वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिका धार्मिक क्षेत्रको रुपमा प्रसिद्ध क्षेत्र हो ।
ऐतिहासिक , पुरात्वविक तथा पौराणिक महत्व बोकेका धार्मिक सम्पदाहरु रहेको नगरपालिकामा दैनिक रुपमा देश बिदेशवाट हजारौ मानिसहरु पर्यटकको रुपमा आउने गर्दछन् ।
भारतको विहार प्रदेशसंग नजिकको दुरीमा र पउजमा रहेको वराहक्षेत्रमा त्यहाँबाट उल्लेखनिय रुपमा मानिसहरु तिर्थालु, ब्रतालु तथा धार्मिक पर्यटकको रुपमा वराहक्षेत्र आउने गर्दछन् ।
वराहक्षेत्र नगरपालिकामा रहेको औलिया मठ क्षेत्र , वराहक्षेत्र मन्दिर र चतरा स्थित प्राचीन हरिद्वार चतराधा कुम्भ मेला क्षेत्र धार्मिक पर्यटकहरुको मुख्य आकर्षणको केन्द्रको रुपमा रहेका छन् ।
यी क्षेत्रहरु धार्मिक मान्यता , अभिलेख , पुराणा , विश्बाससंगै ऐतिहासिक , पुरात्वविक तथा पौराणिक महत्वको हिसावले सनातन जगतमा महिमा अपार रहेको छ ।
पछिल्लो समय यिनै धार्मिक सम्पदा क्षेत्रको संरक्षण , प्रबद्बन र सौन्दर्यकरण गर्न नगरपालिका योजना बनाएर लागि परेको छ । स्थानिय सरकारले गर्ने सक्ने काम पालिकाले गर्ने र माथिल्ला निकायहरुसंग योजनाहरु मागेर ऐतिहासिक , पुरात्वबिक तथा पौराणिक महत्वको हिसावले प्रसिद्ब क्षेत्रको संरक्षण , प्रबद्बन र सौन्दर्यकरणको काम गरि रहेको नगर प्रमुख रमेश कार्कीले बताए ।
नगर प्रमुख कार्कीका अनुसार चालु आर्थिक बर्षमा बहु बर्षे योजना अन्तर्गत चतराको औलिया मठ र वराहक्षेत्र मन्दिर क्षेत्रमा सौन्दर्यकरणसंगै संरचना निर्माण र कुम्भ परिसर क्षेत्रमा सौन्दर्यकरणको काम भइ राखेको छ ।
बराहक्षेत्र नगरपालिका वडा नं १ चतरा स्थित ऐतिहासिक , पुरात्वबिक तथा पौराणिक महत्व बोकेको औलिया बाबा मठमा संघिय सरकारको संस्कृति , पर्यटन तथा नागरिक उड्यान मन्त्रालय , पर्यटन बिभागको २ करोड ४८ लाख बजेटबाट वाकवे , पार्किङ्ग , धुनि , विवाह मण्डप , सौचालय , गेट निर्माण निर्माणाधिन रहेको छ ।
सोही क्षेत्रमा आगमि आर्थिक बर्षकालागि समेत सौंदर्यीकरण तथा संरचना निर्माणमा पर्यटन विभागले काम गर्नकालागि प्रकृया अगाडि बढाएको छ । छिन्नामस्त मन्दिर संरक्षण समितिका अध्यक्ष प्रकाश राउतका अनुसार मठ क्षेत्रमा भएको कामले ओझेलमा परेको औलिया मठको प्रबद्धन र संरक्षणमा ठुलो राहत मिलेको छ ।
हाल यसको सौन्दर्यकरणले
स्वरुप नै परिवर्तन भएको बताउँछन् । त्यस्तै धर्तिकै पहिलो तिर्थ स्थल प्रसिद्ब तिर्थस्थल वराहक्षेत्र मन्दिर परिसरमा संघिय सरकारको संस्कृति , पर्यटन तथा नागरिक उड्यान मन्त्रालय , पर्यटन बिभागको ३ करोडको बजेटबाट पार्किङ्ग , सौन्दर्यकरण , ड्रेन , रेलिङ्ग , प्रवेशद्बार लगायतका कामहरु निर्माणाधिन रहेका छन् ।
मन्दिर परिसर र बजार क्षेत्रमा भएको कामले मन्दिर प्रवेश क्षेत्रलाई आकर्षण बनाएको वराहक्षेत्र मन्दिर गुठि व्यवस्थान समितिका अध्यक्ष भक्तवहादुर श्रेष्ठ बताउछन् । अध्यक्ष भक्तवहादुर श्रेष्ठका अनुसार मन्दिर क्षेत्रलाई सौंदर्यीकरण गर्न , व्यवस्थित तथा आकर्षण थप्न निर्माणाधिन योजना महत्वपुर्ण रहेको छ ।
यसका लागि नगर प्रमुख रमेश कार्कीले पहलकदमी गर्नु भएको उनको भनाई रहेको छ ।
संघिय सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय अन्तर्गत पर्यटन विभागका इन्जिनियर सचिन्द्र यादवका अनुसार औलिया मठ र वराहक्षेत्र मन्दिर क्षेत्रमा आगमि आर्थिक बर्षकालागि समेत सौंदर्यीकरण तथा संरचना निर्माणमा पर्यटन विभागले काम गर्नकालागि प्रकृया अगाडि बढाएको छ ।
त्यस्तै वडा नं १ प्राचिन हरिद्बार कुम्भ नगरी चतराधाममा कुम्भ परिसर तथा आरती स्थलमा सौन्दर्यकरण , ड्रेन , रेलिङ्ग निर्माणको काम भइराखेको छ । कोशी प्रदेश सरकार भौतिक पुर्वाधार मन्त्रालय , शहरी विकाश तथा भवन कार्यालय विराटनगर मार्फत सौन्दर्यकरण , ड्रेन , रेलिङ्ग निर्माणको काम भईराखेको छ ।
यसले कुम्भ परिसर र आरति क्षेत्रलाई सुन्दर तथा आकर्षण बनाउने जगद गुरु पिठमा सचिव उद्बव घिमिरे बताउँछन् ।औलिया मठ , वराहक्षेत्र मन्दिर र कुम्भ परिसरमा निर्माणाधिन योजनाको नगर प्रमुख रमेश कार्की प्राबिधिक सहित निरिक्षण गर्दै आएका छन् ।
यसले नगरपालिकालाइ धार्मिक क्षेत्रको रुपमा थप बिकाश गर्न सहयोग , पर्यटनलाई आकर्षण , धार्मिक क्षेत्रको संरक्षण , प्रबद्बन र सौंदर्यीकरण , धार्मिक क्षेत्रको बिकाशसंगै आगमि वर्ष कोशी प्रदेश सरकारले आयोजना गर्ने भ्रमण वर्षलाई आकर्षण गराउन सहयोग पुग्ने नगर प्रमुख कार्कीले बताए ।