एसईई आइडलको पाँचौँ संस्करण : खिना, रोहन र मिसुले जिते उपाधि

  • असार ७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/फक्ताङ्लुङ मिडिया हाउस प्रालिको आयोजनामा शुक्रबार सम्पन्न ‘एसईई आइडल’को पाँचौँ संस्करणमा तीन विधामा उत्कृष्ट प्रतिभाहरूले उपाधि चुमेका छन् ।

धरानमा आयोजना गरिएको प्रतियोगितामा सिङ्गिङ (गायन) मा खिना राना मगर, डान्सिङ (नृत्य) मा रोहन दर्नाल र वक्तृत्वकलामा मिसु प्रधान विजेता घोषित भएका हुन् ।

विजेताहरूले नगद पुरस्कारसँगै कक्षा ११ र १२ सम्मको निःशुल्क छात्रवृत्ति, सिक्किम वा मुस्ताङ भ्रमण र बारिस्टा तालिम जस्ता अवसर प्राप्त गरेका छन् ।

गायन र नृत्यतर्फका विजेताहरूले जनही ५० हजार रुपैयाँ नगद र वक्तृत्वतर्फका विजेताले ६० हजार रुपैयाँ नगद प्राप्त गरे ।

२०७५ सालदेखि सुरु भएको सो प्रतियोगिता वर्षेनी नयाँ विधा थपिंदै आइरहेको छ ।

यसपटक एफटीएल अनलाइन टिभीको प्रस्तुति रहेको कार्यक्रममा सिङ्गिङतर्फ रिजु लिम्बू फस्ट रनर अप, अल्बिन श्रेष्ठ सेकेन्ड रनर अप र निम्तेङ्गी तामाङ थर्ड रनर अप घोषित भए । उनीहरूले क्रमशः ३०, २० र १० हजार रुपैयाँसहित विभिन्न उपहार प्राप्त गरे ।

डान्सिङतर्फ खड्गराज पाण्डे फस्ट रनर अप, करन थापा सेकेन्ड रनर अप र सिकुम लिम्बू थर्ड रनर अप घोषित भए । वक्तृत्वतर्फ युना दाहाल (फस्ट रनर अप), सलिना राई (सेकेन्ड रनर अप) र सन्ध्या राई (थर्ड रनर अप) ले उपाधि हात पारे ।

रनर अप घोषित भएका सबै प्रतिभाहरूले नगद पुरस्कारसहित ७० प्रतिशतसम्मको छात्रवृत्तिमा कक्षा ११ र १२ सम्म अध्ययन गर्ने अवसर प्राप्त गरेका छन् ।

फाइनल प्रतिस्पर्धामा छनोट भएका अन्तिम १० जना सहभागीहरूलाई ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराइने आयोजक संस्थाका अध्यक्ष डम्बरकुमार तुम्बापोले जानकारी दिए ।

त्यस्तै, ‘पब्लिक चोइस अवार्ड’मा डान्सतर्फ सिकुम लिम्बू, सिङ्गिङमा रिजु लिम्बू र वक्तृत्वतर्फ सिखा न्यौपानेले अवार्ड जितेका छन् । उनीहरूले जनही ७ हजार रुपैयाँ नगदसहित उपहारहरू प्राप्त गरे ।

कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले उद्घाटन गरेको सो प्रतियोगितामा चर्चित गायिका मेलिना राई र गायक विकास तुम्बापोले सांगीतिक प्रस्तुति दिएका थिए ।

विजेताहरूलाई गायिका राई, गायक तुम्बापो, प्रालिका अध्यक्ष डम्बरकुमार तुम्बापो, इभेन्ट म्यानेजर रामबहादुर लिम्बू र युएन कलेजका गगनमान श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

InShot_20250621_081755553 InShot_20250621_081824910 InShot_20250621_081850716 InShot_20250621_081917867 InShot_20250621_081951877 InShot_20250621_081647158 InShot_20250621_081731886

दुना–टपरी र बात्ती ब ...

धरान/धरान–९ स्थित विष्णु मेमोरियल स्कूलले विद्यार ...

कोशी प्रदेश स्तरीय ब ...

धरान/ धरान बास्केटबल संघको आयोजनामा तथा कोशी प्रदे ...

‘एसईई स्पिकर–२०८१’ स ...

धरान/ एसईई दिएर फुर्सदमा रहेका विद्यार्थीहरूलाई सि ...

क्यान्सर बिरामीका ला ...

धरान/  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved