विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले काठमाडौंले सोचेभन्दा कोशी प्रदेशको परिस्थिति फरक भएको बताएका छन् । प्रदेश सरकार फेरबदलको चर्चा चलिरहँदा उनले प्रदेशको परिस्थिति सिंहदरबारले सोचेजस्तो नभएको बताएका हुन् । उनले केदार कार्की नेतृत्वको सरकार फेर्ने विषयमा नयाँ गठबन्धनका दलहरूसँग छलफल सुरू भइनसकेको बताए । आङ्बोले भने, ‘कोशीमा संविधानको धारा १६८ (५) अन्तरगतको सरकार कसले बनाएको हो ? यसबारेमा वस्तुनिष्ठ समीक्षा आवश्यक छ ।’ नयाँ सरकार संविधानको कुन धाराबाट बन्छ पहिले सहयात्री दलहरू बसेर आधार तय गर्नुपर्ने उनको भनाइ छ । गठबन्धनको शीर्ष नेताबीच
ताप्लेजुङ/ ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ५९ बर्षिय रामचन्द्र गुरुङको ढुङ्गाले किचेर मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार हिजो (सोमबार) दिउँसो ३ बजे सोही स्थानमा रहेको ईन्द्रेणी कबर्ड हल नजिकै ढुङ्गा फुटाएर खाजा खान बसेका उनको माथिबाट झरेको ढुङ्गाले किचेर घटनास्थलमानै मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएकाे छ ।
धनकुटा/ निर्माणाधीन तमोर कोरिडोरका कारण धनकुटाका आमनागरिकको दैनिकी र जीवनयापनमा परिवर्तन आउन थालेको छ । अहिले तराईबाट कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड भएर आएका सवारीसाधन राजमार्गको मूलघाटमा जोडिएर गएको कोरिडोरबाट पाँचथर र ताप्लेजुङ जिल्लासम्म जाने गरेका छन् । तराईबाट यी दुई जिल्लासम्म जान कोरिडोरको बाटो छोटो पर्ने भएकाले यहाँ अहिले यात्रु तथा मालवाहक सवारीको चाप बढ्दो व्रmममा छ । यातायातको चाप बढेर चहलपहल बढेसँगै कोरिडोर आसपासका नागरिक होटल तथा व्यापारतर्फ उन्मुख हुन थालेका छन् । विव्रmम संवत् २०७० मा यस स्थानमा कोरिडोर आइपुगेसँगै आफू कृषिबाट होटल व्यवसायमा लागेको चौबिसे वडा न
धरान / फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ मनाइएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । सोही क्रममा सुनसरी को धरान मा पनि हर्षोल्लासका साथ होली पर्व मनाइएको छ । धरान / फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ मनाइएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । सोही क्रममा सुनसरी को धरान मा
विराटनगर/ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले होली पर्वले आपसी एकता र सद्भावलाई बलियो बनाउने बताउनु भएको छ । उहाँले होली पर्वलाई विकृतिरहित र मर्यादित रुपमा मनाउन विराटनगरवासीसहित सबैलाई आग्रह गर्नुभएको छ । फागु पूर्णिमा अर्थात् होली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै मेयर कोइरालाले विराटनगरवासीसहित देश तथा विदेशमा रहने सम्पूर्ण नेपालीको उत्तरोत्तर प्रगति, सुुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घजीवनको कामना गर्दै आर्थिक समृद्धि र राजनीतिक उपलब्धिको रक्षाका लागि एकजुट हुनु आवश्यक रहेको बताउनुभएको छ । चाडपर्वका नाममा हुने गलत प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा मेयर
खोटाङ/ खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले दुधबाट आम्दानी गर्न ९४ जना किसानलाई भैँसी प्रदान गरेको छ । किसानलाई दुधमा आत्मनिर्भर बनाउँदै दुधबाट आम्दानी भित्र्याउने लक्ष्यसहित भैँसी प्रदान गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको “भैँसी प्रवद्र्धन कार्यक्रम” अन्तर्गत दुई माउ भैँसीपालन गर्ने किसानलाई थप एक माउ भैँसी प्रदान गर्ने नीति रहेको बताइएको छ । भैँसी पालनमा किसानलाई व्यावसायिक बनाउन यो कार्यक्रम सञ्चालन गरिएको मेयर विमला राईले बताईन । ‘दुध उत्पादन गरेर विक्री गरुन् र आर्थिक रूपमा किसानको स्तरमाथि उक्सियोस् भनेर यो कार्यक्रम सञ्चालन गरेका हौँ । किसानलाई व्यावसायिक ब
धरान/ सुनसरीको धरानमा नेपाली सेनाका निवृत मेजर सहित ३ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । शुक्रबार पार्टी वडा नम्बर १३ को नवौँ बैठकका अवसरमा सेनाका निवृत मेजर बलराम राई प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेमा समाजसेवी रम्भादेवी रावल र पूर्व मेडिकल जमदार उदयकुमार श्रेष्ठ रहेका छन् । नव प्रवेशीहरुलाई एमाले कोशी प्रदेश सदस्य भीमज्वाला राई, एमाले धरान नगर कमिटी अध्यक्ष अध्यक्ष हर्कजङ्ग एभेङले स्वागत गरेका थिए । एमाले १३ नम्बर वडा कमिटीका अध्यक्ष दिवसप्यारा श्रेष्ठको अध्यक्षतामा भएको बैठक सम्पन्न भएको थियो ।
धरान/ धरान उपमहानगरपालिका वडा नं. १८ मा शव भेटिएको सुमिना श्रेष्ठको हत्या उनकै प्रेमीबाट भएको खुलेको छ । इलाका पहरी कार्यालय धरानले शुक्रबार हत्याका आरोपी सार्वजनिक गरेको हो । प्रेमी धरान उपमहानगरपालिका वडा नम्बर १६ का १९ वर्षीय सविन भन्ने बाबुराम भुजेल रहेको प्रहरीले बताएको छ । प्रेमीसँग भएको खटपटका कारण हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो । जिल्ला प्रहरी कार्यालय धरानले शुक्रबार उनलाई सार्वजनिक गर्दै सो बारे जानकारी दिएको हो । प्रहरीका अनुसार अनुसन्धान कार्य अघि बढाउनुका साथै संलग्न व्यक्तिको बारेमा बुझ्दै जाँदा मृतक प्रेमिका सुमिना श्रेष्ठ र सविन भन्ने बाबुराम भुजेल ब
धरान/ लामो समय देखि सुस्त रहेको कोशी राजमार्गको रानी–विराटनगर–इटहरी–धरान सडक आयोजना अन्तर्गत इटहरी–धरान सडकमा पर्ने सेउती–पानीपिया खण्डमा कालोपत्र गर्न थालिएको छ । सडक निर्माण कार्य सुस्त बन्दा चौतर्फी आलोचना भइरहेका बेला ‘हिमदुङ थोकर एन्ड प्यासिफिक जेभी’ले सडक कालोपत्र गर्न थालेको हो । कोशी प्रदेशसभा सदस्य रमेशकुमार बस्नेतले चार लेन सडकमध्ये दुई लेन कालोपत्र भइरहेको बताए । उनले भने,“नियमित निगरानीपछि कालोपत्र सुरु भएको छ । बाँकी भागमा पनि कालोपत्र गर्ने काम चाँडै सकिन्छ ।”धरान–इटहरी खण्डको अन्य सडक बनिसके पनि सेउतीपुलदेखि तर
इनरुवा/ सुनसरीको कोशी गाउँपालिकामा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गठन भएको छ । कोशी ३ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा गाउँपालिका भरिका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको भेलाले सुलेमान मंसुरीको अध्यक्षतामा १५ सदस्य महासंघ समिति गठन गरेको हो । त्यस्तै, उपाध्यक्षमा मोहमद मु, सचिवमा राजकुमार यादव (अध्यक्ष, सप्तकोशी मा.वि), सहसचिवमा श्याम सदा (कोशी जनता मावि) र कोषाध्यक्षमा निर्मला सरदार चयन भएका छन् । सदस्यहरूमा महेन्द्र यादव, समसुल मंसुरी, जोगिन्द्र उराँव, रामपृत मण्डल, बसिर मंसुरी, मुतुर्जा अन्सारी, श्यामकुमार सिंह, कासिम मंसुरी, सरितादेवी उराँव र समसुल अन्सार