समाज

    Showing 1,971-1,980 of 6,821 items.
  • आजको खेल: १७ र २० नं. वडा आमनेसामने, ४ र १३ नं. वडाबीच प्रतिस्पर्धा

    धरान/ गोधुली रनिङ कप फुटबल प्रतियोगिता अन्तर्गत आज पहिलो खेलमा १७ नं. वडा र २० नं. वडाबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा ४ नं. वडा र १३ नं. वडाले आमनेसामने हुनेछन् । रात्रिकालीन प्रतियोगिताका यी खेलहरूमध्ये पहिलो खेल साँझ ५:३० बजे र दोस्रो खेल साँझ ७:३० बजे सुरु हुनेछ । यसअघि सोमबार सम्पन्न खेलमा १८ नं. वडा र ११ नं. वडा विजयी भएका छन् । १८ नं. वडाले १९ नं. वडालाई टाइब्रेकरमा ३–२ ले पराजित गर्दै प्रि-क्वाटर फाइनलमा स्थान सुरक्षित गरेको थियो । निर्धारित समयमा खेल २–२ को बराबरीमा सकिएको थियो । खेलको २३औं मिनेटमा १८ नं. वडाका प्रबल राईले गोल गर्दै अग्रता दिलाए पनि पहिलो ह

    • प्रकाशित मितिः चैत १२, २०८१
    • 695 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेताप्रति जनताको वितृष्णा बढ्दो, आन्तरिक शुद्धिकरण आवश्यक : नेता शर्मा

    धरान/  नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले पछिल्लो समय नेताहरूको कार्यशैलीप्रति जनताको वितृष्णा बढ्दै गएको बताएका छन्। पूर्व ऊर्जा तथा अर्थमन्त्रीसमेत रहेका शर्माले पूर्व राजाको गतिविधि बढेको प्रसंगलाई इंगित गर्दै, राजावादीभन्दा नेताहरूप्रति आक्रोशित जमात धेरै रहेको उल्लेख गरे। उनले विकल्प खोज्दैमा अधिकांश जनता राजाको पक्षमा रहेको नभएको दाबी गरे। माओवादी केन्द्र धरान उपमहानगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा शर्माले नेताहरूले अब आन्तरिक शुद्धिकरण गरेर अघि बढ्नुपर्ने बताए। संघीय गणतन्त्र स्थापनापछि भौतिक प्रगति भए पनि शिक्षा, स्व

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 712 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सङ्कटमा एमाले काँग्रेस एउटै रथका पाङ्ग्राः पोखरेल

    विराटनगर/  श्रमजीवि पत्रकारहरुको संगठन चौतारी नेपालको १०औं राष्ट्रिय महाधिवेशन आइतबार देखि विराटनगरमा सुरु भएको छ।महाधिवशनको विराटनगरमा महासचिव शंकर पोखरेलले महाधिवेशन उद्घाटन गरेका छन्। आइतबारदेखि शुरु भएको तीन दिवसीय महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने चयन गर्ने छ । चौतारीका केन्द्रीय सचिव विक्रम लुइँटेलका अनुसार देशभरबाट ९०० प्रतिनिधिहरू महाधिवेशनमा सहभागी हुन विराटनगर आइपुगेका छन्। चौतारीको अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष राजेश राई र गणेश पाण्डे प्रतिस्पर्धामा छन्।हालै एमालेको प्रचार सचिवमा नियुक्त भएका पाण्डेले उक्त पदबाट राजीनामा दिएर अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्।राई

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 549 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दै

    काठमाडौं/  प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज अपराह्न ४ बजे बस्ने भएको छ। बैठकमा संक्रमणकालीन न्याय र अन्य समसामयिक विषयहरूमा छलफल हुने छ। प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको बैठक बस्न लागेको हो। राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै राजावादी समूहहरू सक्रिय बन्दै गएपछि प्रमुख दलका नेताहरूको संयुक्त बैठक बस्न लागेको यो पहिलो पटक हो। प्रधानमन्त्री ओलीका संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेलका अनुसार बैठकको मुख्य एजेन्डा संक्र

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 541 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गोधुली रनिङ कप : १४ नं. र ४ नं. वडा विजयी

    धरान/२५ औं संस्करणको गोधुली रनिङ कप फुटबल प्रतियोगितामा आइतबार सम्पन्न खेलमा १४ नं. वडा र ४ नं. वडा विजयी भएका छन्। धरानमा जारी रात्रिकालीन प्रतियोगिताअन्तर्गत पहिलो खेलमा १४ नं. वडाले ९ नं. वडालाई २–१ को झिनो अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ। १४ नं. वडाका निमेष तामाङले खेलको १६ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। दोस्रो हाफको १० औं मिनेटमा उनले नै व्यक्तिगत दोस्रो गोल थप्दै टिमको अग्रता दोब्बर बनाए। खेलको अन्तिम मिनेटमा ९ नं. वडाका लेशन राईले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। म्यान अफ द म्याच १४ नं. वडाका निमेष तामाङ घोषित भए। त्यस्तै, दोस्रो खे

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 618 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा किरात सिरिजङ्गा लिपि प्रशिक्षण सुरु

    धरान/ ‘किरात सिरिजङ्गा लिपि’ प्रशिक्षण आज (शनिबार) देखी धरानमा सुरु भएको छ । किरात राई यायोक्खा धरान उपमहानगर समितिको आयोजनामा धरान–१० स्थित यलम्बर सग्राहलय भवनको सभाहलमा प्रशिक्षण सुरु भएको हो । दुई दिनसम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा प्रशिक्षण कार्यक्रममा धरानका विभिन्न किराया वडा कार्यसमिति, भाषिक, भातृ सस्थाबाट ४० जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको किराया नगर सचिब गिता राईले जानकारी दिइन् । प्रशिक्षण कार्यक्रमको सहजिकरण किरात प्रज्ञा परिषद्का सदस्य एबम किरात सिरिजङ्गा लिपि कार्यदल सदस्य गणेश वाम्बुले राईले गरिरहेका छन् । प्रशिक्षण कार्यक्रमको उद्घाटन धरा

    • प्रकाशित मितिः चैत १०, २०८१
    • 563 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपी प्रतिष्ठानमा फेरी लफडा , जुम्ल्याहा बच्चा गर्भमै चिकित्सकले मारेको आरोप

    धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जुम्ल्याहा बच्चाको गर्भमै चिकित्सकको लापारवाहीका कारण मृत्यु भएको आरोप आफन्त जनले लगाएका छन् । प्रतिष्ठानमा धरान १५ की ३० बर्षीया सबिना श्रेष्ठको जुम्ल्याहा बच्चा गर्भमै चिकित्सकको लापारवाहीका कारण मृत्यु भएको आरोप आफन्तजनले लगाएका हुन् । सुत्केरी व्यथाले थलिएपछि चिकित्सकको सल्लाह बमोजिम श्रेष्ठ शुक्रबार अस्पताल भर्ना भएकी थिएन् । शनिबार अस्पतालमा उनको जुम्ल्याहा बच्चा मध्ये एउटा बच्चा गर्भमा एउटा वच्चाको मृत्यु भएको भने्र चिकित्सकले बताएका थिए भने अर्को बच्चा ज्यूँदै रहेको भनी अप्रेसन गरेका थिए । तर अप्रेसन गर्दा पेटमा दुवै बच्चा

    • प्रकाशित मितिः चैत १०, २०८१
    • 1,649 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसियाली राजमार्ग स्तरोन्नति सुस्त, १५ प्रतिशत मात्र प्रगति

    झापा/  एसियाली राजमार्गअन्तर्गत काँकडभिट्टादेखि पाडाजुँगीसम्म निर्माणाधीन पूर्व-पश्चिम राजमार्गको ४५ किलोमिटर पूर्वी खण्डको स्तरोन्नति कार्य सुस्तगतिमा भइरहेको छ। एसियाली विकास बैंक (ADB) को सहयोगमा सडक विभागको आयोजना निर्देशनालयले ठेक्कामार्फत उक्त खण्डको स्तरोन्नति गरिरहेको हो। एभ्रास्कन कालिका जेभीले निर्माणको ठेक्का पाए पनि हालसम्म सडक स्तरोन्नतिको प्रगति १५ प्रतिशत मात्र रहेको काँकडभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड) दमक कार्यालयका आयोजना प्रमुख ई. सुनिलबाबु पन्तले बताए। उनका अनुसार तोकिएको समयअनुसार हालसम्ममा कम्तीमा २० प्रतिशतभन्दा बढी प्रगति भइसकेको हुनुपर्ने थियो। ढिला

    • प्रकाशित मितिः चैत १०, २०८१
    • 742 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रेस चौतारीको १०औं राष्ट्रिय महाधिवेशन विराटनगरमा सुरु, नयाँ नेतृत्व चयन हुँदै

    विराटनगर/  नेकपा (एमाले) निकट पत्रकार संगठन प्रेस चौतारी नेपालको १०औं राष्ट्रिय महाधिवेशन आज (आइतबार)देखि विराटनगरमा सुरु भएको छ। विराटनगरको होटल मनास्लु इनमा महासचिव शंकर पोखरेलले महाधिवेशन उद्घाटन गरेका छन्। तीन दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ। चौतारीका केन्द्रीय सचिव विक्रम लुइँटेलका अनुसार देशभरबाट ९०० प्रतिनिधिहरू महाधिवेशनमा सहभागी हुन विराटनगर आइपुगेका छन्। महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने तय भए पनि अन्तिम समयमा उनी अनुपस्थित भएपछि महासचिव पोखरेलले उद्घाटन गरेका हुन्। पोखरेल शनिबार नै विराटनगर आइपुगेका

    • प्रकाशित मितिः चैत १०, २०८१
    • 516 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भरौल गोल्डकप : द योङ ब्रदर्स इटहरीको ऐतिहासिक उपाधि

    चतरा/ भरौल गोल्डकपको आठौं संस्करणमा द योङ ब्रदर्स क्लब इटहरीले आफ्नो नाम स्वर्ण अक्षरले लेख्न सफल भएको छ। नेपाल पुलिस फुटबल क्लबलाई टाइब्रेकरमा ३-१ गोल अन्तरले पराजित गर्दै योङ ब्रदर्सले पहिलो पटक प्रतिष्ठित उपाधि उचाल्यो। गोलरहित संघर्ष, टाइब्रेकरमा निर्णय दुवै टोलीबीचको खेल निकै प्रतिस्पर्धात्मक रह्यो। निर्धारित ९० मिनेट र अतिरिक्त समयसम्म कुनै पनि टोलीले गोल गर्न सकेन। पेनाल्टी सुटआउटमा नेपाल पुलिस क्लबका खेलाडीहरूको कमजोर प्रदर्शनको फाइदा उठाउँदै योङ ब्रदर्सले ३-१ को सहज जित निकाल्यो। विजेताको गौरवशाली यात्रा उपाधिसँगै योङ ब्रदर्स क्लबले नगद ४ लाख रुपैयाँ, ट्रफी र मेडल हात पार्यो

    • प्रकाशित मितिः चैत १०, २०८१
    • 736 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved