समाज

    Showing 1,841-1,850 of 6,821 items.
  • धरानमा स्कार्पियो गाडीबाट ३०० केजी गाँजा बरामद

    धरान/ धरानमा एक बेवारिसे अवस्थामा भेटिएको स्कार्पियो गाडीबाट प्रहरीले ठूलो मात्रामा लागूऔषध गाँजा बरामद गरेको छ। गोप्य सूचनाको आधारमा लागुऔषध ओसारपसार भइरहेको खबर पाएपछि अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको टोलीले धरान उपमहानगरपालिका–१३ स्थित जिरोपोइन्ट चोकमा शुक्रबार राति चेकजाँच गरेको थियो। सुनसरी प्रहरीका अनुसार राति करिब ९ बजे चिण्डेडाँडा हुँदै कृषिबजारतर्फ जाँदै गरेको खैरो रङको को.१च.७३३५ नम्बरको स्कार्पियो गाडी जिरोपोइन्ट चोकमा चालकविहीन अवस्थामा फेला परेको हो। गाडी जाँच गर्दा पछाडिको सिटमा राखिएका कालो प्लास्टिकका १० वटा पोका फेला परेका थिए। ती सबै पोकामा गरेर करिब ३०० केजी गाँ

    • प्रकाशित मितिः वैशाख १३, २०८२
    • 1,692 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा मनमोहन अधिकारीको स्मृति दिवस मनाइयो

    धरान/ नेपालका प्रथम निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री तथा जनप्रिय नेता मनमोहन अधिकारीको २५औं स्मृति दिवसका अवसरमा नेकपा (एमाले) धरान उपमहानगरपालिका–१५ ले विशेष कार्यक्रम आयोजना गरी उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। श्यामचोकमा रहेको अधिकारीको सालिकमा माल्यार्पण गर्दै आयोजित कार्यक्रममा प्रमुख अतिथि नेकपा (एमाले) केन्द्रीय सल्लाहकार समिति सदस्य तथा कोशी प्रदेशका पूर्वसभामुख प्रदीप भण्डारीले धरानसँग मनमोहन अधिकारीको आत्मीय सम्बन्धको स्मरण गरे। भूमिगत राजनीतिका बेला धरानलाई सेल्टर बनाएर उहाँले राजनीतिक गतिविधि सञ्चालन गरेको उनले बताए। भण्डारीका अनुसार २०५१ सालमा प्रधानमन्त्री बन्नु भ

    • प्रकाशित मितिः वैशाख १३, २०८२
    • 545 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ४० सेकेन्डको कम्पन, जीवनभरको तरंग

    २०७२ साल बैशाख १२ गते, शनिबार। समय थियो ११:५६। धरानको दन्तकाली एफ.एम.को चौथो तलामा रहेको स्टुडियोमा म १२ बजेको समाचार प्रसारणको तयारी गर्दै थिएँ। स्क्रिप्ट तयार थियो, स्वरको ताल मिलाउँदै थिएँ। प्रसारण सुरु हुन चार मिनेट मात्रै बाँकी थियो—तर जीवनले चाहिँ अर्को प्रसारण सुरु गर्न लागेको रहेछ, जुन न स्क्रिप्टअनुसार थियो, न कुनै तालमा। अचानक भवन हल्लिन थाल्यो। सुरुमा सामान्य लाग्यो—तर त्यो केही सेकेन्डमै बर्बर आवाजमा परिणत भयो। स्टुडियोका पर्खाल, कुर्सी, उपकरण सबै हल्लिए। मेरो शरीरभन्दा पहिले मन लर्बरियो। खुट्टाले जमिन पक्रन सकेनन्, माइक समातिएको हात झुल्न थाल्यो। करिब ४० सेकेन्डसम

    • प्रकाशित मितिः वैशाख १२, २०८२
    • 708 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • माओवादी केन्द्रको ‘चुरे–तराई जनसाङ्गीतिक अभियान’ सुरु, गर्मीमा पनि जनता उत्साहित

    विराटनगर/ कोशी प्रदेश माओवादी केन्द्रले चुरे–तराईका जनतालाई लक्षित गर्दै ९ दिने ‘चुरे तराई जनसाङ्गीतिक अभियान’ सुरु गरेको छ। अभियानको बुधबार उदयपुरको कटारी बजारबाट भव्य सुरुआत गरिएको छ। अभियानको उद्घाटन माओवादी केन्द्रका उपमहासचिव तथा कोशी प्रदेश इञ्चार्ज हरिबोल गजुरेलले गरे। प्रदेश सचिवालयको निर्णयअनुसार सञ्चालनमा ल्याइएको अभियान अन्तर्गत हरेक दिन प्रदेशका विभिन्न ठाउँमा सांस्कृतिक कार्यक्रम गरिँदैछ। कार्यक्रम तालिका यस्ता छन्: वैशाख ११: उदयपुर, कटारी वैशाख १२: उदयपुर, गाइघाट वैशाख १३: उदयपुर, बेल्टार वैशाख १४: सुनसरी, धरान वैशाख १५: मोरङ, केराबारी व

    • प्रकाशित मितिः वैशाख १२, २०८२
    • 585 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • टिपरको ठक्करबाट एकको मृत्यु, हरैँचा बजार तनावग्रस्त

    विराटचोक/ मोरङको सुन्दरहरैँचा–१ हरैँचा बजारमा शुक्रबार बिहान टिपरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएपछि स्थानीय आक्रोशित बनेका छन्। घटना लगत्तै सडक अवरुद्ध गर्दै प्रदर्शन सुरु भएको छ। विराटचोकबाट विराटनगरतर्फ गइरहेको ना १ क ६२७० नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको प्रदेश १–०२–०५३ प ७०१० नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा सुनसरी दुहबी–९ का ४० वर्षीय महमद हासिम मियाँको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए। मृतकको शव सडकमा राखेर प्रदर्शनमा उत्रिएका स्थानीयले टिपरको आगजनी प्रयाससमेत गरेका छन्। भाला, लाठीसहित उत्रिएको भ

    • प्रकाशित मितिः वैशाख १२, २०८२
    • 2,562 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा १०२ किलो गाँजासहित एक पक्राउ, एक फरार

    इटहरी/  सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ स्थित जनता चोकबाट प्रहरीले १०२ किलोभन्दा बढी गाँजा बरामद गरेको छ। लागू औषध ओसारपसारमा संलग्न एक युवक पक्राउ परेका छन् भने अर्का फरार छन्। जिल्ला प्रहरी कार्यालय सुनसरी र चिरौलीचोक प्रहरी चौकीबाट खटिएको टोलीले बुधबार राति ८:४५ बजे गुप्त सूचनाका आधारमा भित्री सडकमा चलिरहेको दुई मोटरसाइकल रोकेर जाँच गर्दा गाँजासहित एक युवकलाई नियन्त्रणमा लिएको हो। पहिलो मोटरसाइकल (को ३७ प ८६३१) का चालक प्रहरीले संकेत गरेपछि सवारी छोडेर भागेका थिए। सो मोटरसाइकलमा एक बोरा र झोलाभित्र ४० किलो ४८० ग्राम गाँजा फेला परेको छ। त्यसपछि नजिकै जनता चोकबाट यादव

    • प्रकाशित मितिः वैशाख १२, २०८२
    • 1,174 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिरामीको मृत्युपछि नोबेल अस्पतालमा तोडफोड

    विराटनगर/ मोरङको कटहरी गाउँपालिका–१ का ४५ वर्षीय प्रमोद महतोको विषादी सेवनपछि निधन भएपछि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा हुलदंगा र तोडफोड भएको छ। गम्भीर अवस्थामा रहेका महतोको बिहीबार साँझ कोशी अस्पताल हुँदै नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेकै क्रममा राति ११ बजे निधन भएको हो। विष सेवन गरेको प्रारम्भिक पुष्टि भइसकेको छ भने उनकी पत्नी अनितादेवीले विष सेवनको कारण थाहा नभएको बताएकी छन्। मृत्युको खबर फैलिएसँगै शुक्रबार बिहान १:३० बजे दर्जनौं आफन्त र छिमेकी अस्पताल पुगेका थिए। उनीहरूले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै तोडफोड र ढुंगामुढा सुरु गरे। मोरङका प्रहरी प्रम

    • प्रकाशित मितिः वैशाख १२, २०८२
    • 1,457 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आजदेखि रोजगार मेला सुरु

    धरान। आजदेखि धरानमा रोजगारी मेला लाग्ने भएको  छ। उक्त मेलाबाट धरानका एक हजारभन्दा बढीले रोजगारीको अवसर पाउने भएका छन् । आज(विहीवार) र भोली (शुक्रबार) हुन लागेको आयोजक धरान उपमहानगरपालिकाले मंगलबार मेलाको तयारीबारे आयोजित पत्रकार सम्मेलनमा विभिन्न संघसंस्थाहरुबाट रोजगारीको आवश्यकता १०७८ जनाको प्राप्त भएको जानकारी दिएको छ ।  प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौगालाईका अनुसार कम्प्युटर अपरेटरदेखि लेखापाल, कुक, वेटर, पिसिएल नर्स, एएनएम, सिएमए, शिक्षक, फ्याक्ट्री मजदुर, हाउस किपिङ, मार्केटिङ एजेन्ट, मार्केटिङ मेनेजर, चालक, सुरक्षा गार्ड लगायत २२ प्रकारका रोजागरीको आवश्यकता प्राप्त भए

    • प्रकाशित मितिः वैशाख ११, २०८२
    • 597 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा युरोलोजीष्ट डाक्टरको अन्तराष्ट्रिय कार्याशाला : उपचारमा फड्को मार्दै विपी प्रतिष्ठान

    धरान । पिसाबसँग सम्बन्धित तथा मृगौलाको पत्थरी र मृगौला विग्रीएकोे उपचारका विषयमा धरान स्थित विपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा दुई दिने अन्तराष्ट्रिय कार्यशाला सम्पन्न भएको छ । दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुपाईन पिसीएनएल र ल्याप्रोस्कोपीक सर्जरी सम्बन्धि अन्तराष्ट्रिय स्तरको कार्यशाला सम्पन्न भएको हो । प्रतिष्ठानको सर्जरी बिभाग अर्न्तगत युरोलोजी डिभिजनको आयोजना तथा ब्यबस्थापनमा सम्पन्न कार्याशालाले प्रतिष्ठानमा युरोलोजी सम्बन्धि उपचारमा थप सहजता र हौसला प्राप्त भएको प्रतिष्ठानका युरोलोजी डिभिजन इन्चार्ज एसोसिएट प्रोफेसर रिकेशजंग कार्किले बताए ।

    • प्रकाशित मितिः वैशाख १०, २०८२
    • 1,662 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जिफन्टद्धारा आफ्ना सदस्यलाई २ लाख ९० हजार राहत प्रदान

    काठमाण्डौं । आफ्ना सदस्यहरुलाई मुटु, मृगौला, क्यान्सर, पक्षघात जस्ता गम्भिर प्रकृतिको रोग लाग्दा राहत उपलब्ध गराउने गरि नेपाल ट्रड युनियन महासंघ जिफन्टले सञ्चालन गर्दै आइरहेको ऐक्यबद्धता कोषको १९ औँ बैठकले १२ जना सदस्यहरुलाई २ लाख ९० हजार सहयोग गर्ने भएको छ । बुधबार कोषको बैठकले आफ्ना १२ जना सदस्यहरुलाई जनही २५ हजार रुपैयाका दरले र मृत्यु भएका एकजनालाई १५ हजार राहत सहयोग गर्ने निर्णय गरिएको जिफन्टका महासचिव लक्ष्मण शर्माले बताउनुभयो । जिफन्ट र घटक युनियनको नियमित सदस्यता नविकरण र शुल्क बुझाउने सदस्यहरुलाई मुटु, मृगौला, क्यान्सर, पक्षघात जस्ता गम्भिर प्रकारका रोगबाट पीडित र दिवंगतलाई राहत सह

    • प्रकाशित मितिः वैशाख १०, २०८२
    • 532 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved