समाज

    Showing २४१-२५० of ७,१०९ items.
  • सुनकोशी घटनामा यातायात मजदुर व्यवहासायीको ध्यानाकर्षण

      काठमाडौं/ सिन्धुली जिल्लाको फिकलमा बसको ठक्करबाट सडकमा रोकिराखेको कार सहित तीनजना सुनकोशी नदीमा बेपत्ता भएको घटनाप्रति यातायात क्षेत्रका व्यवसायी तथा श्रमिक संगठनहरूले गहिरो दुःख व्यक्त गर्दै बेपत्ताको शीघ्र खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ ।   नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी तथा अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक केसी रहेको सार्वजनिक यातायात सुधारका लागि संयुक्त समन्वय समितिको बुधबार बसेको बैठकले घ

    • प्रकाशित मितिः साउन २०, २०८३
    • ७५१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बाँझो जमिनमा केरा खेती

    मोरङ/ उत्तरी मोरङको लेटाङ–१, राजारानीमा कुनै समय बाँझै रहेको जमिन अहिले हराभरा केराघारी बनेको छ । लेटाङ–१ का किसानले व्यावसायिक रूपमा भोटाङे (स्थानीयका अनुसार) जातको केरा खेती गर्न थालेपछि राजारानी क्षेत्रमा प्राकृतिक हरियाली थपिएको छ । किसानले केरा बेचेर वार्षिक ५० हजारदेखि छ लाख रुपियाँसम्म आम्दानी लिइरहेका छन् । छ वर्षअघि ५० वटा बिरुवा रोपेर केराको व्यावसायिक खेती सुरु गर्नुभएका लेटाङ नगरपालिका–१ का वडाध्यक्षसमेत रहनुभएका विष्णुकुमार मगरका अनुसार केरा खेतीमा ठुलो खर्च छैन । हाल १२ रोपनीको केरा खेतीबाट वार्षिक छ लाख रुपियाँ आम्दानी लिइरहनुभएका मगरले थप १० रोपनीमा केरा खेत

    • प्रकाशित मितिः साउन २०, २०८३
    • १७८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोरङमा जबरजस्ती करणी आरोपमा महिला सहित तीन जना पक्राउ

    धरान/ मोरङ प्रहरीले जबरजस्ती करणी आरोपमा एक महिला सहित तीन जनालाई पक्राउ गरेको छ। मोरङको लेटाङस्थित एक होटलमा २१ वर्षीया युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई पुरुष र एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–१० का ३८ वर्षीय डम्बर खतिवडा, विराटनगर महानगरपालिका–५ का २५ वर्षीय सोनुमा लिम्बू र केराबारी गाउँपालिका–८ का ५० वर्षीय कमलबहादुर आले मगर रहेका छन्। प्रहरीले खतिवडामाथि जबरजस्ती करणी गरेको तथा लिम्बू र आले मगरमाथि घटनामा मतियारको भूमिका निर्वाह गरेको आरोप लगाएको छ। प्रहरीका अनुसार साउन १७ गते मध्यराति लेटाङ नगरपालिका–१ स्थित हा

    • प्रकाशित मितिः साउन १९, २०८३
    • ४७५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डिपो बास्केटबलको उपाधि प्रभातलाई

    धरान/ डिपो माध्यमिक विद्यायलयले आयोजना गरेको पाँचौं अन्तर विद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कपको उपाधि प्रभात सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुल धरानले उचालेको छ । प्रभातले इटहरीका पाराडाइज बोर्डिङ स्कुललाई ३८–३० अङ्कले पराजित गर्यो ।  प्रतियोगिताको चार क्वाटर खेलमा प्रभातले ५–४, १०–११, ७–३, १६–१२ अङ्कले पाराडाइजलाई पराजित गरेको थियो । उपाधिसहित प्रभातले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पर्यो भने उपविजेता पाराडाइजले १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए । खेलमा म्यान अफ द म्याच प्रभातका नेमसाङ मगर घोषित भए ।&n

    • प्रकाशित मितिः साउन १९, २०८३
    • ८७२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा १ हजार ८ सय लागूऔषध चक्कीसहित दुई युवा पक्राउ

    धरान/  सुनसरीको धरान उपमहानगरपालिका–११ बानडाँडा लाइनबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ। मंगलबार दिउँसो करिब २ बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको गस्ती टोलीले शंकास्पद अवस्थामा पैदल हिँडिरहेका धरान–११ का ३१ वर्षीय डिकेन्द्र तामाङ र धनकुटाको पाख्रिबास नगरपालिका–५ का २० वर्षीय प्रजोल राईलाई रोकी खानतलासी गरेको थियो। तलासीका क्रममा उनीहरूको साथबाट डी–साइक्लो (DCYCLO) ९०० पिस र ट्रामोल (TRAMOL) ९०० पिस, गरी १ हजार ८ सय लागूऔषध चक्की फेला परेको प्रहरीले जनाएको छ। दुवै जनालाई बरामद

    • प्रकाशित मितिः साउन १९, २०८३
    • ७६६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पुरा होला त जनयुद्धकी ‘सन्ध्या’ को मन्त्री सपना ?

    धरान/ फेरि दसौ पटक कोशी प्रदेश सरकार पुनर्गठनको चर्चा चुलिएको छ । तर दुई कम्युनिष्ट पार्टीहरु एमाले र नेकपाको हुने सरकार पुनर्गठनमा सत्ता समीकरण, दलगत सन्तुलन, क्षेत्रीय प्रतिनिधित्व र लैङ्गिक समावेशिताको बहससँगै अर्को एउटा प्रश्न झन् गम्भीर प्रश्न चर्चामा छ— कोशी प्रदेशमा अहिलेसम्म दलित समुदायबाट एक जना पनि विभागीय मन्त्री किन नियुक्त भएनन् ? कोशी प्रदेश सभाको दोस्रो कार्यकालसम्म आइपुग्दा पटक–पटक सरकार फेरियो । मन्त्रीहरू फेरिए । मन्त्रालय बाँडिए । तर संविधानले प्रत्याभूत गरेको समावेशी प्रतिनिधित्व व्यवहारमा देखिएन । प्रदेश सभाको नौ बर्षको यात्रामा दलित समुदायबाट निर्वाचित सांसदह

    • प्रकाशित मितिः साउन १९, २०८३
    • ९७२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उपचारकै क्रममा निभ्यो रवीन्द्रको जीवन, देवानगञ्ज घटनामा शोक थपियो

    धरान/  सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनामा घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। घाइतेमध्ये देवानगन्ज–३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको उपचारका क्रममा मंगलबार काठमाडौंस्थित टिचिङ अस्पतालमा मृत्यु भएको हो। रवीन्द्र मेहेताको मृत्युसँगै सुनसरी घटनापछि सुरु भएको आन्दोलनसँग सम्बन्धित मृत्यु हुनेको संख्या चार पुगेको छ। सिरहामा भएको आन्दोलनका क्रममा गणेश यादवको पनि मृत्यु भएको थियो। रवीन्द्रलाई प्रारम्भिक उपचारपछि विराटनगरको विराट नर्सिङ होमबाट गत शुक्रबार थप उपचारका लागि एयर एम्बुलेन्समार्फत काठमाडौं लगिएको थियो। उपचारकै क्रममा मंगलबार बिहान उनको मृत्

    • प्रकाशित मितिः साउन १९, २०८३
    • १४७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खोलाले छोरा बगाएपछि आमा पनि झुन्डिएको अवस्थामा मृत फेला

    इलाम/ इलामको माइजोगमाई गाउँपालिका–२ मा अत्यन्तै दुःखद घटना भएको छ। खोल्सोमा आएको बाढीले छोरा बगाएर मृत्यु भएपछि शोक सहन नसकेर आमाले पनि झुन्डिएर आत्महत्या गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। स्थानीयका अनुसार हिजो(साेमबार( विद्यालयबाट घर फर्किरहेका एक बालक खोल्सोमा आएको बाढीले बगाउँदा उनको ज्यान गएको थियो। त्यसपछि बालककी ३८ वर्षीया आमा अमृता लेप्चा खत्री सम्पर्कविहीन भएकी थिइन्। स्थानीयवासी प्रदीप खड्काका अनुसार रातभर खोजी गर्दा उनी फेला परेकी थिइनन्। आज बिहान भने घरनजिकै झुन्डिएको अवस्थामा उनको शव फेला परेको हो। प्रारम्भिक रूपमा छोराको मृत्युको पीडा सहन नसकेर उनले आत्महत्या

    • प्रकाशित मितिः साउन १९, २०८३
    • ४४७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डिपो बास्केटबलको फाइनलमा प्रभात र पाराडाइज भिड्ने

    धरान/ डिपो माध्यमिक विद्यालयद्वारा आयोजित पाँचौं अन्तरविद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कप प्रतियोगिताको उपाधि भिडन्त तय भएको छ। रोमाञ्चक सेमिफाइनल पार गर्दै प्रभात सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुल, धरान र पाराडाइज बोर्डिङ स्कुल, इटहरी फाइनलमा प्रवेश गरेका छन्। पहिलो सेमिफाइनलमा प्रभातले हिमालयन मेघा एकाडेमी, धरानलाई ४७–४६ को अत्यन्तै प्रतिस्पर्धात्मक अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गर्यो। चार क्वाटरको खेलमा प्रभातले १५–१०, ४–१५, २०–१३ र ८–८ अङ्क जोड्दै एक अङ्कको रोमाञ्चक जित निकाल्यो। प्रभातका नेमसाङ मगर खेलको म्यान अफ द म्याच घोषित भए।

    • प्रकाशित मितिः साउन १८, २०८३
    • ७४० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कन्काईमा पिकअपको ठक्करबाट वृद्धको मृत्यु

    झापा/ झापाको कन्काई नगरपालिका–४ कोटिहोमस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार बिहान भएको सवारी दुर्घटनामा एक वृद्धको मृत्यु भएको छ। बिहान करिब ६:३० बजे दमकतर्फबाट बिर्तामोड आउँदै गरेको मे.१.च.५१०४ नम्बरको पिकअपले दक्षिणबाट उत्तरतर्फ सडक पार गर्दै गरेका कन्काई–४ निवासी अन्दाजी ७०–७५ वर्षीय प्रल्हाद शिवाकोटीलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका शिवाकोटीको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो। इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी निरीक्षक रवि राईको नेतृत्वमा खटिएको टोलीले तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको थियो।

    • प्रकाशित मितिः साउन १८, २०८३
    • १६४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved