समाज

    Showing 1,811-1,820 of 6,821 items.
  • सुुनाखरी एकेडेमीद्वारा कराँते र फाइट नाइटमा विजयी विद्यार्थीहरू सम्मानित

    धरान/ धरान-१२ स्थित चातरालाइनमा रहेको सुुनाखरी एकेडेमीले कराँते र धरान फाइट नाइटमा उत्कृष्ट प्रदर्शन गरेका आफ्ना विद्यार्थीहरूलाई विशेष समारोहबीच सम्मान गरेको छ। विद्यालय परिसरमा बुधबार आयोजित कार्यक्रममार्फत विद्यालयले प्रतियोगितामा सफलता हासिल गर्ने विद्यार्थीहरूको योगदानको कदर गर्दै सम्मान प्रदान गरेको हो। विद्यालयका प्रिन्सिपल मिलनकुमार राईका अनुसार कक्षा ११ मा अध्ययनरत सलिना जोगीलाई काठमाडौँमा वैशाख ११ देखि १३ गतेसम्म सम्पन्न ‘प्रथम शेरबहादुर देउवा कप कराँते प्रतियोगिता–२०८२’ मा तेस्रो स्थान हासिल गरेबापत सम्मान गरिएको हो। त्यसैगरी, कक्षा ८ मा अध्ययनरत नावाङ राईलाई धर

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • 719 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रचण्डको घोषणा : ‘नयाँ क्रान्तिको तयारीमा उत्रनुपर्ने समय आएको छ’

    काठमाडौं/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि एकपटक नयाँ क्रान्तिको तयारीमा उत्रनुपर्ने आवश्यकता औंल्याएका छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले आगामी दिनमा ठूलो आन्दोलनको आवश्यकताको संकेत दिएका हुन्। प्रचण्डले भने, "अहिले सरकारमा जाने कुनै रुचि छैन, अब आन्दोलनमार्फत नै तमाम समस्याको समाधान खोज्न तयार रहनुपर्छ।" उनले सरकारमै बसेको शक्तिलाई पनि चेतावनी दिँदै भने, "यदि सत्तामा बसेर आन्दोलनलाई दमन गर्ने सोच बनाइयो भने त्यो सम्भव छैन। हामी जनताको पक्

    • प्रकाशित मितिः वैशाख १८, २०८२
    • 556 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गायत्री मन्त्रको उत्पत्ति कोशी नदीबाट भएको प्रधानमन्त्री ओलीको दाबी

    विराटनगर/  प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्दू धर्ममा अत्यन्त प्रभावशाली मानिने गायत्री मन्त्रको उत्पत्ति कोशी नदीबाट भएको दाबी गरेका छन्। बुधबार विराटनगरमा आयोजित कोशी प्रदेश लगानी सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मन्त्रका ऋषि विश्वामित्रले कोशी नदीको किनारमै बसेर गायत्री मन्त्रको रचना गरेको बताए। “मन्त्रहरूको पनि मन्त्र, महामन्त्र भनिने गायत्री मन्त्र यहीँ कोशी किनारमै रचना गरिएको हो,” प्रधानमन्त्री ओलीले भने, “महर्षि ऋषि विश्वामित्रले यही ठाउँमा बसेर यसको सृजना गर्नुभएको हो।” गायत्री मन्त्रलाई हिन्दू धर्मावलम्बीहरूल

    • प्रकाशित मितिः वैशाख १८, २०८२
    • 783 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानबाट ७८३ किलो गाँजासहित ट्रक चालक र सहचालक पक्राउ

    सुनसरी/  सशस्त्र प्रहरीले धरानबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ। धरान उपमहानगरपालिका–१३ स्थित निशाने डाँडाबाट भेडेटारतर्फ आउँदै गरेको नम्बर प्लेटविहीन ट्रकबाट ७८३ किलो गाँजा बरामद गरिएको हो। सशस्त्र प्रहरी बलको १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा बेस धरानको संयुक्त टोलीले शंका लागेपछि ट्रक जाँच गर्दा गाँजा भेटिएको हो। खोजतलासका क्रममा ट्रकमा ना ७ ख २८१ नम्बरको प्लेट पनि फेला परेको छ। ट्रकका चालक ३१ वर्षीय मनोज परियार (सुनसरी) र सहचालक १८ वर्षीय आकाश राई (धनकुटा)लाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

    • प्रकाशित मितिः वैशाख १८, २०८२
    • 1,511 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेश लगानी सम्मेलन सुरु, ७१ परियोजना सोकेसमा

    विराटनगर/ कोशी प्रदेश सरकारको आयोजनामा कोशी प्रदेश लगानी सम्मेलन २०२५ विराटनगरमा सुरु भएको छ। दुई दिनसम्म चल्ने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन्। उद्घाटन सत्रलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले लगानीकर्ता र निजी क्षेत्रको भरपर्दो वारेस बन्ने प्रतिबद्धता जनाए। उनले प्रदेशमा लगानीमैत्री वातावरण सिर्जना गर्न आठवटा कानुन अध्यादेशमार्फत संशोधन गरिएको जानकारी दिए। "लगानीकर्ताको सुरक्षादेखि परियोजनाको सहजीकरणसम्ममा प्रदेश सरकार तुरुन्त सक्रिय हुनेछ," मुख्यमन्त्री कार्कीले भने, "संघीय सरकारसँगको समन्वयमा आवश्यक

    • प्रकाशित मितिः वैशाख १८, २०८२
    • 801 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ९ बुँदे सहमति: शिक्षक सन्तुष्ट, विद्यालय कर्मचारी असन्तुष्ट

    काठमाडौं/सरकार र नेपाल शिक्षक महासंघबीच भएको ९ बुँदे सहमतिपछि जहाँ शिक्षक पक्ष सन्तुष्ट देखिएको छ, त्यहाँ विद्यालय कर्मचारी भने झनै पीडित महसुस गरिरहेका छन्। आफ्ना माग र मुद्दा सहमतिमा समेटिन नसकेको भन्दै उनीहरूले चर्को असन्तुष्टि जनाएका छन्। नेपाल विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीले सामाजिक सञ्जालमार्फत आक्रोश पोख्दै सहमति कर्मचारीको हितविपरीत भएको दाबी गरेका छन्। “सरकारले त वर्षौंदेखि अन्याय गर्‍यो, अहिले शिक्षकहरूबाट पनि अपमानित हुनुपरेको छ,” उनले लेखेका छन्। योगीका अनुसार २०६७ सालमा भएको सहमति जस्तै अहिलेको सहमतिमा पनि विद्यालय कर्मचारीको पक्ष पूर्णतः बे

    • प्रकाशित मितिः वैशाख १८, २०८२
    • 479 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रधानमन्त्री ओलीको उपस्थितिमा आज विराटनगरमा कोशी लगानी सम्मेलन

    विराटनगर/ कोशी प्रदेशको पहिलो लगानी सम्मेलन आज (बिहीवार) विराटनगरमा हुँदैछ। वीरेन्द्र सभागृहमा आयोजना हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय गरिएको छ। प्रधानमन्त्री ओली आज बिहान ११ बजे विशेष उडानमार्फत विराटनगर आइपुग्ने प्रदेश सरकारले जानकारी दिएको छ। दुई दिनसम्म चल्ने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाले बताएका छन्। सम्मेलनको पूर्वसन्ध्यामा बुधबार ‘प्रि–इनभेष्टमेन्ट मिट’ सम्पन्न भएको छ। सो अवसरमा प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लगानीमैत्री वातावरण निर्माण

    • प्रकाशित मितिः वैशाख १८, २०८२
    • 543 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज विश्व मजदुर दिवस,यस्तो छ इतिहाँस

    ग्रेगोरियन क्यालेन्डर ईश्वी सम्वत सन् अनुसार प्रत्येक वर्ष मे महिनाको पहिलो दिन अन्तराष्ट्रिय मजदुर दिवसलाई विश्व भरका सबै मजदूर(वर्ग र मजदुरहरूको अधिकार, चासो, र प्रगतिको चिह्नका लागि “मे दिवस” भनेर पनि चिनिन्छ। यो दिन, विश्वभरका धेरै देशहरूमा राष्ट्रिय बिदा मनाइन्छ, यद्यपि उत्सवको मिति वा नाम भने फरक हुन सक्छ। रेमंड ल्याभिनले पेरिस बैठकमा प्रस्ताव गरे अनुसार सन् १८८९ वा बी।स। १९४६ मा एक वार्षिक दिवसको रूपमा वार्षिक आधारमा मे दिवस मनाउने निर्णय गरियो। रेमंड ल्याभिनले प्रस्ताव गरे कि “शिकागो दंगा” को वार्षिकोत्सव मनाउन अन्तराष्ट्रिय प्रदर्शन आवश्यक छ भन्ने निश्कर्ष अनु

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 671 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विज्ञापन बोर्ड सदस्य एवम् पत्रकार अधिकारीलाई पितृ शोक

    इटहरी । नेपाल सरकार विज्ञापन बोर्ड सदस्य एवं कोशी प्रदेशस्थित इटहरीबाट सञ्चालित यस अनलाईन पोर्टल प्रदेश खबरका अध्यक्ष पवन अधिकारीलाई पितृ शोक परेको छ । नेपाल प्रेस युनियन सुनसरीका पूर्व अध्यक्ष समेत रहेका सुनसरीका सक्रिय पत्रकार अधिकारीका पिता इन्द्रलाल अधिकारीको ८६ वर्षको उमेरमा बुधवार दिउँसो १ बजे निधन भएको हो । फोक्सो सम्बन्धी रोगबाट पीडित रहेका स्व.अधिकारीका पवन सहित प्रेम र ध्रुव अधिकारी छोरा र मीना, हिमा, तुलसा र अस्मिता छोरी रहेका छन् । स्व.अधिकारीको आजै दिउँसो इटहरीस्थित बूढीगङ्गा जमुना मुक्तिघाटमा अन्त्येष्टि गरिएको छ ।  

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 558 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा भव्य रूपमा परशुराम जयन्ती मनाइयो

    धरान/  हिन्दू धर्मका छैठौं अवतार भगवान परशुरामको जन्म जयन्ती धरानमा भव्य रूपमा मनाइएको छ। समाजमा व्याप्त विकृति, विसंगति र अन्यायविरुद्ध आवाज उठाउने परशुरामको योगदान स्मरण गर्दै शोभायात्रा, सभात्मक कार्यक्रम र सम्मानसहित जयन्ती मनाइएको हो। वैशाख शुक्ल तृतीयाको दिन परशुरामको जन्म भएको विश्वास गरिन्छ। राजा प्रसेनजितकी छोरी रेणुका र ऋषि जमदग्निबाट जन्मिएका परशुरामको स्मृतिमा धरानमा विगत दुई वर्षदेखि परशुराम जयन्ती धुमधामसाथ मनाइँदै आएको छ। भगवान परशुराम समाज, सुनसरी–धरान गठन भएपछि यो परम्परा थप संस्थागत रूपमा अघि बढाइएको हो। यस वर्षको जयन्तीको अवसरमा बिहान व्यानरसहितको शोभायात

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 590 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved