इजरायल–इरान तनावबीच विराटनगरका मेयर बंकरमा

  • असार २, २०८२
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ इजरायल भ्रमणमा रहेका विराटनगर महानगरपालिका मेयर नागेश कोइराला युद्ध संकटका बीच बंकरमा बस्न बाध्य भएका छन्।

इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको इरानी प्रत्याक्रमणका कारण उनीसहित विभिन्न देशका जनप्रतिनिधि सुरक्षाका लागि बंकरमा लुक्नु परेको हो।

मेयर कोइरालाले टेलिफोनमार्फत आफू इजरायलको राजधानी तेल अभिभबाट करिब ३० किलोमिटर टाढा रहेको सेफाइम सहरमा सुरक्षित रहेको जानकारी दिएका छन्। उनका अनुसार भ्रमण टोलीमा फिलिपिन्सका दुई सांसदसहित १७ जना प्रतिनिधि सहभागी छन्।

“इजरायलको सहकारी अभ्यासबारे अध्ययन गर्न आएका हौं, अहिले इजरायली सरकारकै व्यवस्थापनमा बंकरमा राखिएको छ,” कोइरालाले भने, “फर्कने कार्यक्रम जुन २० मा तय थियो, तर विमानस्थलहरू बन्द भएकाले मिति अनिश्चित भएको छ।”

उनका अनुसार सामान्य अवस्थामा बाहिरै बस्न पाइन्छ तर खतराको संकेतस्वरूप साइरन बज्नेबित्तिकै बंकरमा छिर्नुपर्ने नियम लागू गरिएको छ।

इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले भेटेर अवस्थाबारे जानकारी लिएको र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग पनि फोनमा कुराकानी भएको मेयर कोइरालाले बताएका छन्।

इजराइल–इरानबीचको तनाव चुलिँदै गएको छ। इजराइलले गरेको हमलाको जवाफमा इरानले जेरूसलेम र तेल अभिभलगायतका क्षेत्रमा मिसाइल र रकेट आक्रमण गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved