कर कार्यालयको व्यवसायलाई चिठ्ठी आतंक

  • फागुन ८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ आन्तरिक राजस्व कार्यालय धरानले धरानका व्यापारी तथा व्यवसायीहरुलाई अनावश्यक दुःख दिने अभिप्रायले चिठ्ठी आतंक मच्चाएपछि अहिले धरानका व्यापारी व्यवसायीहरु त्रसित बनेका छन् ।

यही विषयलाई लिएर व्यापारीहरुको साझा संस्था उद्योग वाणिज्य संघ धरानमा सर्वपक्षीय छलफल समेत राखिएको थियो ।

आन्तरिक राजस्व कार्यालय धरानले मेनुअल सिस्टमलाई अपग्रेट नगरी आफूखुशी लाखौ रुपैयाँ कर दाखिला गर्न बाँकी रहेको भन्दै मनपरी ढंगले रकम उल्लेख गरी व्यवसायीहरुलाई रकम दाखिलाका निम्ति यतिबेला चिठ्ठी आतंक नै मच्चाएको छ ।

आन्तरिक राजस्व कार्यालयमा पान वा भ्याटमा दर्ता नगरिएको अवधि समेत उल्लेख गरी आइटी सिस्टम भन्दा अगाडिका बर्षहरु समेत उल्लेख गरी लाखौ रकम बुझाउन यतिबेला धरानका व्यवसायीहरुलाई पत्राचार गरिएपछि व्यवसायी आतंकित भएका हुन् ।

यही विषयलाई लिएर उद्योग वाणिज्य संघ धरानले व्यापारी व्यवसायीहरुबीच छलफल समेत चलाएको छ ।

सो अवसरमा बोल्दै सुनसरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् मोहनकाजी शाक्यले कर कार्यालयले व्यवसायीलाई करको नाममा अनावश्यक दुःख दिने गरेको गुनासो पोखे ।

कर क्लिरियन्स गरेको प्रमाण लिइसक्दा पनि अहिले कर कार्यालयले २०५८ सालदेखिको बाँकी बक्यौता देखाएर व्यापारीहरुलाई चिठ्ठी पठाएर आतंक मच्चाएकौ बताउदै उनले कार्यालय प्रमुख आएपिच्छे कर असुल गर्न बाँकी रहेको भन्दै चिठ्ठी पठाएर त्रास फैलाउने काम गरेको बताए ।

विगतमा पनि कार्यालय प्रमुखहरु परिवर्तन हुदा यस्तै नियति भोगेका व्यापारी व्यवसायीहरुले एक बर्ष अगाडि गत माघमा कार्यालय प्रमुखको रुपमा आएका बृद्धिप्रसाद आचार्य आएपछि पुन चिठ्ठी आतंक मच्चिएको व्यवसायीहरुले गुनासो गरेका छन् ।

यस्तै सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले २०८०/०८१ म कर चुक्ता गरेका व्यवसायीहरुलाई समेत २० बर्ष अगाडिको बाकी बक्यौता रहेको आन्तरिक राजस्व कार्यालयले पत्र काटेर व्यवसायीहरुलाई आतंकित बनाउने काम गरेको बताए ।

उनले बुझाउन बाँकी हुनेलाई पत्र आउनु स्वाभिक भए पनि बुझाइसकेर कर चुक्ताको प्रमाण लिइसकेकाहरुलाई समेत पत्र काटेपछि व्यापारीहरु आतंकित बनेको बताए ।

यता अडिटरहरुले २०५८ सालदेखिको व्यवसायिक फर्म दर्ता देखिएका तर कारोबार भएको छ छैन भन्ने कुराको जानकारी नै नलिईकन पत्र काटेको भएपनि व्यापारीहरु त्रसित हुनुपर्ने अवस्था नरहेको बताएका छन् ।

अडिटर पञ्कज आचार्यले ०६४ सालभन्दा अगाडि तिरेको राजस्व अनलाइन सिस्टममा नदिखिने र अहिले आएर २० बर्ष अगाडिको पैसा बुझाएन भनेर चिठ्ठी पठाउनु जायज नभएको बतााए ।

यस सम्बन्धमा कार्यालय प्रमुख बुद्धिप्र्रसाद आचार्यसँग सम्पर्क राख्दो पुराना फाइल सिस्टममा अपग्रेड गर्न सम्भवै नभएको बताए । पत्र काट्न मिल्ने वा नमिल्ने भन्ने सम्बन्धमा उहाँले कुनै जवाफ दिनुभएन ।

कर कार्यालयले सम्बन्धित वडा कार्यालयमार्फत सम्बन्धित व्यापारीहरुलाई कर तिर्न बाकी बक्यौता रहेको भन्दै पत्र पठाउने काम गरेको छ । व्यापारीहरुले प्रत्येक बर्ष अडिट गराउनुपर्ने प्रावधान हुन्छ त्यसबेला अनिवार्य कर क्लिरियन्स गर्नुपर्छ ।

तर कर क्लियरेन्स लिएकाहरुलाई पनि अनलाइन सिस्टम नहुँदा देखिकै कर बक्यौताको पत्र काटेर गैर जिम्मेवारीपन देखाएको छ ।

यस्तो वेतिथिको निगरानी कस्ले गर्ने ?

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved