राससकाठमाण्डौ – दक्षिण कोरियामा कामदार पठाउनेसम्बन्धी रोजगार अनुमति प्रणाली ९ईपीएस० सम्झौताको १७ वर्ष भएको छ । दक्षिण कोरिया नेपाली युवाका लागि आकर्षक रोजगार गन्तव्य देशका रूपमा रहेको छ । दक्षिण कोरिया रोजगारीका लागि अनिवार्य भाषा परीक्षामा सहभागी नेपाली युवाको सङ्ख्याले पनि यो तथ्यलाई पुष्टि गर्छ । सन् २००८ देखि दक्षिण कोरियाले ईपीएसमार्फत रोजगारीका लागि नेपाली श्रमिक लैजाँदै आएको छ । ईपीएस शुरु भएयता लिइएका भाषा परीक्षामा सहभागी हुन नौ लाख बढीले आवेदन फारम भरेका छन् । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाको तथ्याङ्कानुसार अहिलेसम्म नौ लाख १९ हजार छ सय ३१ युवाले कोरियन भाषा
धरान । धरानको भानुचोक बस स्टेण्डमा काम गर्ने मजदुर बुद्ध ठटालको उपचारका लागि २२ हजार सहयोग प्रदान गरिएकोछ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन स्टेण्ड श्रमिक इकाई सदस्य ठटाल मुखको क्यान्सर पीडित हुन् । नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अगुवाइमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, प्रेस चौतारी नेपाल धरान साथै धरानका केही पत्रकार, समाजसेवीले देउसी उठेको दक्षिणा मध्ये १० हजार र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको समन्वयमा संकलित १२ हजार गरी जम्मा २२ हजार प्रदान गरिएको हो । मंगलबार संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई र नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि चाम्लिङले पीडित मजदुर ठटा
धरान । भोजपुरको टेम्केमैयुङ ८ गोगनेको श्री विद्येश्वर माध्यामिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । धरानका लालबहादुर विक÷रेणुका विकले उक्त विद्यालयमा दलित छात्रबृति अक्षयकोष –२०८१ स्थापना गरेका हुन् ।विद्यालयको ८४ औं वार्षिकोत्सवमा मङ्सिर ८ गते विद्यालय पुगेका विकले एक लाख एक हजार एक सय एक रूपैयाँको अक्षयकोष स्थापना गरेका हुन। ‘मङ्गल÷शुभद्रा÷लाल ब। विश्वकर्मा दलित छात्रवृत्ति अक्षयकोष–२०८१’ भनेर स्थापना गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घमानसिंह राईलाई अक्षयकोषको रकम हस्तान्तरण गरिएको छ । विद्यालयमा विगत सञ्चालित ‘मङ्गलसिंह
इलाम/ ओएसीस क्लब इलामको आयोजनामा आगामी माघ पाँच गतेदेखि इलाममा अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो महिला गोल्ड कप २०८१ हुने भएको छ । ठुलो टुँडिखेलमा माघ पाँच देखि १२ गते सम्म हुने प्रतियोगितामा नेपाल र भारतका टिम सहभागी हुने आयोजकले जनाएको छ । नेपाल र भारत सहितका आठ टिम सहभागी रहने प्रतियोगितामा नेपालका ए डिभिजन फुटबल क्लब उतार्ने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपालका विभागीय टिम एपिएफ, त्रिभुवन आर्मी क्लब, पुलिस, ओएसीस फुटबल क्लब (आयोजक), गढीमाई एपसी धनगढी, बागमती फुटबल क्लब छन् भने भारतको मानेभञ्ज्याङ फुटबल क्लब र सी एप सी फुटबल क्लब भारत, र गरी आठ टिमको सहभागिता रहने आयोजकको भनाई छ ।
मोरङ/ प्रदेश घरेलु हिंसासम्बन्धी ऐन २०७५ लाई प्रभावकारी कार्यान्वयन गर्न त्यसमा भएको अधिकांश प्रावधान संशोधन गर्नुपर्ने सरोकारवालाहरुको निष्कर्ष छ । घरेलु हिंसाका अधिकांश घटनाहरु मिलापत्रबाट समाधान गर्ने प्रयत्न गरिने भएकोले पटकपटक हिंसाका घटना दोहोरिने समस्या समाजमा देखिएको र उजुरी गर्ने निकायको स्पष्ट व्यवस्था नभएको आदि कारणले ऐन संशोधन गर्नै पर्नेमा सरोकारवालाहरु सहमत भएका हुन् । संसदीय पत्रकार मञ्च कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको उक्त ऐन पुनरावलोकन तथा प्रस्तुतीकरण कार्यक्रममा कानुनविद तथा अधिवक्ता कोषराज न्यौपानेले ऐनलाई प्रभावकारी बनाउन संशोधन गर्नुपर्ने विषयहरु प्रस्त
धरान/ अहिले नेपालमा समेत मधुमेह विरामीको संख्यामा बृद्धि हुँदै गएको पाइएको छ । सन्तुलित भोजन र शारीरिक व्यायामको अभावका कारण बृद्धबृद्धामात्र हैन सबै उमेर समूहका विरामीहरुलाई मधुमेह भएको पाइएको हो । धरानमा समेत लायन्स क्लब अफ धरान ग्लोरी र धरान उपमहानगरपालिकाले धरानको भानुचौकमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा अधिकांशमा मधुमेह रोगका विरामी भेटिएका छन् । धरानको भानुचौकमा गरिएको निःशुल्क स्वास्थ्यशिविरमा चेकजाँच गर्ने अधिकांशमा मधुमेह रोग पाइएको थियो । लायन्स क्लब अफ धरान ग्लोरी र धरान उपमहानगरपालिकाको संयुक्त आयोजनामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिसि
विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनावश्यक खर्चलाई कटौती गर्नु पर्ने बताएका छन्। आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले भने,अनावश्यक खर्च कटौती गर्दै संरचनाको बाढीलाई रोक्नुपर्छ । उनले एकै प्रकृतिका संस्थाहरु केन्द्रदेखि स्थानीय पालिकासम्म बन्न थालेकोमा चिन्ता व्यक्त गर्दै यस्तो रोक्नुपर्ने बताए ।राष्ट्रिय पुँजीको विकास गर्ने विषयलाई प्राथमिकता दिएर काम गर्नुपर्ने बताउँदै उनले त्यसका लागि पर्यटन, सूचना प्रविधि, कृषि र निर्माण क्षेत्रमा ध्यान दिनुपर्ने उल्लेख
काठमाडौं/ गएको बुधबारदेखि नै प्राविधिक गडबढीका कारण रोकिएको राहदानी वितरण आइतबार पनि ठप्प छ । यसका कारण पाँच दिनदेखि सेवाग्राहीले नयाँ राहदानी बनाउन पाएका छैनन् । आइतबार विभागमा पुगेका सेवाग्राही राहदानी बनाउन नपाएपछि आक्रोशित भएका छन् । आइतबार राहदानी विभाग पुगेका सेवाग्राहीले नाराबाजी गर्दै राहदानीको माग गरेका छन् । सरकारको कमजोरीले गर्दा आफूहरूको अत्यावश्यक काम रोकिएको भन्दै सेवाग्राही आक्रोशित भएका छन् । आइतबारदेखि सेवा पुनः सुरु गर्ने दाबी गरेको राहदानी विभागले आइतबार सूचना जारी गर्दै विभागको मुख्य कार्यालय, जिल्ला स्थित प्रशासन कार्यालयहरू र विदेशस्थित नेपाली नियोगहरूबाट राहदानी
सुनसरी/ सुनसरी देवानगञ्ज गाउँपालिका–३ का अजय मण्डलले तीन कठ्ठामा बन्दागोभी लगाएका छन् । मजदुरको अभाव, समयमा मलखाद नपाउनु, वर्षासँगै आएको बाढीको समस्याका बाबजुद उनले रु ५० हजारको लागतमा तरकारी खेती गरे । तर मण्डललाई उचित मूल्य पाउन भने समस्या भएको छ । भारतमा उत्पादित तरकारी नेपाली बजारमा सस्तोमा बिक्री हुने गरेका कारण स्थानीय किसानले तरकारीको उचित मूल्य पाउन सकेका छैनन् । नेपालमा उत्पादन लागत बढी लाग्ने गरेका कारण तरकारीको मूल्य भारतीय तरकारी भन्दा महँगो पर्छ । भारतमा सस्तोमा बीउ तथा मलखाद पाउने भएकाले उत्पादन लागत कम हुँदा त्यहाँबाट आउने तरकारी सस्तोमा बिक्री हुने गरेको स्थानीय क
धरान/ इलामको चुलाचुलीमा मंसिर १० गते(आज) नेपालका १६ औं राष्ट्रिय विभूति महागुरु फल्गुनन्दका तेश्रो धर्म संरक्षक गुरु लाफयङ देवबहादुर तुम्बापोको ८१ औं जन्मजयन्ति साथै माङगेना हिमको वार्षिकोत्सव मनाईदै छ । फल्गुनन्द नोमाङ्गेना सेवा संघ चुलाचुली–१ मा ८१ औं जन्मजयन्ति साथै माङगेना हिमको वार्षिकोत्सवको यसपालीको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । सोमबारका दिन फल्गुनन्द लाफयङ बहुभाषिक पाठाशालाको ९ वार्षिकोत्सव एकसाथ भव्यरूपमा मनाउने तयारी अन्तिम चरणमा पुगेको फल्गुनन्द सेवा सङ्घका संस्थापक अध्यक्ष डम्बरकुमार तुम्बापोले जानकारी दिए । उनले भने,‘भाषा हराए लिपी हराउँछ,