ताप्लेजुङ/ ताप्लेजुङको सिरिजंघा गाउँपालिका–५ स्थित काबेली खोलामा नुहाउने क्रममा बेपत्ता भएका राजेन्द्र बुढाथोकिको शव फेला परेको छ । काबेली खोलामा नुहाउने क्रममा ६ दिनदेखि बेपत्ता बुढाथोकिको शव सशस्त्र प्रहरीको गोताखोरले घटनास्थलभन्दा करिब ५० मिटर पर ७० फिटको गहिराईबाट निकालेको सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापा जानकारी दिए । सोही गाउँपालिकाको पेदाङ बस्ने ४५ वर्षीय बुढााथोकी यही मङ्सिर १९ गते नुहाउने क्रममा बेपत्ता भएका थिए । उनको शव खोलाको दहमा बालुवाले पुरिएको अवस्थामा मङ्गलबार फेला पारेको हो । घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी
धरान/ धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हातामा रहेको गल्फ कोर्स पूर्वी नेपालका गल्फ प्रेमिका लागि आकर्षण केन्द्र बन्दै गएको छ । धरान गल्फ क्लबका अनुसार उक्त कोर्समा धरान, इटहरी, विराटनगरलगायत पूर्व क्षेत्रका साथै पोखरा र काठमाडौँबाट पनि गल्फ खेल्न आउने गरेका छन् ।हाल यहाँ विभिन्न ठाउँबाट दैनिक ४० देखि ५० भन्दा बढी गल्फ खेल्न आउने गरेका क्लबका अध्यक्ष हरिबहादुर राईले बताए । उनका अनुसार क्लबमा अहिले ८० जना सदस्य आबद्ध छन् ।सन् १९६२ मा स्थापना भएको उक्त गल्फ कोर्सले स्थानीयस्तरमा खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेलेको राईको भनाइ छ । क्लबमा २०७३ सालदेखि गल्फ खेल्दै आए
धरान/ व्यापार व्यवसाय धरासायी बन्दै गएको धरानमा बिजनेस एक्सपो हुने भएको छ । धरानको आर्थिक गतिविधिलाई चलायमान बनाउन टेवा दिने उद्धेश्यले आगामी माघमा १४ दिने ‘बिजनेस एक्स्पो’ आयोजना हुने आयोजक नेपाल उद्योग व्यवसायी महासंघले जनाएको छ । महासंघका अध्यक्ष समेत रहेका शिवराज श्रेष्ठका अनुसार धरान १६ स्थित रङ्गशालामा माघ २६ देखि फागुन १० गतेसम्म एक्स्पो आयोजना हुनेछ । एक्स्पोमा साना घरेलु, मझौला तथा ठूला उद्योगका उत्पादन, स्थानीय कृषि उपज, तयारी पोसाक, रत्न तथा आभूषण, जुत्ताचप्पल, साजसज्जाका सामग्री, खाना महोत्सव, पुष्प व्यापार, कृषि औजार, विद्युतीय उपकरण, औद्योगिक प्रदर्शनी समावेश ग
इटहरी/ इटहरीमा एक दम्पतीले धेरै जनाबाट सापटी पैसा मागेर सापटी पैसा दिनेहरुको विजोग बनाएका छन् । सुनसरीको इटहरी १३ शान्ति टोल स्थित ४९ वर्षीय रमेश तिवारीले विभिन्न मितिमा छरछिमेक सहित साथीभाईबाट विभिन्न बहानामा पैसा सापटी लिएर फिर्ता नगरेपछि सापटी पैसा दिनेहरुको बिजोग भएको हो । तिवारीले मोरङको गछियामा भाँडा पसल गर्दै आकर्षक व्याज दिने बाहानामा धेरै जनासँग पैसा सापटी लिएर फिर्ता गरेका छैनन् । करिब दुई वर्षअघिदेखि पैसा सापट लिएका उनी पाँच महिनायता पसल बन्द गरेर घरमा पनि ताल्चा लगाएर फरार भएका छन् । इटहरी १३ की चन्द्रकला खतिवडाले विभिन्न मितिमा तिवारीलाई ११ लाख रुपैयाँ ऋण दिइन् । ‘मैल
काठमाण्डौं । दुर्योधन बस्नेतको अध्यक्षतामा १७ सदस्यीय नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एअरपोर्ट ट्याक्सी इकाई कमिटी गठन भएको छ । संगठनको १२ औं स्थापना दिवस र पाचौँ अधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो । कमिटीको उपाध्यक्षमा रमेश कुँवर, सचिव कमल पोखरेल, सहसचिव नैनराज कठायत र कोषाध्यक्ष कृष्ण बस्नेत चयन भएको हो । कमिटीका सदस्यहरुमा सुरेश लामा, अम्बरबहादुर सुनुवार, मनोज कुमार दाहाल, राजन खत्री, अर्जुन थापा, रोशन खड्का, रणबहादुर कार्की, धनबहादुर थापा मगर, लालबहादुर थापा मगर, मनोज थापा र अनिल सिलवाल रहेकाछन् । कमिटीको सल्लाहकारहरुमा कविराज थापा, ठेटबहादुर क
धरान । धरानका पत्रकार गोपाल दाहाललाई धरानका मेयर हर्क साम्पाङका समर्थकले फेरी ज्यानको धम्की दिएको छ । खोज पत्रकारिता केन्द्रको खोजमूलक समाचार ‘हिमाल खबर’मा प्रकाशित गरेका गोपाल दाहाललाई धरानका नगर प्रमुख हर्क साम्पाङका समर्थकले ‘ज्यान’को धम्की दिएपछि नेपाल पत्रकार महासङ्घले मङ्गलवार इलाका प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ ।प्रमुख साम्पाङले समाचारको विषयमा पत्रकार दाहाल र पत्रकार महासङ्घका सभापति जनकऋषि राईलाई धम्कीपूर्ण भाषामा गाली गलौज गरेपछि सुनसरीका पत्रकार आन्दोलित छन् । उनीहरूले इलाका प्रहरी कार्यालयमा शान्ति सुरक्षाको माग गर्दै निवेदन दिएका छन् भने ग
धरान/ नयाँ शैक्षिक सत्रमा भर्ना भई अध्ययनरत विद्यार्थीहरुलाई धरान–१२ स्थित एम्स एकेडेमी कक्षा–१२ का बिद्यार्थीले स्वागत गरेका छन् । त्यहाँ गत सालमा भर्ना भई दोश्रो बर्षमा अध्ययन गर्ने कक्षा–१२ का बिद्यार्थीहरुले स्वागत गरेका हुन् । स्वागत कार्यक्रम धरान १५ स्थित शिक्षा माविको सदन सभा हलमा भएको हो । कार्यक्रममा सुमेधा एजुकेसन कन्सल्टेन्सी नेट्वर्क प्रा.लि. का कार्यकाी निर्देशक सिइओ सुरेन्द्र घिमिरेले प्रयोगात्मक शिक्षामा जोड दिनु पर्ने बताउँदै स्वदेशमा नै अध्ययन गर्न उत्पे्ररणा जगाएका थिए । कार्यक्रममा एकेडेमीका प्रीन्सिपल सन्तोष कोइराला, म्यानेजमेन्ट कोअर्डिनेटर
सुनसरी/ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका विकासका चाहना कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ आफ्नो पार्टीको ध्यान केन्द्रित भएको बताएका छन्। माओवादी केन्द्रको ध्यान सरकार परिवर्तनतर्फ नभई जनताका विकासका आकाङ्क्षा कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित रहेको उनको भनाइ छ। ‘हाम्रो ध्यान सरकारतिर छैन, हाम्रो ध्यान जनतातिर छ। जनतालाई परिचालन गर्नेतर्फ नै छ। सरकारका कामको खबरदारी गरिररहन्छौं,’ उनले भने। फरक प्रसङ्गमा उनले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ ९बिआरआई० नेपालको हितमा रहेको बताए। चीन र अमेरिका अहिल
धरान/ सुनसरीको भोक्राहानरसिँह गाउँपालिका–८ सोनियाहीस्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले करिब ६४ किलोग्राम गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ । नेपालबाट भारततर्फ लैजाँदै गरेको उल्लेखित परिमाणको गाँजा सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरि मातहत बोर्डर आउट पोस्ट उल्टीले सोमबार बरामद गरेको हो ।गाँजा ल्याउने व्यक्तिहरु भने सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै गाँजा सोही ठाउँमा छाडी फरार भएको प्रहरीले जनाएको छ । यस अघि सोही गण मातहत बिओपी साहेबगंजले बर्जु गाउँपालिका–६ स्थित चिम्डी बजारबाट करिब ३५ किलोग्राम गाँजासहितको अटो नियन्त्रणमा लिएको थियो । यसैगरी मंसिर २२ गते सोही जिल्
धरान/ स्थानीय सरकारप्रमुखले प्रेस स्वतन्तताको हनन गरेको विषयमा चरणवद्ध आन्दोलनमा होमिएका सुनसरीका पत्रकारहरुले सोमबार धरानमा मौन र्याली प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ सुनसरीको आयोजनामा सुनसरीका पत्रकारहरुले धरान उपमहानगरपालिकाका मेयर हर्क राज राईले आफ्नो विरुद्ध आएको समाचारको प्रसंगलाई लिएर आफ्नै फेसबुक फेच ‘हर्क साम्पाङ ए रेभुलेसन’ द्वारा सार्वजिनक रुपमा धाकधम्कीकै भाषामा अस्लिल शब्द लेखेपछि आन्दोलित पत्रकारहरुले मौन र्यालीको आयोजना गरेका हुन् ।कानुनी उपचारसँगै सुरक्षाको माग गर्दै आएका पत्रकारहरुले भने मौन र्याली निकालेका हुन् । मौन र्याली धरा