कन्काईमा पिकअपको ठक्करबाट वृद्धको मृत्यु

  • साउन १८, २०८३
  • कोशीपत्र/संवाददाता
alt -साङ्केतिक तस्बिर

झापा/ झापाको कन्काई नगरपालिका–४ कोटिहोमस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार बिहान भएको सवारी दुर्घटनामा एक वृद्धको मृत्यु भएको छ।

बिहान करिब ६:३० बजे दमकतर्फबाट बिर्तामोड आउँदै गरेको मे.१.च.५१०४ नम्बरको पिकअपले दक्षिणबाट उत्तरतर्फ सडक पार गर्दै गरेका कन्काई–४ निवासी अन्दाजी ७०–७५ वर्षीय प्रल्हाद शिवाकोटीलाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका शिवाकोटीको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो। इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी निरीक्षक रवि राईको नेतृत्वमा खटिएको टोलीले तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको थियो।

तर बिहान करिब ७:५० बजे अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्। मृतकको शव पोस्टमार्टमका लागि अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि पिकअप सडक छेउको बालुवामा फसेको र जेसीबीको सहायताले निकाल्ने प्रयास गरिएको थियो। पिकअप इलामको सूर्योदय नगरपालिका–३ निवासी ३३ वर्षीय अरुण शर्माले चलाइरहेको खुलेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ।

९१५ किलो गाँजासहित च ...

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सह ...

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

कारागारको गेटमै समात ...

धरान/मोरङको विराटनगरस्थित कारागारमा लागुऔषध छिराउन खोज् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved