काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत र उद्धारमा सहयोग पुर्याउने उद्देश्यले वानप्लस यातायात प्रा.लि. परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५१ हजार १ रुपैया आर्थिक सहयोग गरेको छ । काठमाण्डौंबाट पूर्व तथा विभिन्न भागमा रात्री तथा दिवा सेवा सञ्चालन गर्दै आएका प्रा.लिका अध्यक्ष घनेन्द्र विष्टका अनुसार बाढी–पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति वानप्लस यातायात परिवारले दुःख व्यक्त गर्दै विपत्तिमा परेका नागरिकको राहत तथा उद्धारमा प्रा.लिको तर्फबाट साना भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको बताए । विपत्तिका कारण
धरान/ धरानतर्फ आउँदै गरेको यात्रुवाहक बसमा प्रहरीले तालिमप्राप्त कुकुरसहित चेकजाँच गर्दा १९० पिस नाइट्राजेपाम ट्याब्लेट बरामद गरेको छ। प्रहरीले लागूऔषधसहित दुई युवालाई नियन्त्रणमा लिएको छ। सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरा पानीपिया जंगलस्थित कोशी लोकमार्गमा बिहीबार साँझ संयुक्त प्रहरी टोलीले बस चेकजाँच गरेको थियो। प्रहरी चौकी तरहरा, ट्राफिक प्रहरी पोष्ट तरहरा र कोशी प्रदेश प्रहरी कार्यालय धरानको केनाइन शाखाबाट खटिएको टोलीले इटहरीबाट धरानतर्फ आउँदै गरेको यात्रुवाहक बसमा चेकजाँच गरेको हो। चेकजाँचका क्रममा हरिनगरा गाउँपालिका–२ का १८ वर्षीय एइसन मन्सुरी र दुहबी नगरप
धरान/ आफ्नो खाजा खर्चबाट रकम छुट्याउँदै धरान–१ स्थित होली गार्डेन एकेडेमीका विद्यार्थीहरूले भोटेकोसी बाढीपीडितका लागि २ लाख १ हजार ४८५ रुपैयाँ सहयोग जुटाएका छन्। भदौ १० गते भोटेकोसीमा आएको बाढीबाट प्रभावित परिवारको सहयोगका लागि विद्यार्थीहरूले विद्यालयबाटै स्वेच्छिक सहयोग संकलन अभियान सुरु गरेका थिए। सानै उमेरमा विपद्मा परेका नागरिकका लागि सहयोग जुटाउने अभियानमा सक्रिय विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर रकम जम्मा गरेका हुन्। होली गार्डेन बाल बगैंचा क्लब र होली गार्डेन स्काउट ट्रुपमा आबद्ध विद्यार्थीहरूले विद्यालयमा ‘डोनेसन बक्स’ राखेर सहयोग संकलन थालेका थिए। कक्षा १
धरान/ सुनसरीको धरान उपमहानगरपालिका–५ देउराली फोकल्याण्ड टापुबाट प्रहरीले ब्राउन सुगर लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान–५ देउराली फोकल्याण्ड टापु बस्ने ३१ वर्षीय मनिराज भुजेल रहेका छन्। प्रहरीका अनुसार भदौ १८ गते दिउँसो करिब २ः३० बजे उक्त क्षेत्रमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचना प्राप्त भएपछि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको लागूऔषध नियन्त्रण टोली, इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी देउरालीबाट संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरी टोलीले भुजेलको घर तथा कोठामा खानतलासी गर्दा उनले लुकाइछिपाई राखेको ब्राउन सुगर&nb
काठमाडौं/ नाट्यकर्मी महासंघ नेपालले नेपाली रंगमञ्चको संस्थागत विकास, नाट्यकर्मीको पेशागत हित तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानसँगको संस्थागत सम्बन्धलाई थप सुदृढ बनाउन माग गर्दै प्रतिष्ठानसमक्ष ज्ञापनपत्र बुझाएको छ। महासंघका अध्यक्ष राजेन्द्र रिमालको नेतृत्वमा गएको टोलीले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति ब्रजेश खनाललाई ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा नाट्यकर्मी महासंघको संस्थागत अस्तित्व र भूमिकालाई सम्मानपूर्वक स्वीकार गर्न, प्रतिष्ठान र महासंघबीच नियमित संस्थागत संवाद तथा समन्वयको संयन्त्र निर्माण गर्न र रंगमञ्चसम्बन्धी नीति, योजना तथा कार्यक्रम निर्माणम
धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उत्पादन पर्याप्त नहुनुले धरानको कृषि उपज बजारमा यसको प्रत्यक्ष असर देखिएको छ। भारतबाट महँगोमा प्याज ल्याउनुपर्ने, आयातमा भन्सार तथा ढुवानीको भार थपिनु र बजारमा बिक्री घट्नुका कारण प्याज व्यवसायी दोहोरो मारमा परेका छन्। धरानस्थित कृषि उपज बजारका प्याज व्यापारी मनोजकुमार चौधरीका अनुसार अहिले भारतको इन्दौरबाट प्याज आयात भइरहेको छ। तर, मूल्य महँगो भएकाले विगतको तुलनामा आयातको परिमाण निकै घटेको छ। “पहिले ५–७ गाडी दिनमै आउँथ्यो, अहिले १ गाडीमात्र आउँछ,” चौधरीले भने, “महँगो भएका कारण पहिले जस्तो धेरै प्याज ल्याउन सकिएको
काठमाडौं/ पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ । प्रालिका अध्यक्ष दधीराम खरेलले बिहीबार उक्त रकम बराबरको चेक नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला र महासचिव डेकनाथ गौतममार्फत हस्तान्तरण गरेको हो । विनाशकारी बाढीका कारण भिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेका बेला पीडित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रालिले सहयोग गरेको हो । विपद्को पीडामा परेका नागरिकलाई तत्काल राहत पुगोस् भन्ने उद्देश्यले सरकारको अभियानमा प्रालिले उक्त रकम हस्तान्तरण गरेको प्रालिका अध्यक्ष खर
धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस्या (अस्टियोपोरोसिस) पहिचान तथा उपचारका लागि रोटरी क्लब अफ धरान घोपाले धरानमा निःशुल्क अस्टियोपोरोसिस स्क्रिनिङ तथा उपचार अभियान सञ्चालन गर्ने भएको छ। ‘स्वस्थ हड्डी, स्वस्थ वृद्धावस्था’ भन्ने नारासहित सञ्चालन हुने अभियानमा करिब १ हजार उच्च जोखिममा रहेका ज्येष्ठ नागरिकको प्रारम्भिक परीक्षण गर्ने लक्ष्य राखिएको छ। परीक्षणका क्रममा अस्टियोपोरोसिस पहिचान भएका बिरामीलाई आवश्यक औषधिसमेत निःशुल्क उपलब्ध गराउने तयारी गरिएको क्लबले जनाएको छ। बुधबार सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी
काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत र उद्धारमा सहयोग पुर्याउने उद्देश्यले माता मनकामना भलाई तथा इन्भेस्टमेन्ट कम्पनी प्रा.लि. तथा यातायात प्रा.लि. परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख १ हजार १ सय ११ आर्थिक सहयोग गरेको छ । कम्पनीका अध्यक्ष देबिन श्रेष्ठका अनुसार बाढी–पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति कम्पनी परिवारले दुःख व्यक्त गर्दै विपत्तिमा परेका नागरिकको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो । कम्पनीले विपत्तिका कारण प्रभावित सम्पूर्ण परिवारप्रति समवेदना व्यक्त गर्दै बेपत्ता भएका व
धरान/ विपत्तिमा परेका नागरिकलाई सहयोग गर्नु सामाजिक दायित्व भएको सन्देश दिँदै धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर बाढी पीडितका लागि आर्थिक सहयोग संकलन गरेका छन्। रसुवा, धादिङ र नुवाकोटलगायत विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई राहत पुर्याउने उद्देश्यले विद्यालयको हिबिस्कस बाल क्लबको सक्रियतामा सञ्चालन गरिएको अभियानबाट करिब ७१ हजार रुपैयाँ सहयोग संकलन भएको हो। विद्यालयमा आयोजित सहयोग संकलन कार्यक्रममा बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो।