धरानबाट इटहरी लादैगरेको २१०० किलो गाँजासहित मिनि ट्रक पक्राउ

  • असार ३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/धरानबाट इटहरीतर्फ ल्याउँदै गरिएको ठूलो मात्रामा गाँजासहित मिनि ट्रक प्रहरीले पक्राउ गरेको छ।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले सोमबार राति १ः३० बजे इटहरी उपमहानगरपालिका–२० तरहरा नजिकै कोशी लोकमार्गमा धरानबाट इटहरीतर्फ आउँदै गरेको ना. ५ ख ६११६ नम्बरको सेतो रंगको मिनि ट्रक जाँच गर्दा उक्त लागू औषध बरामद गरिएको हो।

प्रहरीका अनुसार ट्रकमा ४८ बोरा बन्दाकोबी र १२ बोरा आलुले छोपेर लुकाइ राखिएको अवस्थामा ७० बोरा गाँजा, कुल २१०० केजी (२.१ टन) फेला परेको छ।

घटनासँग सम्बन्धित तीन जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा ट्रक चालक धनकुटा सहिदभूमि गाउँपालिका–६ का ३२ वर्षीय राजेन्द्र राई, ट्रकमा सवार ३३ वर्षीय सुनिल राई र चेकिङका क्रममा शंकास्पद रूपमा आएका सुनसरी बराहक्षेत्र नगरपालिका–९ का ३४ वर्षीय सुमन राई छन्।

हाल बरामद गाँजा, ट्रक र पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय इटहरीमा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved