त गर्दै वडाको तर्फबाट सक्दो सहयोग गर्ने वडा अध्यक्ष भट्टराईले बताए।

रबिन्द्रले गीत प्रस्तुत गर्नुका साथै आफुलाई भोट गरेर जिताउन सबैसङ्ग आग्रह गरे।

आफुलाइक भोट गर्नको लागि मोबाएलमा khalti apps download वा open गरि voting मा click गरि SEE Idol-2024 मा गएर SEE singing Idol click गरेर Rabindra kumar Shrestha (S03) क्लिक गरि भोट गर्न सकिने उनले जानकारी गराए।

 स्कुलले रबिन्द्र श्रेष्ठलाई जिताउ नामक ब्यानर सहित बाताबरण मिलाई दिए पछि रबिन्द्रलाई यो अवसर जुरेको हो।

रबिन्द्रले गीत प्रस्तुत गर्दा स्कुलका शिक्षक र बिद्यार्थीहरुले तालीले साथ दिएका थिए। 

एस.ई.ई.आईडलका निर्देशक राम लिम्बुले स्कुललाई बधाई दिदै भोट गर्ने तरिका सहित फाईनल कार्यक्रमको बारेमा जानकारी दिए।

कार्यक्रमको सन्चालन बिद्यालयका शिक्षिका दिब्या सोनाम झाले गरिन।

एस.ई.ई.आईडलको फाईनल आगामी असार-७ गते शुक्रवार धरान-१५ स्थित किरात याक्थुङ चुम्लुङ भवनमा हुने आयोजकले जनाएको छ।

तस्बिरहरू: 1717942103023 1717942155947 1717942149649

सुच्चा राईको कुल पूज ...

धरान/  किरात राई समुदायले वैशाख पूर्णिमादेखि ...

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved