‘नो केबलकार’ पक्ष को बार्ता समिति गठन,वार्ता जारी

  • माघ २१, २०८१
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं । ताप्लेजुङको पाथीभरा  क्षेत्रमा केबलकार निर्माणको विरोधमा रहेका आन्दोलनकारीहरूले पनि सरकारसँग वार्ता गर्न समिति गठन गरेका छन् ।

सरकारले आइतबार गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको नेतृत्वमा वार्ता समिति गठन गरेपछि आन्दोलनकारीका तर्फबाट ‘मुक्कुमलुङ संरक्षक संस्थाका तर्फबाट वार्ता समिति गठन गरेको विज्ञप्ति मार्फत् जानकारी दिइएको छ ।अमर तुम्याहाङको संयोजकत्वमा गठित वार्ता टोलीमा राम मादेन, सरु सिंघक र शंकर सुब्बा सदस्य छन् । पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर विवाद र आन्दोलन चर्किएको छ ।

ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरामा केबलकार निर्माणको काम अघि बढेपछि त्यसको विरोधमा उत्रिएको ‘नो केबलकार’ समूह र प्रहरीबीच अघिल्लो शनिबार भएको झडपमा प्रहरी र प्रदर्शनकारी घाइते भएका थिए ।झडपका क्रममा गोली लागेका दुई आन्दोलनकारीसहित तीन जनालाई आइतबार विराटनगर विमानस्थलबाट नेपाली सेनाको स्काई ट्रकमार्फत् थप उपचारका लागि काठमाडौं लगिएको थियो । गएको शनिबार बेलुका ६ बजेपछि भएको झडपमा कम्तीमा १९ प्रहरी घाइते भएका थिए ।

उक्त घटनामा तेह्रथुमको म्याङलुङ बजारका ३६ वर्षीय यामबहादुर लिम्बूको तिघ्रा र पाँचथरको मिक्लाजुङका १८ वर्षीय सगुन लावतीको कुममा प्रहरीले चलाएको गोली लागेको थियो । झडपका क्रममा भिरबाट लडेका ताप्लेजुङ बस्ने धर्म पालुङ्वाको कुम  ब्यूटी बोन मा चोट लागेका कारण उनी पनि गम्भीर छन् ।

सोही घटनाको विरोधमा आन्दोलनरत विभिन्न संघसंस्थाहरूले मेची राजमार्ग र तमोर करिडोरको सडकमा अनिश्चितकालका लागि यातायात बन्दको घोषणा गरेका छन् । वार्ताबाट शान्तिपूर्ण समाधान निकाल्न तयार रहेको बताए पनि समितिले बन्द फिर्ता भने लिएको छैन ।अहिले काठमाण्डौमा वार्ता जारी रहेको एक नेताले बताए ।

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

धरान–८ को खहरे पुल ...

 सुनसरी/धरान उपमहानगरपालिका–८ स्थित अरुण टोल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved