धरान/ सुनसरीको धरानमा लागू औषध गाँजासहित एक १६ वर्षीय किशोर पक्राउ परेका छन्। शुक्रबार(आज) बिहान ११:३० बजे धरान उपमहानगरपालिका–१३ स्थित निसाने डाँडामा कोशी राजमार्गमा खटिएको प्रहरी चौकी अमरहाटको टोलीले विशेष सूचनाको आधारमा चेकजाँचका क्रममा उक्त पक्राउ गरेको हो।प्रहरीका अनुसार धनकुटाबाट धरानतर्फ आउँदै गरेको प्र.१–०२–००२ ख ०८१८ नम्बरको यात्रुबाहक बसमा सवार मोरङ, रंगेली नगरपालिका निवासी रोशन उप्रेतीले बोकेको कालो झोलामा झन्डै १० किलो लागू औषध (गाँजा) फेला परेको हो।पक्राउ परेका उप्रेतीलाई लागू औषधसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय
झापा/ झापाको बिर्तामोडबाट हालसम्मकै ठूलो परिमाणमा औषधिजन्य लागू औषध बरामद भएको छ। प्रतिबन्धित औषधिहरूको ठूलो भण्डारण भानुभक्त खरेल नामक औषधि व्यवसायीको भएको पुष्टि भए पनि उनी हालसम्म फरार रहेका छन्। इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड–५, मंगलदीप टोलस्थित मनकुमार संग्रौलाको दुईतले घरको भुईँतलाका दुई कोठामा लुकाइराखिएको अवस्थामा प्रतिबन्धित औषधिहरू बरामद गरेको हो। ती औषधिहरू भानुभक्त खरेलले भण्डारण गरेका थिए भने सोही गोदाममा कार्यरत कर्मचारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बरामद लागू औषधको विवरण यस्तो छ: ट्रामाडोल हाइड्रोक्लोराइड — १ लाख ३ हजार ८ सय ट्याब्ल
धरान/ सुनसरीको रामधुनी नगरपालिकामा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहीबार साँझ रामधुनी–६ स्थित चतरा–कान्छीचोक सडक खण्डमा स्कुटरलाई ठक्कर दिँदा रामधुनी–५ का ५० वर्षीय गणेश राजधामी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल लगिएकोमा शुक्रबार बिहान १ः२५ बजे उपचारकै क्रममा मृत्यु भएको प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए। दुर्घटना चतराबाट इटहरीतर्फ जाँदै गरेको स्कुटर ९को १४ प ४५८ नम्बर० बाटो क्रस गर्ने क्रममा सोही दिशातर्फ आउँदै गरेको मोटरस
सुनसरी/ सुनसरीको कोशी गाउँपालिका–१ भन्सार रोडबाट लागू औषध ब्राउन सुगरसहित एक युवती पक्राउ परेकी छिन्। मंगलबार साँझ ५ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सप्तरी जिल्ला हनुमाननगर कंकालिनी नगरपालिका–९ की २१ वर्षीया प्रतिक्षा कुमारी रायलाई पक्राउ गरेको हो। भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी रायको रितपूर्वक खानतलासी गर्दा उनले लगाएको कालो बुट्टे हाफ पाइन्टको बायाँ गोजीमा लुकाइछिपाई राखिएको अवस्थामा ब्राउन सुगर १ ग्राम फेला परेको प्रहरी स्रोतले जनाएको छ। पक्राउ परेकी रायलाई लागू औषधसह
धरान/धरान–८ स्थित अरुणटोल सुकुम्बासी बस्तीका ४० वर्षीय रोशन राईको उपचारका लागि ६ हजार रुपैयाँ सहयोग जुटाइएको छ। कलेजो फेर्नुपर्ने अवस्था आइसकेपछि आर्थिक अभावका कारण उपचार अवरुद्ध हुँदा श्रीमती शान्ति तामाङले गरेको मार्मिक गुहारले जनचासो र सहयोग आकर्षित गरेको हो। नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोशी प्रदेश उपाध्यक्ष तथा लेखापढी व्यवसायी तिर्थ दाहाल र उनकी श्रीमती कोशिला राई दाहालले ५ हजार रुपैयाँ, संगठनका सचिव महेश घिमिरे र सदस्य प्रेमप्रसाद पोखरेलले जनही ५ सय रुपैयाँ सहयोग गरेका छन्। सहयोग अभियान मजदुर नेता भीमज्वाला राईद्वारा सार्वजनिक गरिएको ‘श्रीमतीको बिलौना’ शिर्षक
धरान/ धरानमा विहीबारदेखि विधिवत रुपमा बोलबम शुरु भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले पिण्डेश्वर मन्दिरमा जल अभिषेक गर्दै विधिवत रुपमा बोलबम शुरु भएको घोषणा गरेका छन् । यस बर्षको बोलबम मेला शुरु भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जल अविशेष गरी विहीबार बोलबम मेलाको उद्घाटन गरिएको हो । सो अवसरमा बोल्दै मन्त्री कार्कीले धार्मिक तथा सांस्कृतिक कुराहरु नेपालीहरुको पहिचान भएको बताए । धार्मिक तथा साँस्कृतिक पक्षले नेपालमा मात्र हैन अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई परिचित गराउने उल्लेख गर्दै यसको प्रवद्र्धन, विकास तथा संरक्षण गर्ने दायित्व सबैको भएको स्प
इटहरी/ इटहरी उपमहानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट समयमै पास हुन नसक्नुमा नगरप्रमुख हेमकर्ण पौडेलकै गैरजिम्मेवार र असंवेदनशील व्यवहार दोषी रहेको भन्दै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले कडा आपत्ति जनाएका छन्। बिहीबार एमाले इटहरी नगर कमिटी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उपमेयर संगीताकुमारी चौधरीसहित १५ वटै वडाका अध्यक्ष, सदस्य तथा कार्यपालिका सदस्यहरूको उपस्थितिमा यस्तो धारणा सार्वजनिक गरिएको हो। उपमेयर चौधरीले १० असारमै बजेट र कार्यक्रम नगरसभामा पेस गरे पनि मेयर पक्षबाट समयमै छलफल नगरिएकै कारण बजेट शून्यतामा पुगेको बताइन्। “विगतमा अनुसूचीबिनै बजेट खर्च गरेर दुरुपयो
रामधुनी/ सुनसरीको रामधुनी नगरपालिका–७ स्थित क्वाटर डाँडामा प्रहरीले ३०० किलो लागूऔषध गाँजा बरामद गरेको छ। आज (बिहीबार) दिउँसो विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पकली तथा प्रहरी पोष्ट पंचायनको संयुक्त टोलीले बाँसको झ्याङ भित्र कालो प्लास्टिकमा प्याक गरिएको १० वटा पोका फेला पारेका हुन्। ती पोकामा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। गाँजा बेवारिसे अवस्थामा लुकाइ राखिएको थियो। बरामद गरिएको लागूऔषध आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय पकलीमा ल्याइएको र थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
विराटनगर/ मोरङको धनपालथान गाउँपालिका–१ स्थित गदिया खोलाको किनारमै १० बोरा गाँजा लुकाइएको अवस्थामा प्रहरीले फेला पारेको छ। बिहीबार बिहान १ बजेतिर इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले उक्त गाँजा बरामद गरेको हो। प्रहरी इन्स्पेक्टर नरेन्द्रकुमार बोगटीको नेतृत्वमा खटिएको टोलीले विशेष सूचनाका आधारमा चलाएको अपरेसनमा ३ सय २३ किलो ३ सय ग्राम गाँजा फेला पारेको हो। गाँजा खोलाको किनारमा बेवारिसे अवस्थामा प्लास्टिकका १० बोरा भित्र राखिएको थियो। मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुँडालका अनुसार गाँजा तस्करीका लागि तयारी अवस्थामा भण्डारण गरिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको
धरान/ धरान उपमहानगरपालिका–१७ स्थित साकेला थान आसपास लागूऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले दुई जनालाई प्रतिबन्धित औषधिसहित पक्राउ गरेको छ। बुधबार बिहान अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोलीले धरान–१० का २४ वर्षीय अंकित राई र धरान–६ का २१ वर्षीय भरत मगरलाई नियन्त्रणमा लिएको हो। चेकजाँचका क्रममा उनीहरूको साथबाट ७६० क्याप्सुल ट्रामाडोल र ८०० ट्याब्लेट डिकोलिक बरामद भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।