कोशी प्रदेश स्तरीय बास्केटबलमा धनकुटा र भोजपुर सेमिफाइनल प्रवेश

  • असार ७, २०८२
  • कोशीपत्र/संवाददाता
alt -बिकास चाम्लिङ राई

धरान/ धरान बास्केटबल संघको आयोजनामा तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा सञ्चालित कोशी प्रदेश स्तरीय ओपन बास्केटबल प्रतियोगितामा धनकुटा र भोजपुरले सेमिफाइनलमा स्थान बनाएका छन्।

बिहीवार सम्पन्न खेलमा धनकुटाले उदयपुरलाई ५५–२४ अंकको फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गर्‍यो।

खेलमा धनकुटाले पहिलो क्वाटरमा १५–४, दोस्रोमा १३–३, तेस्रोमा १३–१३ र अन्तिम क्वाटरमा १४–४ अंक बटुलेको थियो। म्यान अफ द म्याच घोषित भएका धनकुटाका नविन राईलाई सुनसरी बास्केटबल संघका उपाध्यक्ष विवेक राईले ट्रफी प्रदान गरे।

अब धनकुटाले आयोजक जिल्ला सुनसरीसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।

त्यसैगरी, बिहीवारकै दोस्रो खेलमा भोजपुरले ओखलढुङ्गालाई ६१–३२ अंकको अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्‍यो।

खेलमा भोजपुरले पहिलो क्वाटरमा ११–७, दोस्रोमा १७–१०, तेस्रोमा १७–९ र अन्तिम क्वाटरमा १६–६ अंक जोड्यो। उत्कृष्ट प्रदर्शन गरेका दिवस राई म्यान अफ द म्याच घोषित भए। उनलाई सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदीले ट्रफी प्रदान गरे।

अब भोजपुरले फाइनल प्रवेशका लागि इलामसँग शनिवार प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगितामा सुनसरी, झापा, मोरङ, इलाम, उदयपुर, भोजपुर, ओखलढुङ्गा र धनकुटा जिल्लाका गरी आठ टिमले सहभागिता जनाएका छन्।

प्रतियोगिताको विजेताले नगद दुई लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले एक लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।

साथै उत्कृष्ट खेलाडीलाई ‘धरान मेघा एमभीपी’ उपाधिसहित नगद दश हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।

प्रतियोगिताको फाइनल खेल आगामी असार ८ गते आइतवार धरानको डिपो स्कुल बास्केटबल कोर्टमा हुनेछ।

 1750468365560

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved