धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ५ सुन्दर वस्तीका सुकुम्वासीहरु घरबासको माग गर्दै जिल्ला अदालत पुगेका छन् । बहुसांस्कृतिक पार्क बनाउने भन्दै उनीहरूलाई घरबास विहीन बनाउन लागेको भन्दै उनीहरु न्यायका लागि अदालत पुगेका हुन् । धरान उपमहानगरपालिकाबाटै बिजुली, पानीको सबै सुविधा उपलब्ध गराएर २०६४ साल देखि बसोबास गर्दै आएको धरान–५ सुन्दर बस्तीका सुकुम्वासीहरू आन्दोलन गर्दै आएका छन् । सुन्दर बस्तीमा ४५ घरधुरी सुकुम्वासी परिवारको बसोबास छ । उनीहरूलाई विकल्प नदिई उठाइँदा उनीहरू घरबास विहीन हुने भन्दै आन्दोलित छन् । सुन्दरबस्तीमा बसोबास गर्दै आएका माथि आइपर्ने सङ्कटलाई रोकथाम गर्न धरान&n
धरान/ फक्ताङलुङ मिडिया हाउस प्रा. लि.द्वारा आयोजित कोशी प्रदेस स्तरीय एस.ई.ई.आइडल -२०२४ का फाईनलिस्टलाई मङ्गलबार खाना शिष्टाचार र प्रस्तुतीकरण सम्बन्धि अभिमुखिकरण गरिएको छ। यु.एन.कलेजको सेमिनार हलमा कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्टले फाईनलमा पुगेका प्रतिष्पर्धीहरुलाई अनरराष्ट्रीय मापदण्ड अनुसार खाना शिष्टाचारको बारेमा जानकारी गराए। आफ्नो वरिपरि बसेका मानिसलाई असर नपुर्याई काटा चम्चाको सही प्रयोग गरेर शिष्ट तरिकाले खानु नै खाना शिष्टाचार भएको कोअर्डिनेटर श्रेष्ठले बताए। कोअर्डिनेटर श्रेष्ठले काटा चम्चाको उचित ढंगले प्रयोग गर्ने तरिका प्रयोगात्मक रुपले प्रतिष्प
काठमाडौं/ योग, ध्यानका माध्यमबाट मानिसमा सुख, शान्ति र समृद्धिको अभियान सुरु गरेको जीवन विज्ञानले जुन महिनामा अमेरिकामा यो अभियान सञ्चालन गर्ने भएको छ । अभियानका लागि जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञद्वय रमेश नेपाल र एल पि भानु शर्मा सोमबार बिहान अमेरिका पुग्नु भएको छ । अमेरिका जानु अगाडि जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ एल पि भानु शर्माले ध्यानलाई संसारभर फैलाउने जीवन विज्ञानको अभियानलाई साकार बनाउन अमेरिकाबाट सुरु गरिएको बताउनुभयो । उहाँले हाम्रा ऋषिमुनिले दिएको ध्यानको ज्ञान र प्रयोगात्मक अभ्यासलाई संसारभर फैलाउदै मानिसको स्वास्थ्य, सुख र शान्तिको चाहन
धरान/ एम्स एकेडेमी धरान १२ का विद्यार्थीहरुले यो वर्ष एसईई दिएर बसेकाहरुको लागि दौड प्रतियोगिता गराउने भएको छ । दौढ प्रतियोगिताको नाम “एम्स एस.ई.ई. दौड प्रतियोगिता –२०८१” राखेको छ । बिद्यार्थीहरुको सामाजिक संस्था एम्स क्रीयटिभ ग्रुप(एसिजी) ले उक्त प्रतियोगिता गराउने भएको हो । प्रतियोगिताको बारेमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । पत्रकार सम्मेलनमा प्रतियोगिता यही जेठ २६ गते हुने भएको छ । आयोजक एसिजीका अध्यक्ष अंकित श्रेष्ठका अनुसार २०८० सालको एस.ई.ई.दिएर बसेका बिद्यार्थीहरुलाई पुनर्ताजगी गराउने, बिद्यार्थीहरुबिच सद्भाव र आत्मियता बढाउने र स्वास्थ्य जीवन जीउने उद्
इटहरी/ इटहरी उपमहानगरपालिकाले सडकको धुलो पखाल्न ‘रोड वासर कम स्प्रिङकलर’ प्रयोगमा ल्याएको छ । पानी ट्यांकीबाट निस्कने पानीको फोहोराले सडकको धुलो पखाल्छ । सडकको किनारामा रोपिएका विरुवामा पानी हाल्न र हिउँदमा धुलोले ढाकिएको बिरुवा पखाल्नसमेत यसको प्रयोग गरिने इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेलले बताए । उनले भने, ‘यो एउटा साधनले सडकको धुलो पखाल्ने, बिरुवामा पानी हाल्ने र धुलाम्य भएको बिरुवा पखाल्ने काम गर्छ ।’ उपमहानगरले सफा र हरियाली स्मार्ट सडकको अवयव भएको बताउँदै सहरलाई सफा बनाउन र हरियाली प्रवर्द्धनका लागि यो साधन खरिद गरेको मेयर पौडेलले बताए । इटहरी
बेलबारी/ तरकारीका रूपमा प्रयोग हुने निगुरोको माग बढेसँगै मोरङका सामुदायिक तथा साझेदारी वनमा यहाँका स्थानीय निगुरो टिप्न व्यस्त छन् । वर्षायाम सुरु भएसँगै यहाँका स्थानीयवासी निगुरो टिपेर व्यापार गर्न व्यस्त रहेका जनसेवा सामुदायिक वनका अध्यक्ष मीनकुमार राईले बताउँछन् । उनी काठमाडौँ लगायत सहरी क्षेत्रबाट माग बढेपछि यहाँका वन क्षेत्रबाट ठूलो परिमाणमा निगुरो बिक्री हुने गरेको बताउँछन् । स्वादिलो र स्वस्थ्यकर मानिएको तरकारीका रूपमा प्रयोग हुने निगुरोको माग हुन थालेपछि अहिले पथरी, कानेपोखरी, लेटाङ, भाउन्नेलगायतका वनबाट निगुरो टिप्न भ्याइनभ्याइ छ । जङ्गलमा बिहानैदेखि साँझसम्म स्थानीयको भ
वराहक्षेत्र /वराहक्षेत्र नगरपालिकाले आगमि आर्थिक वर्ष २०८१/०८२ बार्षिक योजना , नीति तथा कार्यक्रमको बिषयमा छलफल सुरु गरेको छ । नगर प्रमुख रमेश कार्कीले उप- प्रमुख नन्दकुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कट्वालको समेत सहभागितामा सर्वदलिय , सर्वपक्षिय छलफल सुरु गरेका हुन् । नगरपालिकाका सुचना अधिकारी गौरी रायका अनुसार आर्थिक बर्ष २०८१/०८२ को प्रथामिकता , योजना , नीति तथा कार्यक्रमको बिषयमा नगर प्रमुख रमेश कार्कीले छलफल सुरु गरेका छन् । छलफल अन्तर्गत सोमवार कृषि सहकारीका पदाधिकारी, कृषि समुहका सञ्चालक तथा अगुवा कृषकहरुसंग कृषिको बिषयमा छलफल गरिएको थियो । त्यस्तै सोमवारनै
इलाम / इलामको चुलाचुली गाउँपालिका वडा ५ मा रतुवा खोलाले जिप बगाउँदा २ जनाको मृत्यु भएको छ । इलामको लारूम्बाबाट दमक आउँदै गरेको बोलेरो जिपलाई रतुवा खोलाले बगाएको हाे । जिपमा सवारमध्ये २ जनाको शव फेला परेको इलामका डिएसपी प्रकाश जबेगूले जानकारी दिए । ‘जिपमा कति जना सवार भन्ने बारे यकिन भएको छैन । अहिलेसम्म बच्चा र महिलाको गरि दुईजनाकाे शव फेला परेको प्रहरीकाे भनाइ छ । गाडीको एउटा चक्का भेटिएको र उद्धारको लागि टोली त्यहाँ पुगेको डिएसपी जबेगुले बताए ।
वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा किसान तथा जनप्रतिनिधि बिच कृषि कार्यक्रमको समिक्षा तथा अन्तरक्रिया गोष्ठी गरिएको छ । आगमि आर्थिक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र योजनामा समावेस गर्न उदेश्य सहित नगरपालिकामा रहेका कृषि सहकारीका पदाधिकारी, कृषि समुहका सञ्चालकहरुतथा अगुवा कृषकको सहभागितामा किसान तथा जनप्रतिनिधि बिच कृषि कार्यक्रमको समिक्षा तथा अन्तरक्रिया गोष्ठी गरिएको थियो । गोष्ठीमा किसानहरुले कृषिलाई प्रथामिकतामा राखेर बजेट बनाउनर नीति तथा कार्यक्रम निर्माण गर्न आग्रह गरेका थिए । त्यस्तै किसानले समयमै मल , बिऊ , बिषाधीको प्रयोग , सचेतना , अनुदान , सिचाई , बजारीकरण लगायतको बिष
धरान/ स्कुटरले दिने माइलेज च्यालेन्स कार्यक्रम यामाहाको आधिकारिक विक्रेता यामाहा शो रुम धरानले सम्पन्न गरेको छ । शो रुमका सञ्चालक प्रभाब खतिवडाका अनुसार यामाहाको जेड आर १२५ हाईब्रिड स्कुटरले दिने माइलेजको लागि उतm कार्यक्रम गरेको हो । खतिवडाका अनुसार कम्पनीले ५८ किमी माइलेज दिने दाबी गरेको र उतm दाबी पुष्टि पनि भएको बताए । उनले भने,‘हाम्रा ग्राहकहरुको स्कुटरले कम्पनीले दाबी गरे अनुसार माइलेज छ की छैन भनेर यो कार्यक्रम गरिएको हो तर दाबी गरिएको भन्दा पनि वढी माइलेज दिएको पाइयो,यो दाबी पुष्टि पनि भएको छ।’ प्राविधिक सहित ग्राहक बर्गलाई सचेतना पनि गराइएको छ । माइलेज बढी हुनका ल