सुनसरी/ सप्तकोसी नदीको पूर्वी तटबन्ध फुटेको आज १६ वर्ष पूरा भएको छ।
बाढीले भएको करोडौँको धनजन क्षति अझै पीडितले भुल्नसकेका छैनन्। घटनाको १६ वर्षमा बल्ल पीडित परिवार पूर्वावस्थामा फर्किंदै छन् ।
विसं २०६५ भदौ २ गते कोसी नदीको पूर्वी तटबन्ध फुटेर गाउँमा पस्दासुनसरीको तत्कालीन पश्चिम कुशाहा, श्रीपुरजब्दी र हरिपुर गाविस पूर्ण रुपमा तथा लौकही गाविस आंशिक रुपमा डुबान भएका थिए।
साबिक पश्चिम कुशाहा गाविस–४ स्थित कोसी नदीको पूर्वी तटबन्धको र नं १२ दशमलव १० तथा स्पर नं १२ दशमलव ९० को बीचमा पानीको धक्काले तटबन्ध फुटेपछि बाढी गाउँमा पसेको थियो। कोसीको भंगालो गाउँमा पस्दा ७ हजार ५६३ घरधुरीका ४२ हजार ७६५ स्थानीय विस्थापित भएका थिए ।
पीडितलाई राहत, क्षतिपूर्ति तथा पुनः स्थापनाका माग राखेर पीडितले विसं २०६५ भदौ २७गते आन्दोलनको घोषणा गरेका थिए तत्कालीन प्रधानमन्त्री पुष्पकमल दावे सीको नाममा सम्बोधन गर्दै कोसी पीडित क्षेत्रको समस्या समाधानका लागि एक उच्चस्तरीय कार्यदल गठन गर्ने प्रतिबद्धता जनाए।
सोही प्रतिबद्धता ०६५ फागुन २२ गते नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट तत्कालीन सभासद् नन्दनकुमार दत्तको संयोजकत्वमा २ सदस्यीय कोसी बाढीपीडित व्यवस्थापन उच्चस्तरीय कार्यदल गठन भयो सो कार्यदलले यथार्थ प्रतिवेदन तयार पारेर सरकारलाई बुझाएको १६ वर्षबितिसकेको छ।
तर, अझै उक्त प्रतिवेदन पूर्ण रुपमा कार्यान्वन नगरिएको पीडित बताउँछन्। कार्यदलको प्रतिवेदनमा पीडितको वर्गीकरण गरिएको थियो । विभिन्न बैंक तथा वित्तीय संस्थाबाट बाँध फुट्नु अघि पीडितले लिएको सम्पूर्णऋण मिनाहा गर्ने, पीडित परिवारलाःशईिने ुल्क स्वास्थ्य उपचारको व्यवस्था तीन वर्षका लागि उपलब्ध गराउने लगायत उल्लेख थियो ।
कार्यदलले वैदेशिक तथा स्वदेशी रोजगारीमा बाढीपीडित परिवारका बेरोजगार युवायुवतीलाई प्राथमिकता दिने, वैदेशिक रोजगारीमा सरकारी कोटा उपलब्ध गराई निःशुल्क राहदानी दिने लगायत थुप्रै सुझाव प्रतिवदेन मार्फत सरकारलाई दिएको थियो ।
तर ती प्रतिवेदनमा उल्लेख गरिएका सुझावमा आंशिक मात्रै कार्यान्वयन भए नियमित उब्जाउ हुने खेतमा बालुवा भरिएपछि अझै अधिकांश कृषकले पूर्ण रुपमा खेतीपाती गर्न नपाएको पीडित संघर्ष समितिका पूर्वअध्यक्ष पञ्चनरायाण मण्डल बताउँछन् ।
घटनाको एक वर्षपछि पुनःस्थापित भए पनि पूर्ववत् अवस्थामा आउन कठिन भएको स्थानीय विन्देश्वर मेहताले बताए।१६ वर्षबित्दा पनि विस्थापित र पुनःस्थापित हुँदाको अवस्थामा उल्लेख्य रुपमा सुधार हुन सकेको छैन।सरकारले कोसीपीडितका लागि यस अवधिमा दुई अर्बभन्दा बढी खर्च गरेको छ।तर खर्चको प्रभावकारी अनुगमन नगरिएको पीडितको गुनासो छ।
पीडितले अझै राहतको महसुस गर्ननसकेको स्थानीय अमरेन्द्र झाले बताउँछन् ।कृषि, शिक्षा, स्वास्थ्य, पशु, आवास, पुनःस्थापना, पुनर्वास, र ाहतलगायतको शीर्षकमा सरकारले सहयोगगरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
केही कोसी पीडित करोडपति बनेका छन् उदाहरणे कोही अझै राहतकै पर्खाइमा छन् ।कतिपयले विराटनगर, इटहरी, इनरुवा र स हरी यदिेत्रमा घरजग्गा जोडेका छन्।
कतिपय एकछाक टार्नै समस्यामा छन्। केहीले पढाउन नसकेर १४ देखि २० वर्षमुनिका छोराछोरीलाई राजधानी काठमाडौँ तथा भारतीय सहरमा कमाउन रोजगारीका लागि पठाएको स्थानीय अशोकमेहताले बताए।
विस्थापितमध्ये एक हजार ४२२ परिवारसुकुम्वासी थिए।उक्तसुकुम्वासीमध्येका २३५सुकुम्वासी परिवारले मात्रै प्रतिपरिवार दुईकट्ठा जग्गा र घर पाएका छन्।उक्त बाढीले ४१ जनाको ज्यान गएको थियो।
रासस